• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ४, शुक्रबार ०४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी समाजमा जसरी नेपाली समाज बढ्दै गएको छ त्यहि अनुपातमा खराव कार्यमा संलग्न भएको सुचिमा नेपालीहरु पनि देखिन थालेका छन । जसको पछिल्लो उदाहरण हो अमेरिकी होमल्याण्ड सेक्युरिटीले सञ्चालन गरेको देशव्यापी अध्यागमन कारबाहीका क्रममा पक्राउ परेका सात नेपाली नागरिक “खराबमध्येका अति खराब” अपराधीको सुचिमा सुचिकृत भएका छन । विगतमा नेपालीप्रति अमेरिकी समाजमा ईमान्दार काम गर्ने र काननी झण्झटबाट सर्तक रहने समुदायमा पर्ने
    भनि सुचिकृत थिए । यस घटनापछि अमेरिकामा नेपाली सुमाजमा पनि सतर्क हुनु पर्ने अवस्था आएको छ ।

    होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको सूचीमा विभिन्न राज्यबाट पक्राउ परेका सात नेपाली छन्, जो यौन शोषण, ठगी, लागुऔषध ओसारपसार र हिंसात्मक आक्रमणजस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गरिएको छ। सूचीमा टेक्सस, न्यूयोर्क, कोलोराडो र एरिजोनालगायत विभिन्न राज्यमा आपराधिक गतिविधिमा संलग्न नेपाली नागरिकहरूको नाम समावेश छ ।

    सूचीमा परेकामध्ये टेकन कँडेल नाबालिगको यौन शोषण र बन्धक बनाएको अभियोगमा कोलोराडोमा दोषी ठहर भएको उल्लेख छ । अनिल पन्थ सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएर अस्लिल कार्यमा संलग्न भएको अभियोगमा डल्लासमा दोषी ठहर भएको उल्लेख छ । सयनम घिमिरे यौन दुर्व्यवहारको अभियोगमा न्यूयोर्कमा दोषी ठहर भएका भनिएको छ ।

    त्यसैगरी रातुल सिंह डकैतीको अभियोगमा डल्लासमा दोषी ठहर भएको बताएइएको छ । रिकेश थापा ‘वायर फ्रड’ अर्थात् विद्युतीय कारोबारमा ठगीको अभियोगमा लुजियानामा दोषी ठहर भएको उल्लेख छ । त्यसैगरी सन्तोष दर्जी खतरनाक लागुऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अभियोगमा एरिजोनामा दोषी ठहर भएको सुचिमा उल्ल्ेख गरिएको छ । नबिन शाह ठगी, कुटपिट र चोरीको अभियोगमा टेक्ससमा दोषी ठहर भएको भनिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशनअनुसार गम्भीर र हिंसात्मक अपराधमा संलग्न गैरनागरिकहरूलाई प्राथमिकताका साथ देशनिकाला गर्ने उद्देश्यले चालिएको यस अप्रसनल कार्यबाट नेपालीहरु पनि खराब सुचिमा परेको हो ।अमेरिकामा नेपालीहरूलाई देशनिकाला गर्ने दरमा उल्लेख्य वृद्धि भएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ८०० भन्दा बढी नेपालीलाई अमेरिकाबाट फिर्ता पठाइसकिएको छ।

    Post Views: 246
    प्रकाशित मिति: २०८३ बैशाख ४, शुक्रबार ०४:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा
    प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • २. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ५. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.