• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार धेरै

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २६, आईतवार ०६:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन,  समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेका छन् ।

    आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ छन् । त्यसमा २५ देखि २९ उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५, ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पुरुष गरी ४०१, ४० देखि ४४ उमेर समूहका ३४१ महिला र १९४ पुरुष गरी ५३५ जना उम्मेदवार छन् ।

    यसैगरी ४५ देखि ४९ उमेर समूहका महिला २९४ र पुरुष १६२ गरी ४५६, ५० देखि ५४ उमेर समूहका २२० महिला र १६६ पुरुष गरी ३८६, ५५ देखि ५९ उमेर समूहका १५५ महिला र २०० पुरुष गरी ३५५, ६० देखि ६४ उमेर समूहका १०३ महिला र १५८ पुरुष गरी २६१, ६५ देखि ६९ उमेर समूहका ४४ महिला र ११४ पुरुष गरी १५८, ७० देखि ७४ उमेर समूहका १९ महिला र ६७ पुरुष गरी ८६, ७५ देखि ७९ उमेर समूहका महिला नौ र पुरुष २३ गरी ३२ तथा ८० वर्ष माथिका एक महिला र ११ पुरुष गरी १२ उम्मेदवार बन्दसूचीमा समावेश छन् ।

    समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११, खसआर्यतर्फ ९४६, दलितर्फ ४२५, थारुतर्फ २०३, मधेसीतर्फ ५०२, मुस्लिमतर्फ १४८ जना उम्मेदवार समावेश छन् ।

    आयोगमा १३ र १४ पुसमा ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीमाथि परेका उजुरीका आधारमा आयोगले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो ।

    RSS

    Post Views: 76
    प्रकाशित मिति: २०८२ माघ २६, आईतवार ०६:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.