• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्ट्रेट अफ हर्मुज खुला गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ४८ घन्टाको अल्टिमेटम

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ८, आईतवार १०:३१ प्रकाशित
    NEW YORK, NEW YORK - MAY 21: Former U.S. President Donald Trump sits in the courtroom for his trial for allegedly covering up hush money payments at Manhattan Criminal Court on May 21, 2024 in New York City. Trump was charged with 34 counts of falsifying business records last year, which prosecutors say was an effort to hide a potential sex scandal, both before and after the 2016 presidential election. Trump is the first former U.S. president to face trial on criminal charges. (Photo by Justin Lane-Pool/Getty Images)
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्। इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्। ‘४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,’ ट्रम्पले लेखेका छन्।

    हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ। इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ। जसकारण यो मार्ग बन्दप्रायः छ। भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिएको भनिएको छ। भारतले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको भनिएको छ। हर्मुज बन्द भएपछि विश्वबजारमा तेलको भाउ बढेको छ। युद्ध सुरू हुनुभन्दा अगाडि ७० डलर प्रतिब्यारोलसम्म मूल्य रहेको कच्चा तेलको भाउ तीन सातामै भाउ बढेर सय डलरभन्दा माथि पुगेको छ।

    अमेरिकाले आफ्नो भण्डारबाट तेल निकालेर बजार पठाएको भए पनि मूल्य नियन्त्रणमा आएको छैन। इरानमा हाल सर्वोच्च नेता रहेका मोज्तबा खामेनी उनका बुवा अली खामेनीभन्दा कट्टर मानिन्छन्। मोज्तबाले हर्मुजमा आक्रमण जारी राख्न भनेर यसअघि इरानी सैन्य बलहरूलाई निर्देशन दिएका थिए। ट्रम्पले शुक्रबार मात्रै इरानमाथि आक्रमणको उद्धेश्यहरू लगभग सबै पूरा भइसकेको दाबी गरेका थिए। उनले इरानको मिसाइल क्षमता, प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेका थिए। आणविक हतियार कार्यक्रम पनि सुरू गर्न नसक्नेगरी ध्वस्त पारिएको दाबी ट्रम्पले गरेका थिए। त्यसकारण अब इरानमाथिको कारबाही घटाउने विषयमा आफूले सोचिरहेको ट्रम्पले बताएका थिए।

    हर्मुजको सुरक्षाको विषयमा भने ट्रम्पले त्यो मार्ग प्रयोग गर्ने अरू देशहरूले पनि जिम्मा लिनुपर्ने बताएका थिए। अरू देशहरूले आग्रह गरेको अवस्थामा अमेरिका सहायताका लागि तयार रहने उनले बताएका थिए। यद्यपि त्यहाँ पनि इरानी सैन्य क्षमता ध्वस्त पारिसकेका कारण फेरि अमेरिका आउनुपर्ने आवश्यकता नरहने दाबी उनको थियो।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार १०:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.