• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा मनाइयो नेपाल दिवस

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १४, सोमबार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कृष्णराज खनाल

    राले, नर्थ क्यारोलिना वैशाख ७ गते ।  विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

    टाउन अफ मोरिसभिल, एपेक्स, केरी, होलिस्पिङ र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आएको छ । “हामी नेपालबाट आउने मानिसका लागि नेपालबाहिर पनि नेपाल देख्ने एक अवसर हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ,” भर्खरै नेपालबाट आउनुभएका किशोर पौडेलले भन्नुभयो । एनसिएनसीका पूर्वअध्यक्ष आरपी पौडेल र वरिष्ठ साहित्यकार डा. ऋषि बस्ताकोटीले पनि भव्य रूपमा आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । बसाइँसराइका कारण अहिले नर्थ क्यारोलिना नेपालीको रोजाइको स्थान बनेको छ ।

    सो कार्यक्रममा केरी, मोरिसभिल, एपेक्स र होलिस्प्रिङ नगरका प्रतिनिधिले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा गर्नुभयो । मन्तव्य व्यक्त गर्नेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद एलेनी मार्सल, टाउन अफ केरीकी प्रतिनिधि सारिका वंशल, मोरिसभिल टाउनका तर्फबाट टिजे काउली र सतीश गारिमेला, एपेक्स टाउनका तर्फबाट ज्याक गिल्बर्ट, होलिस्प्रिङका तर्फबाट माइक कोन्ड्राटिकलिज हुनुहुन्थ्यो । यसअघि अमेरिकाको तल्लो सदनकी कंगे्रस प्रतिनिधि डेब्रेहा रोसको शुभकामना मन्तव्य पनि पढेर सुनाइएको थियो ।

    नेपाली राजदूतावासकी काउन्सिलर अरुणा घिसिङले यस्ता कार्यक्रमले आफ्नो नेपालको कला, भाषा, संस्कृति, परम्परा र वेशभूषालाई जोड्न टेवा पुग्ने भएकाले यो महìवपूर्ण छ भन्नुभयो । १० औँ नेपाल दिवस समारोह समितिका अध्यक्ष एवं एनसिएनसीका पूर्वअध्यक्ष डा. विकास शाक्यले बालबालिकालाई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार नेपाली बसोबास गरेको जानकारी दिनुभयो ।

    सो कार्यक्रममा सुजन एन्ड परिता एजुकेसन फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने छात्रवृत्ति कलेज प्रवेश गर्न लागेका आठ जेहेनदार विद्यार्थीलाई तीन हजार एक सय डलर राशिको पुरस्कार पनि प्रदान गरिएको थियो । सोही अवसर पारेर प्रसिद्ध साहित्यकार नीलम कार्की निहारिकाले नेपालमा हालै सार्वजनिक गर्नुभएको राजमाता उपन्यासको सार्वजनिकीकरण पनि गरिएको थियो । सो अवसरमा साङ्गीतिक कार्यक्रमका साथै नेपाली खाद्य परिकार र नेपाली पोसाक, कला र संस्कृति झल्कने खालका स्टल पनि राखिएको थियो ।

    Post Views: 8
    प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार ०७:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !
    सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !
    अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा मनाइयो नेपाल दिवस

    • २. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    चर्चित
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ४. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.