नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस। जयशंकरबीच नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्ता र तीन प्रमुख निर्णयहरू भएका छन । नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ । नेपाली राजदूतावासका अनुसार उक्त बैठकमा नेपाल–भारत सम्बन्धका विविध आयामहरू जस्तै द्विपक्षीय व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत र सकारात्मक छलफल भएको छ ।

यस वार्ताको एक महत्वपूर्ण उपलब्धिका रूपमा नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । यो निर्णयले नेपाल र भारत आवतजावत गर्ने नागरिकहरूलाई क्युआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न बाटो खोलेको छ । जसले दुई देशबीचको वित्तीय कारोबार र पर्यटन प्रवर्द्धनमा चामत्कारिक सुधार ल्याउने अपेक्षा गरिएको छ।
बैठकमा दुई देशबीच विकास पूर्वाधार र नयाँ प्रविधिमा सहकार्य गर्ने अर्को ठूलो सहमति भएको छ । जसअन्तर्गत भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा निर्माण सम्पन्न भएका ८४ वटा पुनर्निर्माण परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ । यसका साथै दुवै देशले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास र प्रयोगमा समेत आपसी साझेदारी गर्ने निर्णय गरेका छन ।





