अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व र क्षेत्रीय सहयोगीहरूद्वारा सम्झौता स्वीकृत भइसकेको दाबी गर्दै इरानविरुद्ध तय गरिएका हवाई आक्रमणहरू रद्द गरेर युद्ध अन्त्यका लागि महान सम्झौता हुन लागेको घोषणा गरेका छन। सम्झौतापछि महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ हर्मुजु जलमार्ग तत्काल खुल्ने उनले दावी गरेका छन ।तर इरानी सरकारी सञ्चारमाध्यम फर्सले तेहरानले कुनै पनि मस्यौदा स्वीकृत नगरेको भन्दै ट्रम्पको कदमलाई कूटनीतिक असफलता लुकाउने रणनीतिक कदम भन्दै आरोप अगाएका छन । राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै विश्व सेयर बजारमा कमी आएर कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको छ। अन्तराष्ट्रिय समाचार माध्यमहरुले अमेरिका र इरान युद्ध विराम हुने भन्दै सम्झौताका १० मुख्य बुँदाहरू सार्वजनिक गरेका छन । यद्दपि त्यो कति सत्य हो निश्चित छैन ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ुट्रुथ सोसलमार्फत इरानविरुद्ध बिहीबार साँझका लागि तय गरिएका सबै अमेरिकी सैन्य आक्रमण र बमबारीहरूरद्द गरिएको जानकारी दिएका छन। उनले अमेरिकी वार्ता टोलीले इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेतृत्व खमिनी सँग सिधा छलफल गरेको र सम्झौताका बुँदाहरू उनीहरूबाट स्वीकृत भइसकेको दाबी गरेका छन । ट्रम्पका अनुसार सम्झौताको वैचारिक र विस्तृत खाका वार्तामा संलग्न सबै पक्षहरूले अनुमोदन गरिसकेका छन। त्यसैले तत्कालका लागि इरानमाथि सैन्य बल प्रयोग गर्नु नपर्ने निष्कर्षमा अमेरिकी प्रशासन पुगेको देखिन्छ।
अमेरिकी राष्ट्रपतिको यस दाबीको केही समयमै इरानको सरकारी सञ्चारमाध्यम ुफर्सले टेलिग्राममार्फत कडा खण्डन गरेको छ। फर्सका अनुसार तेहरानले अमेरिकासँगको कुनै पनि प्रारम्भिक सम्झौता वा समझदारी पत्रको मस्यौदालाई अहिलेसम्म कुनै स्वीकृति दिएको छैन भनिएको छ । इरानले अहिलेसम्म यस विषयमा कुनै पनि अन्तिम जवाफ नपठाएको इरानी मिडियाको दाबी छ।
इरानी सञ्चारमाध्यम फर्सको अनुवादित रिपोर्ट अनुसार वास्तविकता ट्रम्पले भनेजस्तो होइन, बरु अमेरिका आफैँ आफ्ना पुराना अडानहरू त्यागेर इरानले राखेका अघिल्ला मागहरूमा फर्किएको छ। अमेरिकाले इरानद्वारा प्रस्तावित संझौताको मूल पाठलाई सिद्धान्तत स्वीकार गरेको हुनाले मात्र अहिले यस सम्झौताको मस्यौदालाई पुन परीक्षण वा पुनरावलोकन गर्ने सम्भावना बढेको बताइएको छ । जसले ट्रम्पको दाबीलाई कूटनीतिक रूपमा कमजोर बनाएको छ।
राष्ट्रपति ट्रम्पले ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो सम्झौता पत्रमा हस्ताक्षर हुने बित्तिकै विश्वकै सबैभन्दा महत्त्वपूर्ण इन्धन ढुवानी मार्ग ुस्ट्रेट अफ हर्मुजुलाई तत्काल र पूर्ण रूपमा खुला गरिने बताएका छन। युद्धका कारण यो जलमार्ग एउटा प्रमुख सैन्य चोक पोइन्ट बनेको छ। जसले विश्वभरिको तेल आपूर्ति ठप्प पारेको थियो। ट्रम्पले यस विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र मध्यपूर्वी क्षेत्रका अन्य प्रमुख नेताहरूसँग पनि विस्तृत रूपमा कुराकानी गरिसकेको जानकारी दिएका छन। जसले गर्दा यो जलमार्ग खुल्ने आशामा अन्तर्राष्ट्रिय व्यापारिक समुदाय निकै उत्साहित बनेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बिहीबार ढिलो गरी राष्ट्रपति ट्रम्पसँग फोन वार्ता भएको पुष्टि गर्दै आधिकारिक विज्ञप्ति जारी गरेको छ। विज्ञप्ति अनुसार इजरायल इरानसँगको यस कूटनीतिक वार्तामा प्रत्यक्ष रूपमा सहभागी नभए तापनि नेतान्याहुले ट्रम्पको प्रतिबद्धताको उच्च प्रशंसा गरेका छन। इजरायलले अन्तिम सम्झौतामा इरानको आणविक क्षमतामाथि कडा प्रतिबन्ध लगाइने र उसको ब्यालिस्टिक मिसाइल तथा क्षेत्रीय आक्रामकतालाई नियन्त्रण गर्ने सर्तहरू समावेश हुने ट्रम्पको आश्वासनप्रति खुसी व्यक्त गरेको छ। यसले सम्झौतामा इजरायलको सुरक्षा चासोलाई ध्यानमा राखिएको देखाउँछ।
बिहीबार सार्वजनिक भएको ट्रम्पको यो नयाँ पोस्ट उनको केही घण्टा अगाडिको उग्र अभिव्यक्तिको तुलनामा एक नाटकीय र पूर्ण विपरीत कदम हो। बिहीबार बिहान मात्रै ट्रम्पले आज राती अमेरिकी सेनाले इरानमाथि निकै कडा आक्रमण गर्नेू कडा चेतावनी दिएका थिए। उनले इरानको नौसेना, वायुसेना, राडार र एन्टि(एयरक्राफ्ट प्रणाली पूर्ण रूपमा ध्वस्त भइसकेको दाबी गर्दै अमेरिकाले चाँडै नै इरानको मुख्य तेल पूर्वाधार खार्ग टापुु माथि कब्जा जमाउने र त्यहाँको तेल तथा ग्यास बजार पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिने धम्की दिएका थिए। तर साँझसम्म आइपुग्दा उनी पूर्ण रूपमा बदलिए।
राष्ट्रपति ट्रम्पका अनुसार यस सम्झौताको अवधारणा र विस्तृत बुँदाहरूलाई संयुक्त राज्य अमेरिका, इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन र इजिप्ट लगायतका ११ वटा क्षेत्रीय शक्तिहरूले पूर्ण रूपमा अनुमोदन गरिसकेका छन। तर चाखलाग्दो कुरा के छ भने ट्रम्पले प्रस्तुत गरेको यो लामो सूचीमा युद्धको मुख्य पक्ष मानिएको इरान, इजरायलले लगातार बमबारी गरिरहेको लेबनानको नाम कतै पनि उल्लेख गरिएको छैन। यसले गर्दा यो सम्झौता वास्तविक रूपमा कार्यान्वयन योग्य छ कि केवल इरान विरोधी मोर्चाको आन्तरिक सहमति मात्र हो भन्ने शङ्का उब्जिएको छ।
राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता सकारात्मक दिशामा अगाडि बढेको र सैन्य आक्रमण रोकिएको भए तापनि ओमानको खाडीमा रहेको इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाले लगाएको कडा नाकाबन्दी तत्काल नहट्ने स्पष्ट पारेका छन। ट्रम्पले लेखेका छन यो कारोबार वा सम्झौता पूर्ण रूपमा आधिकारिक रूपमा फाइनल नभएसम्म अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण रूपमा लागू र सक्रिय रहनेछ। यसको अर्थ अमेरिकाले इरानमाथि कूटनीतिक र आर्थिक दबाब कायमै राख्न र इरानले सम्झौतामा धोका नदेओस् भन्नका लागि आफ्नो नौसैनिक शक्तिलाई हतियारको रूपमा प्रयोग गरिरहनेछ।
राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता नजिक पुगेको र हवाई आक्रमण रद्द गरिएको घोषणा गर्ने बित्तिकै विश्वको वित्तीय बजारले तत्काल र तीव्र प्रतिक्रिया जनाएको छ। वाल स्ट्रिटका प्रमुख सेयर सूचकाङ्कहरू तीव्र गतिमा माथि उक्लिएका छन भने भूराजनीतिक तनाव कम हुने आशामा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। फेब्रुअरी २८ देखि युद्ध सुरु भएयता ट्रम्पले सम्झौता हुन लागेको दाबी गरेको यो ३० औँ पटकभन्दा बढी हो र प्रत्येक पटक बजारले उनको बोलीमा यसरी नै उतारचढाव देखाउने गरेको छ। यद्यपि अहिलेसम्म वास्तविक शान्ति भने स्थापना हुन सकेको छैन।





