• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका रेसिडेन्ड डाक्टरको भविश्य अन्यौलमा, ग्रीनकार्ड पाएकाहरु पनि अनुसन्धानको घेरामा

  •  
  • २०८० चैत्र ८, बिहीबार ०७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका, अमेरिका आएर डाक्टर बन्ने नेपालीको सपनामा करिब करिब पुर्णविराम लागेको छ । नेपाली विधार्थीले परिक्षामा नम्बर बढाउन नियम विपरित चिटिड गरेको प्रमाणित भएपछि झण्डै ८ सय नेपाली विधार्थीको भविश्य अन्धकार बन्ने भएको हो । त्यस लगत्तै कानुनी उपचारमा गएको भएपनि अदालतले उनिहरुको माग सुनुवाई गरेन र मागदावी नै खारेज गरिदियो । त्यसपछिको अवस्था नेपाली डाक्टरहरुका लागि अमेरिकामा अन्यौलपुर्ण नै रहेको छ । मेडिकल शिक्षाका लागि पास गर्नुपर्ने युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलईले परिक्षा दिंदा अनियमितता भएको ठहर गर्दै परिक्षा नै रद्द गरिएको छ । करिब ७ सय ७० भन्दा बढी परीक्षार्थीहरूले प्राप्त अंक एकै प्रकारको देखिएको भन्दै रद्द गरेपछि अमेरिका आउन खोज्ने र आएर अध्ययन गरी रहेका नेपाली विधार्थीहरु त्यसको शिकार भएका छन । युएसएमएलईले नेपाली विधार्थीको परिक्षाको नतिजामाथी शंका गर्दै अनुसन्धान गर्दा असामान्य रुपमा एकै ढाँचामा उत्कृष्ठ अंक ल्याउनुमा उनिहरुले परिक्षा प्रणालीको कानुनी दायरा नाघेको ठहर गरेको छ ।
    अनुसन्धानपछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको र सबैजसो विधार्थीले एउटै ढाँचामा परिक्षा दिएको पत्ता लागेको जनाइएको छ । उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गर्दै अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले तत्काल काममा नआउनका लागि सुचित गरिसकेको छ । त्यसको एकिन तथ्थ्यांक छैन । सम्पर्कमा रहेका केहिले आफुले काम गरिरकेको हस्पिटलले बिदा दिएको जनाएको छ । त्यसरी अहिले काम गरिरहेका ६ सय भन्दा बढी नेपाली डाक्टरहरुको भविश्यमा पनि प्रश्न चिन्ह खडा भएको छ ।
    खासगरी अमेरिकामा रेसिडेन्सी गरिरहेका र गर्न आउने डाक्टरहरुलाई युएसएमएलईको निर्णयले मानसिक, आर्थिक र शैक्षिक क्षति पुगेको भन्दै एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाका अध्यक्ष डा विनोद शाहले सजकता अपनाउन आव्हान गरेका छन । ्अमेरिकामा रेसिडेन्सी गरीरहेका सबै तहका नेपाली डाक्टरहरुसमेत अनुसन्धान भईरहेको जनाइएको छ । त्यतिमात्र नभएर रेसिडेन्सीका लागि तयारीमा परिक्षाको मिति तय भएका विधार्थीहरुको धमाधम परिक्षा अनिश्चतकालका लागि स्थगित गरिएको सुचना पठाउन थालेको छ । उनिहरुलाई पठाइएको सुचनामा तत्काललाई परिक्षा स्थगित गरिएको र अब परिक्षा हुँदा नेपाल बाहिर युएसएमएलईले तोकेको स्थानमा जानुपर्ने जनाइएको छ । खबरमालाको संपर्कमा आएका एक व्यक्ति जसले आफ्नो परिक्षा रद्द भएको बताए । उनले भने तत्काललाई परिक्षा रद्द भएको जानकारी आएको छ बाँकी के गर्ने अन्यौलमा परेको छु । त्यतिमात्र नभएर रेसिडेन्सी गरी सकेर अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेकाहरुको सन्र्दभमा विभिन्न कानुनी झमेला आउन सक्ने भन्दै कानुनका ज्ञाताहरुले सतर्कता अपनाउन सुझाब दिएका छन ।
    त्यसो हुँदा नेपाल बाहिर युएसएमएलईले तोकेको समयमा तोकेको देश वा स्थानमा गएर मात्र परिक्षा दिनुपर्ने वाध्यात्मक अवस्था श्रृजना हुन सक्ने छ । यो अवस्था उत्पन्न हुनुमा नेपाली डाक्टर अध्ययन गर्न आउनेहरुका लागि लगभग ढोका बन्द जस्तै भएको अवस्था हो, एक प्रतिस्ठित डाक्टरले खबरमालालाई बताए । उनले भने अब हामी जस्ता लामो समय काम गरेकाहरुलाई समेत विभिन्न अवस्थामा प्रश्न गर्ने अवस्था श्रृजना भयो यो निकै दुखद हो ।

    केहि नेपाली डाक्टरहरुले अमेरिकी यूएसएमलईको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सुझाएको भए पनि त्यो झन घातक हुनसक्ने अमेरिकामा रहेका वरिष्ठ डाक्टरहरुले बताएका छन । अमेरिकी सिष्टमले गंभीर खालको गल्ती नदेखिएसम्म यस्तो निर्णय लिएको छैन, त्यसैले यसको कुटनीतिक समाधान खोज्न ति डाक्टरले सुझाएका छन । आगामी दिनमा राम्रो सुधारको प्रयास गर्ने र कुटनीतिक माध्यमबाट यो समस्याको समाधान गरेको खण्डमा आगामी दिनमा आउने विधार्थीहरुको हितमा हुन सक्दछ अन्यथा कानुनी उपचार खोजेको खण्डमा लामो समयका लागि नेपाली विधार्थीको ढोका बन्द हुन सक्दछ ।

    नेपालमा डाक्टर भइसकेपछि उच्च शिक्षाका लागि वा अमेरिकामा अभ्यासका लागि आउन चाहनेहरुले युएसएमएलई परीक्षा उत्तिर्ण गर्नुपर्छ । युनिभर्सिटी सम्बद्ध अस्पतालमा रेसिडेन्सी गरिसकेपछि तीनवटै चरणका युएसएमएलई परीक्षा उत्तिर्ण गरेकाहरुले अमेरिकामा अभ्यासको लागि लाइसेन्स प्राप्त गर्न सक्छन् । तर न्यूनतम २ वटा चरणका युएसएमएलई परीक्षा उत्तिर्ण गरेपछि अमेरिकामा म्याचिङ कार्यक्रममा समावेश हुन पाउँछन् ।
    युएसएमएलईले नजिता रद्द गर्दा म्याचिङ भइसकेकाहरुमात्र नभई प्रि म्याच साइन गरेका डाक्टरहरु पनि प्रभावित भएको बताइएको छ । अब नयाँ आउनेहरुलाई पनि गाह्रो भएको तथा नतिजा रद्द भएकाहरु म्याचबाट आउट भएका छन । युएसएमएलईले नेपाललाई मात्र औल्याएकाले नेपालीहरुको बदनाम भएको र भविश्यमा मेडिकल शिक्षण संस्थाहरु नेपाली डाक्टरहरुलाई म्याच गराउन अमेरिकास्थित मेडिकल कलेजहरु हिचकिचाउने सम्भावना बढेर गएको छ । सन् २०२३ मा २ हजार ३ सय १८ चिकित्सकले विभिन्न देश जान नेपाल मेडिकल काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिएका थिए, जबकि त्यो वर्ष एमबीबीएसको ‘लाइसेन्स’ परीक्षा उत्तीर्ण गर्नेको संख्या २ हजार २ सय २२ थियो । त्यसमा आधा भन्दा बढी अमेरिका आउनेहरु रहेका थिए ।
    नेपालबाट चिकित्सकहरू बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, माल्दिभ्स, यूएई, कतारलगायत मुलुक गइरहेका छन ।

    Post Views: 186
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०७:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.