• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

  •  खबरमाला संवाददाता
  • २०८३ असार २, मंगलवार ०५:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानाडामा नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्ने तथा द्विपक्षीय व्यापारमा रहेका अवसर र चुनौतीहरू पहिल्याउने उद्देश्यले ब्राम्टनमा एक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास, अटवाद्वारा आयोजित उक्त छलफलमा क्यानाडामा सामान आयात गर्ने नेपाली व्यवसायीहरूको सहभागिता रहेको थियो। नेपाल सरकारको नीति अनुरूप उत्पादकत्व, उत्पादन र रोजगारी वृद्धि गर्दै क्यानाडामा नेपाली वस्तु तथा सेवाको बजार विस्तार गर्न दूतावासले यो पहलकदमी लिएको हो।

    पछिल्ला १५–२० वर्षमा क्यानाडामा नेपाली डायस्पोराको उपस्थिति तीव्र रूपमा बढेसँगै यहाँ चिया, कफी, दाल, चामल, गेडागुडी, मरमसला, लत्ताकपडा, पूजाका सामग्री, हस्तकला र आईटी सेवा जस्ता मौलिक नेपाली उत्पादनहरूको माग पनि ठूलो मात्रामा बढेको छ। पछिल्ला वर्षमा क्यानाडामा नेपाली उद्यमीहरूले आफ्ना व्यवसायहरू स्थापित र विस्तार गर्ने क्रममा गुणात्मक परिवर्तन आएको पनि त्यस अवसरमा चर्चा गरिएको छ ।

    क्यानडाका लागि भरतराज पौडेलले विभिन्न सरकारी अधिकारीसंग भेट गर्दै नेपाली बस्तुको आपूर्ति शृङ्खलालाई निरन्तरता दिन र आयातकर्ताहरूलाई प्रोत्साहन गर्न नेपाल सरकारले विभिन्न सुविधाहरू उपलब्ध गराएको नेपालका लागि क्यानाडाका राजदूत भरतराज पौडेलले जानकारी दिएका छन । राजदुत पौडेलले हाल निर्यातबाट प्राप्त कुल मुनाफामा २० देखि ५० प्रतिशतसम्म आयकर छुटको व्यवस्था रहेको छ। निर्यातजन्य वस्तुहरू नेपालमै उत्पादन गर्ने उद्योगका हकमा मात्र १० प्रतिशत आयकर तिरे पुग्ने व्यवस्था छ। यसैगरी, निर्यातयोग्य वस्तुको उत्पादन, प्याकेजिङ वा प्रोसेसिङका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार फिर्ता हुने र भ्याट पूर्ण फिर्ता हुने व्यवस्था छ। उत्पादनका लागि आवश्यक मेसिनरी औजार आयात गर्दा मात्र १ प्रतिशत भन्सार लाग्ने, ठूला निर्यातकर्ताहरूले बैंक ग्यारेन्टी राखेर बन्डेड वेयरहाउसको सुविधा लिन सक्ने र न्यून ब्याजदरमा पुनर्कर्जा पाउने जस्ता सहुलियत सरकारले उपलब्ध गराएको पनि राजदूत पौडेलले जानकारी दिए।

    नेपाल अल्पविकसित देश भएको नाताले क्यानाडा सरकारले नेपाली वस्तुहरूका लागि ड्युटी फ्री र कोटा फ्री बजार पहुँचको सुविधा दिएको छ। क्यानाडा सरकारको हालको नीति एसिया प्यासिफिक क्षेत्रमा व्यापार विविधीकरण गर्ने रहेको हुनाले यसले नेपाली वस्तु आयातका लागि एउटा बलियो अवसर सिर्जना गरेको राजदूत पौडेलले उल्लेख गरेका छन । सो कार्यक्रममा नेपाली व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । परम्परागत वस्तु मात्र नभई आईटी र पर्यटन जस्ता सेवा क्षेत्रमा पनि विचार पुर्याउन उनिहरूको माग थियो। त्यस अवसरमा क्यानाडास्थित नेपाली दूतावास वा कूटनीतिक निकायहरूले यहाँबाट बढीभन्दा बढी पर्यटकहरू नेपाल पठाउन पहल गर्न सुझाव दिइएको छ।

     

    Post Views: 10
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०५:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !
    Advertisement
    ताजा अपडेट
    • १. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • २. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ३. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ४. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ५. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ३. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ४. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ५. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.