• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आन्तरिक अर्थतन्त्रको सिथिलता कायमै

  •  
  • २०८० चैत्र ८, बिहीबार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकको आान्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता अझै कायमै रहेको छ । सरकारको राजस्वमा केही सुधार देखिएको छ । तर, पूँजीगत खर्चको वृद्धिदर उत्साहजनक छैन । आयात बढ्न सकेको छैन भने निजी क्षेत्रका प्रवाह हुने कर्जा पनि खासै विस्तार भएको छैन । गत आर्थिक वर्ष २०७९÷८० को माघमा १३.०३ प्रतिशतको उच्च विन्दुमा पुगेको कर्जाको भारित औसत ब्याजदर करिब २ प्रतिशत विन्दुले घटेर ११.०८ प्रतिशतमा आइसकेको छ । कर्जाको ब्याजदर उल्लेख्य रुपमा घटेको, राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिलाई क्रमशः लचिलो बनाउँदै लगेको छ ।

    यद्यपि, आन्तरिक आर्थिक गतिविधि, विशेष गरेर वास्तविक क्षेत्रमा देखिएको समस्या सुधार नहुँदा सरकारी वित्तमा दबाब छ भने बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीसमेत प्रभावित बन्दै गएको छ । राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै गर्दा चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो । यस्तै कम्तीमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्नु मौद्रिक नीतिको लक्ष्य हुने मौद्रिक नीतिमा उल्लेख थियो ।

    यस्तै विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने प्रक्षेपणसहित मौद्रिक नीति तर्जुमा गरेको थियो । तर, आर्थिक वर्षको ७ महिना सकिँदा ४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । यसले कर्जा विस्तारको लक्ष्य प्राप्त हुने सम्भावना देखिन्न । विस्तृत मुद्राप्रदाय, मुद्रास्फीति र विदेशी विनियम सञ्चितिको अवस्था भने मौद्रिक नीतिको लक्ष्यअनुरुप नै रहेका छन् । विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले विस्तार भएको छ भने बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य स्रोत रहेको छ ।
    राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखेकोमा माघ महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको माघ महिनामा यो ७.८८ प्रतिशत थियो । माघमा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत छ ।
    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको राष्ट्र बैैंकले जनाएको छ ।

     

    Post Views: 315
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०७:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.