• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जीवी राई कहाँ छ थाहा छः आईजीवी कुँवर

  •  
  • २०८० चैत्र १५, बिहीबार ०७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवर यसबारे जानकार रहेको तर मलेसियन सरकारको सहयोग नभएकोले पक्राउ हुन नसकेको खुलासा गरेका छन । आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गर्दै भने तर, उनलाई नेपाल ल्याउन नसकिएको कुँवरले सुनाए । राज्य व्यवस्था समितिको बैठकबाट बोलाइएका आइजीपी कुँवरले जीवी राई मलेसियामा रहेको खुलासा गर्दै सबै थाहा भएपनि पक्राउ गर्न केहि प्राविधिक समस्यामा परेकोदावी गरेका छन ।

    राज्य व्यवस्था समितिमा आईजिपी कुँवरले भनेका कुरा जस्ताको तस्तै । जहाँसम्म सूर्यदर्शन सहकारीको कुरा छ, यसमा अहिले पाँचजना मान्छे पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने १५ जना मान्छे फरार छन् । त्यसमध्ये जीबी राईको ईस्यु अलि उठेको छ । जीबी राईको इस्युको सन्दर्भमा हामी पनि सम्वेदनशील छौं । किनकि यो सबै ईस्युको मुख्य जड त्यही हो भन्ने लाग्छ । यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी ग¥यौं । रेडकर्नर नोटिस जारी ग¥यौं । सम्बन्धित पक्ष, काउन्टर पार्ट, अहिले मलेसियामा छ नै भन्छु । हामीसँग मलेसियासँग सुपुर्दर्गी सन्धी छैन । त्यो कन्डिसन छ । अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले सुपुर्दर्गी गर भन्छ । जबकि त्यो वैदेशिक अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोट गर्ने काम गर्छ । तर, त्यो नहुँदा नहुँदै पनि मलेसियन सरकारले सुपुर्दर्गी, डिपोटको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो । हामीले अनौपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत त्यहाँ पठायौं । तर, त्यो अहिले मन्त्रालयमा गएर बसेको छ ।

    तर, यति हुुँदाहुँदै पनि मलेसियन सरकार अहिले बाध्य भएको छैन । रेडकर्नर नोटिस, सुपुर्दर्गी सन्धी सबै कुरा डिप्लोम्याटिक रुपमा हामीले प्रयोग गरेका छौं । त्यति गर्दा गर्दै पनि मलेसियन सरकार सहमत भएन भने ऊ बाध्य हुँदैन । इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन । त्यसकारण यो जघन्यखालको फाइनान्सिलय अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ । अझै पनि हामी साइड बाई साईड मेरो तहबाट काम गर्दैछु । त्यहाँ सहकर्मी साथीहरु हुनुहुन्छ, त्यहाँ एम्बेसीले पनि लबिङ गरिराखेको छ । माननीय उपप्रधानमन्त्रीज्यू र पूर्वगृहमन्त्रीज्यूले पनि यसमा प्रयास गरिरहेको हामीलाई आभाष भएको छ ।

     

    Post Views: 228
    प्रकाशित मिति: २०८० चैत्र १५, बिहीबार ०७:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    Advertisement
    ताजा अपडेट
    • १. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • २. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ३. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ४. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ५. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.