• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ४, शुक्रबार १९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अर्जेन्टिनी फुटबल लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब कर्नेला खरिद गरेका छन्। फुटबल जिवनबाट बिदा लिने तयारीमा रहेका उनले फुटबल क्लब नै किनेर आफ्नो क्षेत्रमा निरन्तरता दिन लागेका हुन । ३८ वर्षीय मेसीले स्पेनिस क्लब बार्सिलोनालाई चार पटक च्याम्पियन्स लिग र १० पटक ला लिगा जिताउन मुख्य भूमिका खेलेका थिए। उनी हाल अमेरिकाको इन्टर मियामी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

    पाँचौँ डिभिजनमा रहेको यो क्लबले एक विज्ञप्ति जारी गर्दै आठ पटकका ब्यालोन डिुओर विजेता मेसीले क्लबको स्वामित्व लिएको पुष्टि गरेको छ। मेसीले यो कदम बार्सिलोना र क्याटलोनिया क्षेत्रसँगको आफ्नो पुरानो र गहिरो सम्बन्धलाई अझ मजबुत बनाउन र स्थानीय फुटबल प्रतिभालाई अघि बढाउनका लागि चालेका हुन्। मेसी १३ वर्षको कलिलो उमेरमा अर्जेन्टिनाबाट स्पेन आएका थिए र १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट खेल्न सुरु गरेका थिए। उनले बार्सिलोनाका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन्।

    मेसीका पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा स्पेनकै अर्को क्लब अल्मेरियामा २५ प्रतिशत सेयर किनेका थिए। अहिले मेसी आफैँले एउटा क्लबको पूर्ण स्वामित्व लिएर फुटबल व्यवस्थापनमा हात हालेका छन्। कर्नेला क्लबको रंगशालाको क्षमता मात्र १,५०० दर्शकको भए पनि यो क्लब नाम चलेका खेलाडी उत्पादनका लागि चिनिन्छ। आर्सनलका गोलकिपर डेभिड राया र बार्सिलोनाका पूर्व डिफेन्डर जोर्डी अल्बाले पनि यही क्लबबाट आफ्नो फुटबल करियरको सुरुवात गरेका थिए।

    मेसीको आगमनसँगै क्लबले नयाँ अध्याय सुरु हुने विश्वास लिएको छ। क्लबले भनेको छ, ‘लियोनेल मेसीको आगमनले क्लबको खेल र संस्थागत विकासमा ठूलो सहयोग पुग्नेछ। हाम्रो लक्ष्य स्थानीय प्रतिभामा लगानी गर्दै क्लबको जगलाई अझ बलियो बनाउनु हो।’ मेसीको यो लगानीलाई दीर्घकालीन योजना र स्थानीय फुटबलसँगको गहिरो सम्बन्धका रूपमा हेरिएको छ।

    Post Views: 170
    प्रकाशित मिति: २०८३ बैशाख ४, शुक्रबार १९:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.