• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इरानी राष्ट्रपति इब्राहिम र विदेशमन्त्री अमिर चढेको हेलीकोप्टर दुर्घटनाग्रस्त, सवार नौ जनाको निधन

  •  
  • २०८१ जेष्ठ ७, सोमबार ०९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    इरानका शक्तिशाली राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री होसेन अमिर चढेको दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार नौ जनाको निधन भएको अन्तराष्ट्र्रिय सन्चार माध्यमहरुले जनाएको छ । रातीको समयमा खोजी कार्य संभव नभए पनि विहान दुर्घटनाग्रस्त हेलिकोप्टर दुघटनाग्रस्त अवस्थामा भेटिएको छ । अल जजिराले दिएको जानकारी अनुसार हेलिकोप्टर पुर्ण रुपमा क्षति भएकाले त्यसमा यात्रा गर्ने कोही पनि जिवित हुन नसक्ने बताएको छ । रोयटर्सले हेलिकोप्टर पुर्ण रुपमा जलेकाले रेस्क्यूमा संलग्नलाई उदृत गर्दै सवार कोही पनि जिवीत नरहेको जनाएको छ । हेलीकोप्टर दुर्घटना भएको स्थानमा पुर्ण रुपमा आगोलागी भएको र हेलीकोप्टर पुर्ण रुपमा जलेको देखिएको छ । इरानी सरकारी टिभीले अफिसियल्ली घोषणा गर्न बाँकी रहेको जानइएको छ ।

    आइतवार उत्तरपश्चिम इरानमा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा नौ जना सवारहरु रहेको इरानको तस्निम समाचारले बताएको छ। इरानी राष्ट्रपति इब्राहिम रैसी,विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान र अन्य अधिकारीहरू सवार बिमान आइतवार दुर्घटनामा परेपछि इरानको विदेश मन्त्रालयले खोज र उद्धार कार्यमा सहयोग गर्न इच्छुक धेरै राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रशंसा गरेको छ।
    विदेश मन्त्री होसेन अमिर(अब्दुल्लाहियान पनि बोकेको विमान देशको पूर्वी अजरबैजान प्रान्तमा खसेको थियो । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार रहेका थिए थिए । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

    न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता अली खोमेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर उनी हसन रुहानीसँग पराजित भएका थिए । दुर्घटना नै भए पनि चीन, रसियाले यो घटनालाई नजिकबाट हेरिरहेको जनाएको छ ।

     

    Post Views: 210
    प्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार ०९:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    Advertisement
    ताजा अपडेट
    • १. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • २. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ३. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ४. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ५. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.