• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ९, शुक्रबार ०५:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध असंवैधानिक हुन सक्ने भन्दै अदालतले त्यसको कार्यान्वयनमा रोक लगाएको छ। वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि लागू हुने अस्थायी रोक आदेश जारी गरेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ। केलीले तीनवटै सञ्चारमाध्यमका कर्मचारीको प्रेस कार्ड तत्काल फिर्ता गर्न र ह्वाइट हाउस प्रवेशको अधिकार पुनर्स्थापित गर्न पनि सरकारलाई निर्देशन दिएका छन्।

    अदालतले ट्रम्प सरकारको उक्त कदम अमेरिकी संविधानको पहिलो संशोधन अन्तर्गत प्रेस स्वतन्त्रताको अधिकारसँग बाझिन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।यो विवाद गत शुक्रबार सुरू भएको थियो। ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत ती तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए। प्रतिबन्ध लगाउनुको कारणका रूपमा ट्रम्पले उनीहरूको समाचार रिपोर्टिङलाई उल्लेख गरेका थिए।

    त्यसको भोलिपल्ट शनिबार तीनवटै सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्न दिइएन। घटनाक्रम त्यसपछि अदालतसम्म पुगेको थियो। सोमबार सिएनएन, एमएस नाउ र पोलिटिकोले ट्रम्प सरकारविरूद्ध मुद्दा दायर गर्दै आफूहरूमाथिको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको दाबी गरेका थिए। अदालतको आदेशसँगै तत्कालका लागि ती सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउसमा पुनः प्रवेशको बाटो खुलेको छ।

    Post Views: 5
    प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार ०५:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?
    Advertisement
    ताजा अपडेट
    • १. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • २. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ३. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ४. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    • ५. अमेरिकी राष्ट्रपतिद्धारा चिनिया राष्ट्रपति सी चिनफिङलाई एयरपोर्टमै पुगेर स्वागत

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.