• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अब क्यानडा आउँने वित्तिकै पिआर पाईने नयाँ नियम (भिडियोसहित )

  •  
  • २०८१ जेष्ठ २४, बिहीबार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    तपाई वैदेसिक रोजगारीका लागि क्यानडा आउने सोचमा हुनुहुन्छ भने अब क्यानडा पुग्ने वित्तिकै सजिलै पिआर अर्थात स्थायी बसोवास अनुमति पत्र पाउने सजिलो बाटो केयर गिभरबाट हुने भएको छ । सोमबार क्यानडाका श्रममन्त्रिले एक पत्रबार सम्मेलन गर्दै केयर गिभरबाट क्यानडा आउनेहरुका लागि क्यानडा पुग्ने वित्तिकै पिआर आवेदन दिन मिल्ने घोषणा गरेका छन । अध्यागमन मन्त्री मार्क मिलरले क्यानाडाली परिवारहरूलाई सहयोग गर्न केयर गिभरहरूले महत्वपूर्ण भूमिका खेल्ने हुनाले सरकारका कार्यक्रमहरूले उनीहरूको योगदानको उच्च मुल्यांकन गर्न आवश्यक ठानेकाले नयाँ नियम लागु गरेको बताए ।

    सरकारले दक्षिण एसियाली मुलुकहरुका लागि आकर्षक वैदेसिक रोजगारीको गन्तव्य मानिएको क्यानडाले केयर गिभरका लागि नयाँ कानुनी प्रावधानहरु सार्वजनिक गरेको छ । जसमा केयर कामदारहरूलाई क्यानडा प्रवेश गर्ने वित्तिकै स्थायी बासिन्दाको लागि कानुनी बाटोमा लैजाने सजिलो प्रावधान रहेको छ । जुन क्यानडा गएका केयर गिभरमा कामगर्न चाहनेहरुका लागि निकै खुसीको कुरा हो । यस अघि क्यानडामा हरेक क्षेत्रबाट स्थायी बसोवास अनुमति पाउनका लागि बिशेष अनुभवको प्रावधान रहे पनि यो नयाँ घोषणाले पुरानो नियम खारेज गरेर केयर गिभरका लागि नयाँ तथा सजिलो नियम अनुसार कुनै अनुभव चाहिनेछैन ।

    केयर गिभरमा छनौट हुनेले क्यनडा पुग्ने वित्तिकै पीआर पाउने प्रकृया सुरु गर्न बाटो खुलेपछि क्यानडामा काम गरी रहेका नेपालीहरु पनि खुसी छन । तर केयरगिभरका लागि भने केहि कानुन योग्य हुनका लागि केयरगिभरले क्यानेडियन भाषामा आधारित न्यूनतम चार स्तर प्राप्त गरेको हुनुपर्नेछ । क्यानाडाली हाई स्कूल वा सो बराबरको शैक्षिक योग्यता भएको हुनुपर्ने, केयर गिभरको अनुभव भएको हुनुपर्ने, होमकेयर कामका लागि जागिरको अफर हुनुपर्ने मापदण्ड रहेका छन ।

    यस अघिको प्रावधानमा क्यानेडियन भाषा परिक्षामा आधारित न्यूनतम ५ हुनुपर्ने र हाइस्कुलपछि पनि एक वर्ष क्यानडाको पोष्ट माध्यामिक वा सो बराबारको शिक्षा लिएको हुनुपर्ने नियम थियो । साथै कामको हकमा क्यानडामा नै कम्तिमा छ महिनाको कामको अनुभव आवश्यकता प्रावधान रहेको थियो । क्यानडाले अबको दुई बर्षमा १५ हजार भन्दा बढी नयाँ केयर गिभरका लागि स्थायी बसोवासको व्यवस्था गर्न सकिने योजना सार्वजनिक गरेको छ । हरेका पाँच बर्षमा नयाँ नियम बनाउने गरिएको यस केयर गिभरमा विगत ५ बर्षको अनुभवबाट क्यानडाले पछिललो ५ बर्षमा ५ हजार बढीले पिआर पाएको जानएको छ । अब त्यो सख्या बढाएर अबको ५ बर्षमा १५ हजार बनाउने योजना लिएको छ । स्मरणीय के छ भने क्यानडामा कति नेपाली केयर गिचरमा काम गर्दछन भन्ने एकिन तथ्यांक नभए पनि अनुमान १५ सय भन्दा बढी रहेको छ ।

    मन्त्रि मिलरे पत्रकार सम्मेलनमा दिएको जानकारी सहित (भिडियोसहित )

     

     

    Post Views: 170
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार ०७:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.