• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आमा सोनीया संसदीय दलको नेता, छोरो राहुल विपक्षी दलको नेता

  •  
  • २०८१ जेष्ठ २७, आईतवार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा कंग्रेस आईको सफलतापछि आमा सोनीया संसदीय दलको नेता, छोरो राहुल विपक्षी दलको नेता चुनिएका छन ।

    भारतीय राष्ट्रिय कंग्रेसको संसदीय दलको नेतामा सोनिया गान्धी सर्वसम्मत चयन भएको कंग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताएका छन्। तिवारीले एएनआईसँग भने,‘सोनिया गान्धीलाई कंग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको छ।’

    कंग्रेस संसदीय दलको बैठकमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको नेताका लागि सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए भने पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए।

    दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा बसेकाे थियाे। युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख कंग्रेस नेताको बैठकमा उपस्थिति थियो।

    भारतीय कंग्रेसका नेता राहुल गान्धी संसद्मा भारतको प्रमुख विपक्षी दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी गान्धी शनिबार विपक्षी नेतामा मनोनीत भएका हुन् ।

    कंग्रेस नेतृत्वको बैठकमा राहुललाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनका लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि रिक्त थियो । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् ।

    गान्धीको पार्टीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । यसले भाजपालाई सरकारको नेतृत्व गर्न गठबन्धनका साझेदारमा निर्भर रहन बाध्य पारेको छ ।

    गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कंग्रेस)लाई संसद्मा सिटका हिसाबले लगभग दोब्बर बनाएका थिए । एक दशकपछि कंग्रेसका लागि यो सबैभन्दा राम्रो परिणाम हो ।

    Post Views: 151
    प्रकाशित मिति: २०८१ जेष्ठ २७, आईतवार ०९:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न
    एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • २. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ३. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ४. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ५. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.