• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

  •  
  • २०८१ असार १, शनिबार ०४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो ।

    नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो । सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ७ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।

    कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्रलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए । चौथो ओभरमा दीपेन्द्रले क्विन्टन डि ककलाई कट एण्ड बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता दिलाए । डि ककले ११ बल खेल्दै १० रन बनाए ।

    दोस्रो विकेटका लागि नेपालले १२औं ओभर कुर्नु परेको थियो । तर नेपालले दबाब भने लगातार बनाइरहेको थियो ।

    नेपालका लागि दोस्रो विकेट कुशलले दिलाएका थिए । दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रम २२ बलमा १५ रन बनाएर इन्साइड एज सहित बोल्ड भएका थिए ।

    १४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । हेनरिक क्लासेन ५ बलमा ३ रन बनाएर करन केसीद्वारा क्याच आउट भएका थिए ।

    UPDATE

     

    नेपालले दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणमा टस जितेर फिल्डिङ रोजेको छ।

    सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

    आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ ।

    दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

     

    आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ मा रहेको नेपालले आफ्नो तेस्रो खेल नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजे सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिकासँग खेल्दैछ। खेल हेर्नका लागि नेपाली टोली पनि सहभागी भएका छन । लगातार तीन जित निकालेर सुपर ८ मा स्थान पक्का गरिसकेको दक्षिण अफ्रिकाविरूद्ध नेपालको खेल चुनौतीपूर्ण छ। तर पनि नेपालबाट सन्दिप लामीछाने थपिएकोले आशा गर्ने ठाउ भने प्रसस्तै छ ।

    नेपालका लागि सुपर ८ मा स्थान बनाइसक्न दक्षिण अफ्रिकाविरूद्ध जित निकाल्नु पर्ने बाध्यता छ। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलंका विरूद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । क्यारेबियन राष्ट्र सेन्ट भिसेन्टमा हुने खेलअघि नेपालका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिका विरूद्धको खेल चुनौतीपूर्ण भएको स्वीकार गरे। उनले सन्दीप लामिछाने टोलीमा थपिँदा केही आसा बढ्ने पनि बताए। तर सन्दीपले पछिल्लो ६ महिनादेखि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।
    ‘दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सके हामीले बलिङमा राम्रो गर्न सक्छौं भन्ने लाग्छ। अर्को तर्फ हाम्रो टोलीमा सन्दीप दाइ पनि थपिनुभएको छ,’ रोहितले भने। दक्षिण अफ्रिकासहित अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे मात्र नेपाल सुपर ८ मा पुग्नेछ। तर त्यो चुनौती पार गर्न नेपालका लागि कठिन छ।

    आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।

    बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएकोले नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

    Post Views: 170
    प्रकाशित मिति: २०८१ असार १, शनिबार ०४:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.