• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जुलाई ९ देखि १४ लसएन्जलस र अगस्त २ देखि ४ सम्म शिकागोमा कन्सुलर शिबिर हुँदै

  •  
  • २०८१ असार २३, आईतवार ०५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    जुलाई ९ देखि १४ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ । नेपाली दुतावासको सहयोगमा महावाणिज्यदुत ऋषि ढकालको संयोजनमा हुन लागेको सो शिविरमा आठ सय भन्दा बढीले सेवा लिन अप्वाइन्टमेन्ट लिएको ढकालले बताए । उक्त शिविर क्यालिफोनियास्थित पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म संचालन गरिने महावाणिज्यदूत ऋषि ढकालले बताए । अनलाईन फाराम भरी सकेपछि आउने बारकोड सहितको प्रिन्ट लिएर राहदानी दस्तुरसहित शिविरमा जानु पर्ने महावाणिज्यदूत ढकालले बताएका छन । यस पटक विगतमा भन्दा धेरै सेवाग्राहीहरु आउने संभावना रहेको उनले बताए ।

    त्यसैगरी आगामी अगस्त २ देखि ४ सम्म शिकागोमा पनि घुम्ति राहदानी सेवा शिविर संचालन हुने भएको छ । उक्त शिविर शिकागो करी हाउसमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने जनाइएको छ । वासिंटनमा रहेको नेपाली दुतावासद्धारा दिइएको जानकारी अनुसार उक्त शिविरमा १२ महिनाभित्र राहदानीको म्याद सकिन लागेकाहरुले नविकरणको लागि निवेदन दिनसक्ने छन् । उक्त शिविरमा विधुतीय राहदानी नविकरणका लागि अप्वाइन्टमेन्ट लिने दुतावासको वेवसाइट जानु पर्नेछ ।
    शिविरमा सहभागी हुनका लागि राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका १५३ डलर, १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि ७६ डलर, शुल्क तोकिएको छ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा ३०६ डलर लाग्ने बताइएको छ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ । विगतमा टेक्सासमा दुतावासको घुम्ती शिविरबाट फर्किदा ६६ हजार डलर हराएपछि दुतावासले यसपटकबाट क्यास नलिने योजना बनाएको दुतावासले जनाएको छ । डेविट र क्रटिकार्डबाट भुक्तानी गर्दा तोकिएको रकममा केहि थप रकम तिर्नुपर्ने जनाइएको छ । दुतावासले नेपाली समुदायको बसोवासको क्षेत्र हेरेर बर्षैभरी यस्ता शिविरहरु आवश्यक मात्रामा सन्चालन गर्दै आएको छ । दुतावासमा यस्ता कार्यहरु नियमित हुन्छन तर दुतावाससम्म आउन समय लाग्ने भएकोले पनि नेपालीको जनघनत्व हेरेर राज्यहरुमा घुम्ती शिविर गर्दै आएको छ ।

    Post Views: 161
    प्रकाशित मिति: २०८१ असार २३, आईतवार ०५:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.