• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पको हत्या गर्ने योजनामा ईरानी संलग्नता ?

  •  
  • २०८१ श्रावण ३, बिहीबार ०८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजनामा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको आरोपलाई इरानले खण्डन गरेको छ । ट्रम्पको हत्या योजनामा ईरानी योजना रहेको आरोप लागि रहेकै बेला गतहप्ता एक चुनावी सभामा संबोधन गरिहेको बेला गोली प्रहार भएपछि सो योजनाका बारेमा आएका समाचार गलत भएको ईरानले जनाएको छ । ट्रम्पमाथी हत्या प्रयास स्वरुप भएको आक्रमण अगावै सुरक्षा संयन्त्रले हत्याको पैयास भैरहेको भन्दै सजकता अपनाई सकेको बताइएको छ । अमेरिकी टेलिभिजन संस्था सिएनएनले मंगलबार अज्ञात अमेरिकी अधिकारीलाई उल्लेख गर्दै ट्रम्पविरुद्ध इरानले आक्रमणको योजना बनाइरहेको केही हप्ताअघि गुप्त सूचना प्राप्त भएको समाचार प्रकाशित गरेको थियो । त्यस सूचनापछि अमेरिकी गुप्तचर निकायले ट्रम्पको सुरक्षा बढाईएको पनि समाचारमा उल्लेख छ । तथापि सुरक्षा बढाउदा पनि ट्रम्पमाथिको शनिबारको आक्रमण भने रोक्न सकिएन ।

    उता अमेरिकी अधिकारीले नै ट्रम्पमाथि इरानी जोखिम रहेको भए पनि हालसम्मको अनुसन्धानले शनिबारको आक्रमण २० वर्षिय बन्दूकधारीले एक्लै गरेको देखिएको बताएका छन् । शनिबारको आक्रमणमा पूर्वराष्ट्रपति ट्रम्पको कान छोएर गोली गएको थियो भने उनको सभामा सहभागी एक समर्थक मारिएका छन् । जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए ।

    सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा ‘रिभोलुसनरी गार्ड्स’का कमान्डर कासिम सुलेमानीको हत्या भएपछि तेहरानले त्यसको बदला लिने धम्की दिएको थियो । त्यति वेला सो धम्कीलाई अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले गम्भीरतापूर्वक लिएको बताइएको थियो । इरानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले उक्त आरोप अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ । ‘ट्रम्पविरुद्ध हालै भएको आक्रमणमा इरानको कुनै पनि संलग्नताको आरोपलाई हामी कठोरतापूर्वक अस्वीकार गर्छौं । तर, ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्दा चलाउन भने इरान कटिबद्ध छ,’ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताएका छन ।

    Post Views: 181
    प्रकाशित मिति: २०८१ श्रावण ३, बिहीबार ०८:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.