• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द ! टिकटको मुल्य आकासियो

  •  
  • २०८१ मंसिर ५, बुधबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशको एक मात्र चालु हालतमा रहेको राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द छ भन्दा कतिपयलाई विश्वास नलाग्न सक्दछ । हो, अहिले तपाई वा तपाई कोही आफन्तहरु विदेशबाट नेपाल आउँदै वा जाँदैै छन भने टिकटको मुल्य हेर्नुस कति आकासिएको छ । कारण नयाँ बर्ष वा क्रिशमसको नाममा मात्रै होईन, नेपाल जाने सबै समयको टिकट किन्न सक्ने अवस्थामा छैन । एक मात्र कारण हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुनु । मर्मतका नाममा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ । विगतमा विमानस्थल मर्मतका लागि पनि ५, ६ घण्टाभन्दा बढी बन्द भएको ईतिहास नै छैन । तर यो सरकार पर्यटक आउने सिजनमा कसको स्वार्थमा प्रतिदिन १० घण्टा एयरपोर्ट बन्द गराएर कस्को लागि काम गरिरहेको छ ? एउटा चालु हालतको विमानस्थल त्यो पनि १० घण्टा बन्द हुने भएपछि यतिखेर त्यसको फाईदा नेपाल जाने उडानहरु भारत केन्द्रित भएका छन । सयौका कारण नेपाल जाने चाहाना भएकाहरु नेपाली हुन वा पर्यटकले आफ्नो गन्तव्य बदल्न थालेका छन । यसबाट मुलुकको राजस्व उठौतिमा गंभीर असर देखिने निश्चित छ ।

    अझ अचममको कुरा त यो २,४ हप्ताको लागि होईन, यो क्रम ५ महिनासम्म रहने अर्थात चैत्रसम्म जारी रहने बताइएको छ । यसरी एयरपोर्ट बन्द गर्दा देशको पर्यटन क्षेत्रलाई निकै ठुलो घाटा निश्चित छ । यति हामो समय एयरपोर्ट बन्द गर्नमा पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डे, सचिव गणेश पाण्डे र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको नियत के हो ? सम्बन्धित सारोकारवाला निकायले जवाफ दिनु पर्दछ ।

    मर्मतका नाममा त्रिभुवन विमानस्थल बन्द गरे पनि अन्तराष्ट्रिय उडान भर्ने सम्पुर्ण तयारी भएको भैरहवा र पोखरालाई किन पुर्ण रुपमा सन्चालन नगरेको ? त्यसो हुँदा पनि केहि राहात हुनसक्दथ्यो तर यसले गर्दा सर्वसाधारणको लागि विदेशयात्रा कति महँगो भइरहेको छ ? सरकारले जवाफ दिनु पर्दैन ?

    विमानस्थलको रनवे समानान्तर हुने गरी ट्याक्सी–वे तथा एक्जिट ट्याक्सी–वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोन बनाउने गुरुयोजना भएको भनिए पनि अहिले भने ट्याक्सी–वे मर्मत सुधारमात्रै गर्न ठेकेदारसँग सम्झौता गरिएको छ । करिब चार अर्ब रुपैयाँको लगानीमा मर्मत कार्य अघि बढाइएको हो । यात्रुको चाप बढी हवाई उडान कम भएपछि स्वभाविक रुपमा भाडामा वृद्धि हुने हुन्छ र अहिले भई रहेको त्यहि हो । । उडान प्रभावित नहोस् भनेर नागरिक उड्डयन प्राधिकरणले ५,६ घण्टा मात्रै एयरपोर्ट बन्द गर्ने हो भने पनि चाप कम हुने र भाडा दर पनि धेरै फरक पर्ने थिएन । आखिर नेपालमा जे हुन्छ कमिसन र स्वार्थका लागि हुने गरेको छ । आखिर कस्को स्वर्थमा मुलुकलाई यति ठुलो घाटा लगाउँदैछन ? उडान तालिका व्यवस्थापन गर्न नसक्दा सयौ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन । सयौ उडानहरु स्थगित समेत गरिएको एयरलायन्स कम्पनीहरुले जनाएका छन ।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार ०८:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.