राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।

मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाको राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।




