Newyork Time 07:17 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

डा पौडेल ओहायोका लागि वाणिज्यदुत नियूक्त

२०८१ बैशाख ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

465

 

अमेरिकाको ओहायो निवासी डा दामोदर पौडेल ओहायोका लागि वाणिज्यदुतमा नियुक्त भएका छन । नेपाल सरकारको मन्त्रि परिषदले गतहप्ता डा पौडेललाई चार बर्षका लागि नियूक्त गरेको हो । आफ्नो पेशा मेडिकल डाक्टरको माध्यमबाट सामाजिक कार्यमा निकै सक्रिय डा पौडेल नेपाली समुदायकाबीच निकै चर्चित छन । खास गरी कोरोना महामारीका बेला डा पौडेलले देखाएको सक्रियता नेपाली भाषीका लागि अनुकरणीय नै छि । उनले त्यो महामारीका बेला एप नै बनाएर बिरामीका लागि अहोरात्र खटिएका थिए । नियूक्त भएलगत्तै खबरमालासग कुरा गर्दै डा पौडेलले भने पहिला पनि सामाजिक गरेकै हो अब मेरो कामको मुल्यांकन गरेर नेपाल सरकारले जुन जिम्मेवारी दिएको छ कामको मुल्यांकन र थप जिम्मेबार महसुश भएको बताए । डेढ दशकदेखि मेडिकल डाक्टर भएर समाजसेवामा होमिएका पौडेल अमेरिकी उपल्लोस्तरका राजनीतिज्ञहरुसंग गहिरो सम्बन्ध भएका थोरै नेपालीहरुमध्येमा पर्दछन ।

डा पौडेलसहित अमेरिकामा सक्रिय महावाण्ज्यिदुतको सख्या ६ पुगेको छ । यस अघि नै वासिंटन स्टेट सियाटलका लागि एसी शेर्पा, क्यालिफोनियाका लागि ऋषि ढकाल, मेरिल्याण्डका लागि प्रेम राजा महत, सिकागोका लागि मार्विन बुष्टिन र मेरी क्यारोल रहेका छन । यसरी वाणिज्यदुत नियूक्ति गर्दा नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा नेपालीको बसोवासको अवस्था हेरेर हरेक स्टेट वा ठुला शहरका लागि नियूक्त गर्न सक्नेछन ।