Newyork Time 10:10 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सुवेदी नियूक्त

२०८१ बैशाख १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

160

 

लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा काम कारबाही ठप्प हुँदै आएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । नेपालको कुटनीतिक थिंक ट्यांकका रूपमा विकास गरिएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी नियुक्त भएका छन्। सुवेदीलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको बताइएको छ । परराष्ट्र मन्त्रालयमा अधिकृतबाट सेवा सुरु गरेका सुवेदी प्रतिष्ठानको १० औँ कार्यकारी निर्देशक हुन्। दुई वर्षअघि सेवा निवृत्त भएका सुवेदी भियानास्थित नेपालको राष्ट्रसंघीय नियोगका लागि स्थायी प्रतिनिधिसमेत कार्यरत थिए ।
नेपालको कुटनीतिक मामलामा अध्ययन अनुसन्धान र तालिम दिनका लागि विसं २०५० सालमा स्थापित प्रतिष्ठान सधै राजनीतिक हस्तक्षेपका कारण चलायमान हुन सकेको छैन ।