• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनमाथी एकपछि अर्को धक्काः ट्रेजरी डिपार्टमेन्ट रेकर्ड हेर्न नपाउने अदालतको आदेश

  •  
  • २०८१ माघ २८, सोमबार ०३:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको नेतृत्त्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा रहेका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटा पहुँच गर्नबाट अदालतले रोक लगाएको छ । ट्रम्प प्रशासनले गरेको केहि कामहरुमाथी एक पछि अर्को गर्दै अदालतले रोक लगाउँदै आएको छ हो । अमेरिकाका जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई पहुँचमा प्रतिबन्ध लगाउनुका साथै रेकर्डका प्रतिलिपि नष्ट गर्न पनि आदेश दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

    मस्क नेतृत्त्वको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकको अतिगोप्य व्यक्तिगत वित्तीय डेटामा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दाउपर एन्जलमेयर सरकारी दक्षता विभागलाई पहुँच नदिन प्रारम्भिक आदेश दिएका हुन् ।

    एन्जलमेयरले फेब्रुअरी १४ का लागि सुनुवाई तोकेका छन् ।

    मस्कको नेतृत्वमा लागत घटाउने पहल डोगेलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेपछि यो कदम आएको हो। महान्यायाधिवक्ताले मस्क विशेष सरकारी कर्मचारी नभएको र विभाग पनि आधिकारिक नभएकाले संघीय कानुनको उलंघन गरेको तर्क गरेका थिए ।

    अदालतले पहुँचमा प्रतिबन्ध लगाएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ‘पागलपन’को संज्ञा दिँदै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘पृथ्वीमा हामीले पैसा कसरी खर्च हुन्छ भनेर नहेरी करदाताको पैसाको ठगी र बर्बादीलाई कसरी रोक्ने रु’

    Post Views: 190
    प्रकाशित मिति: २०८१ माघ २८, सोमबार ०३:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.