• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका ४ लाख ७० हजार भन्दा बढी आप्रवासी मेक्सिकोमा अलपत्र

  •  
  • २०८१ फाल्गुन १, बिहीबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनवरीको अन्तिम साताको तुलनामा फेब्रुअरी पहिलो साता झन शान्त छ अमेरिका र मेक्सिकन बोर्डर क्षेत्र । अरु बेला हजारौ आप्रवासीको लाईन र हुलमुल हुने क्षेत्रमा यतिखेर शान्त र त्रासको वातावरण छ । अमेरिकी सीमा गस्ती एजेन्टहरूले अवैध रूपमा देश प्रवेश गर्न खोज्ने ६ हजारभन्दा बढी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । जुन अघिल्लो हप्ताको १० हजार २८१ पक्राउको तुलनामा ५५% को महत्वपूर्ण गिरावट हो,“ भनी ट्रम्प प्रशासनद्वारा नव नियुक्त सीमा गस्ती प्रमुख माइकल बैंक्सले बताएका छन । यदि यो दर एक महिनासम्म निरन्तर रहँदा प्रतिमहिना २० हजार भन्दा बढी हुन आउँछ । त्यो सख्या सिमामा आएर अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरुको मात्रै हो । अरु बेला सुरक्षाकर्मीले नाम टिपाएर शरणार्थीको विल्ला भिराएर अमेरिकातर्फ पठाउँथ्यो भने ट्रम्प प्रशासनले पक्राउ गर्दै सिधै सेनाको प्लेनबाट डिर्पोट हुन थाले पछि सिमा क्षेत्र शान्त बन्दै गएको हो । डोनाल्ड ट्रम्पले पदभार सम्हालेको एक हप्तामा, गृह सुरक्षा विभागले ९ हजार ३०० जनालाई देश निकाला गरेको रिपोर्ट दियो । यति हुँदा पनि ट्रम्प प्रशासन पक्राउ र डिर्पोटको सख्यासंग सन्तुष्ट छैनन ।

    ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिहरूले अमेरिका–मेक्सिको सीमामा तीव्र रूपमा मानवीय संकट उत्पन्न छ । नयाँ सरकारले कार्यभार सम्हालेसंगै शरणको लागि पूर्वनिर्धारित अपोइन्टमेन्ट भएका आप्रवासीहरू अलपत्र परेका छन् । जसले धेरैलाई असुरक्षित परिस्थितिमा धकेलेको छ । पछिल्ला दिनमा सिमा क्षेत्र नोगालेस, सोनोरामा कठिन जिवन बिताएका आप्रवासीहरु फर्केर जाने की त्यहि बस्ने भन्दै अभावमा बाँची रहेका छन ।

    सिमा क्षेत्रमा आईपुगेपछि एपमा दर्ता भएका करिब २ लाख ७० हजार व्यक्ति मेक्सिकोमै अलपत्र परेका छन् । अरु २ लाख भन्दा बढी मेक्सिकोबाट हिडेर अमेरिकातर्फ आईरहेको हुन सक्ने आंकलन छ । अचम्मको कुरा त यस्तो कडाईको समाचारहरु आई रहँदा पनि ग्वाटेमाला, इृक्वेडर, भेनेजुयला, होन्डुरसतिरबाट मेक्सिको हुँदै अमेरिका जानेहरु केहि कमी आए पनि रोकिएको छैन । मेक्सिकोमा आई पुगेकाहरु एक दिन अमेरिका पुगिन्छ भन्दै ज्यान बचाउने दैनिकीमा लागेको मानव अधिकार कर्मी संघसस्था र सन्चार माध्यमहरुले जनाएका छन ।

    मेक्सिकी आप्रवासन अधिकारीहरू र मेक्सिकोको नेशनल गार्डले निर्वासित व्यक्तिहरूलाई जबरजस्ती दुई विशिष्ट आश्रय केन्द्रहरूमा लैजाने गरेका छन् । गैर–मेक्सिकी नागरिकहरूलाई नोगालेसबाट १८० माइल दक्षिणमा पर्ने सोनोराको राजधानी हर्मोसिलोमा लगिन्छ, त्यसपछि १,८०० माइल टाढा मेक्सिकोको दक्षिणी सीमासम्म सारिन्छ ।
    सिमा क्षेत्रमा पुगेपछि जसरी पनि अमेरिका छिर्ने झिनो आसमा रहेका हजारौ आप्रवासीको फरक फरक पीडा रहेका छन । कोही तालिबानको यातनाबाट बच्न भागेकाहरु, कोही आतंकवादीबाट बच्न भागेकाहरु, कोही आफन्त सबैको अपहरण भएपछि भागेकाहरु छन । त्यसरी सिमामा अझै झिनो आसा लिएर बसेकाहरुले नोगालेसमा आप्रवासीहरू संगठित अपराध, फिरौती, र सरकारी अधिकारीहरूद्वारा हुने मानव अधिकार हनन जस्ता चरम जोखिमहरू सामना गरिरहेका छन् ।

    सिमामा पुगेका ६८% व्यक्तिहरूले आफ्नो मुलुक छोड्नुको कारण हिंसा भएको बताएका छन् । तिनमध्ये कम्तीमा ३०% मेक्सिकी नागरिक नै छन्, जो अहिले उनीहरू भागेका देशमै अलपत्र परेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकी वस्तुहरूमा ट्यारिफ लगाउने चेतावनी दिएपछि, मेक्सिको सरकारले १० हजार नेशनल गार्ड सदस्यहरूलाई अमेरिकी सीमाक्षेत्रमा तैनाथ शुरु गरिएको छ । सीमामा पुग्ने आप्रवासीहरूको निकै घट्दै गएको छ, किनकि अहिले शरणको अधिकार प्रयोग गर्न असम्भव छ ।

    ट्रम्प प्रशासनले २१ सय सक्रिय सैनिकहरूलाई सीमामा खटाएको छ । नयाँ रक्षा सचिवले सीमाको भ्रमण गरेपछि सैन्य निर्वासन उडानहरू जारी छन् । पहिलो पक्राउ परेका आप्रवासीहरू ग्वान्टानामोमा पठाइएका छन । दुई सैन्य विमानमार्फत भेनिजुएलाको संगठित अपराध समूहसँग सम्बन्धित करिब दुई दर्जन आप्रवासीहरूलाई क्युबाको ग्वान्टानामो बेस्थित हिरासत केन्द्रमा पठाइएको छ ।

    राष्ट्रपति ट्रम्प भने गिरफ्तारी दरसँग असन्तुष्ट देखिएका छन् र एजेन्सीलाई थप कारबाही गर्न दवाव दिइरहेका छन् । वाशिंगटन पोस्टका अनुसार, जनवरी २५ मा प्रति दिन ७५ पक्राउ गर्नुपर्ने लक्ष्य तोकिएको छ—जुन प्रति दिन १,८७५ गिरफ्तारी हुन आउँछ । यसको परिणामस्वरूप, कुनै आपराधिक रेकर्ड नभएका आप्रवासीहरूको व्यापक गिरफ्तारी बढ्ने सम्भावना रहेको छ ।

    एता टेक्सासका गभर्नर ग्रेग एबटले ट्रम्प प्रशासनलाई हिराशत बनाउन हजारौ एकड जग्गा नै उपलब्ध गराएका छन र सिमामा कडाई गर्ने नयाँ कानुन जारी गरेका छन । जनवरी २९ मा कार्यकारी आदेश जारी गर्दै राज्य निकायहरूलाई संघीय आप्रवासन तथा सीमा कानून प्रवर्तनसँग पूर्ण रूपमा सहकार्य गर्न निर्देशन दिए । उनले टेक्सासको सार्वजनिक सुरक्षा विभागलाई “युद्ध रणनीति अपनाउने टोली“ सक्रिय गर्न आदेश दिएका छन जसले गिरफ्तारी वारन्ट भएका गैरकानुनी आप्रवासीहरू पक्राउ गर्नेछ ।
    एता भेनेजुएली आप्रवासीहरूको अस्थायी सुरक्षा स्थिति टिपिएस खारेज गरिएको छ । लगभग ३ लाख ५० हजार भेनेजुएली आप्रवासीहरू अप्रिलपछि अमेरिका बस्ने र काम गर्ने अवसर गुमाउनेछन् । उता टेक्सासले सीमा सुरक्षाका लागि राज्यले खर्च गरेको ४११ अर्ब केन्द्रिय सरकारबाट फिर्ता माग गरेको छ । अब टेक्सास नेशनल गार्डका सदस्यहरूको तर्फबाट आप्रवासीहरू पक्राउ गर्न सक्नेछन् ।

    Post Views: 186
    प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहीबार ०७:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.