• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बर्षेनी ५५ हजार अमेरिका आउने डिभी २०२६ देखि अनिश्चित !

  •  
  • २०८१ फाल्गुन ६, मंगलवार १०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस बर्षको डाइभर्सिटी आप्रवासी भिसा (डिभी) पाएका अमेरिका आएपनि अर्को बर्ष अर्थात २०२६ बाट अमेरिका आउने बाटो संभवत बन्द हुने निश्चित छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम रद्द गर्ने प्रक्रिया अनुसार संसदमा विधेयक पुगेको छ ।

    संयुक्त राज्य अमेरिका विदेश मन्त्रालयले प्रत्येक वर्ष कानुनीरूपमा सिर्जना गरिएको डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम सञ्चालन गर्छ र जसबाछ बर्षेनी ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिएर अमेरिका भित्र्याउने गर्दै आएको थियो । अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २०३(क) अनुसार, ती देशहरूका आवेदकहरूलाई “डाइभर्सिटी आप्रवासी“ को रूपमा आप्रवासन अवसर प्रदान गरिन्छ, जहाँबाट ऐतिहासिक रूपमा अमेरिकामा कम आप्रवासन दर देखिएको छ ।

    यदि ट्रम्प प्रशासनले नरोकेको खण्डमा आर्थिक वर्ष २०२६ का लागि ५५ डाइभर्सिटी भिसा उपलब्ध गराइनेछ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् । युएस कंग्रेसमा हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले सुरक्षा र निष्पक्षता सम्वद्र्धन अमेरिका ऐन ( द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका २०२५ ) दर्ता गराएका हुन् । फेब्रुअरी १२ मा दर्ता गरिएको ऐनमा डाइभरसिटी भिसा खारेज गर्ने स्पष्ट उल्लेख छ । अध्यागमन ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डीभी कार्यक्रममार्फत् प्रत्येक वर्ष करिब ५५ हजार अमेरिका आउने गरेका छन् ।

    २०२६ कार्यक्रमका लागि बंगलादेश, ब्राजिल, क्यानडा,हङकङ, कोलम्बिया, क्युबा, डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, हेइटी, होन्डुरास,भारत, जमैका, मेक्सिका,े नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण कोरियाबाट ५० हजार कोटा पुगेकाले यी देशबाट डिभी भर्न पाईने छैन । सन् १९९५ देखि नेपाल समेत डीभी कार्यक्रममा समावेश हुँदै आएको छ।

    विश्वभरीका विभिन्न रिजन अनुसारका अफ्रिकाका ५० देश र एसियाका ३१ देशहरुले सन् २०२६ को डिभी भर्न पाउनेछन यदि बन्द भएन भने । जसमा एसियामा नेपाल सहित ३१ देशहरु रहेका छन । कोलिन्सले ल्याएको बिललाई हाउसमा टेनिसी राज्यको पाचौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने  रिपब्लिकन पार्टीका नेता एन्डी अगलेस, टेक्सस राज्यको २६ औं कंग्रेसनल जिल्लावाट प्रतिनिधित्व गर्ने ब्रान्डन गिल र फ्लोरिडा राज्यको आठौं कंग्रेसनल डिष्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने माइक हरिडोपोलोसले समर्थन गरिसकेका छन् ।

     

    Post Views: 177
    प्रकाशित मिति: २०८१ फाल्गुन ६, मंगलवार १०:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.