• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनद्धारा अमेरिकामा धेरै विदेशी विधार्थी रहेका ६० कलेजहरूलाई ‘कारबाही’ को चेतावनी

  •  
  • २०८१ फाल्गुन २८, बुधबार ०५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी शिक्षा विभागको नागरिक अधिकार कार्यालयले सोमबार ६० कलेज र विश्वविद्यालयलाई आन्दोलन रोक्न चेतावनी दिएको छ । ती कलेजहरुमा यहुदी विरोधी दुव्र्यवहार र भेदभावका आरोपहरूमा “कारबाही“ को सामना गर्ने बताइएको छ । यो चेतावनी डोनाल्ड ट्रम्पको दोस्रो राष्ट्रपतिकालमा कोलम्बिया विश्वविद्यालयलाई प्रदान गरिएको ४०० मिलियन डलरको वित्तीय सहायता रद्द गरिएको र प्रख्यात प्यालेस्टिनी अभियन्ता महमुद खलिललाई पक्राउ गरिएको केही दिनपछि आएको हो । खलिल हालै कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेका थिए र गत वर्ष विश्वविद्यालयमा आयोजित प्रोप्यालेस्टाइन प्रदर्शनहरू नेतृत्व गरेका थिए । जसका कारण उनी हाल हिरासतमा छन भने सरकारले डिर्पोर्ट गर्ने जनाएको छ ।

    सोमबार ६० उच्च शिक्षण संस्थाहरूलाई पठाइएका पत्रहरूमा, संघीय शिक्षा विभागको नागरिक अधिकार कार्यालयले सबै विद्यालयहरू यहुदी विरोधी दुव्र्यवहार र भेदभावसँग सम्बन्धित आरोपहरूको छानबिनको दायरामा रहेको भन्दै चेतावनी दिएको हो । शिक्षा विभागको एक विज्ञप्तिमा उल्लेख गरिएको छ कि यी चेतावनीहरू संघीय नागरिक अधिकार ऐनको टाइटल कार्यान्वयन गर्ने एजेन्सीको अधिकार अन्तर्गत पठाइएको हो । यो ऐनले संघीय कोष प्राप्त गर्ने कुनै पनि संस्थालाई जाति, रंग, वा राष्ट्रिय उत्पत्तिको आधारमा भेदभाव गर्न निषेध गर्दछ ।

    यी पत्रहरू जनवरीमा पदभार सम्हालेपछि ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशबाट उत्पन्न भएका हुन्, जसको उद्देश्य “यहुदी विरोधी भावनासँग लड्नु“ रहेको बताइएको छ । सो आदेशसँग सम्बन्धित एक तथ्य पत्रमा प्रोप्यालेस्टाइन प्रदर्शनहरूमा संलग्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पक्रमउ गर्दै देश निकाला गर्ने प्रस्ताव गरिएको छ । सोमबार जारी गरिएको एक विज्ञप्तिमा शिक्षा सचिव लिन्डा म्याकमाहोनले भनिन् कि उनको विभाग “गहिरो निराश” भएको छ, किनभने अमेरिकी प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्ने यहुदी विद्यार्थीहरूले निरन्तर यहुदी विरोधी घटनाका कारण अझै पनि आफ्नो सुरक्षाको लागि डर मान्नुपरेको छ । यी घटनाहरूले एक वर्षभन्दा बढी समयदेखि क्याम्पस जीवनलाई गम्भीर रूपमा अवरुद्ध गरिरहेका छन् ।

    हालै, ट्रम्पले “अवैध प्रदर्शनहरू“ लाई अनुमति दिने कुनै पनि कलेज वा विद्यालयको सम्पूर्ण संघीय कोष रोक्ने धम्की दिएका दिंदै आन्दोलनका सहभागी र उक्साउनेहरूलाई जेल हाल्ने वाचा गरेका थिए । केहि दिनपछि नै प्रशासनले कोलम्बिया विश्वविद्यालयलाई दिइएको ४०० मिलियन डलरको संघीय अनुदान र सम्झौताहरू रद्द गर्ने घोषणा ग¥यो । प्रशासनले विश्वविद्यालयलाई यहुदी विरोधी दुव्र्यवहारबाट विद्यार्थीहरूलाई जोगाउन बारम्बार असफल भएको आरोप लगाएको थियो । कोलम्बिया विश्वविद्यालय गाजामा ईजरायलको युद्धको विरोधमा भएको क्याम्पस प्रदर्शनहरूको केन्द्रविन्दु रहेको छ । गत वसन्त ऋतुदेखि अमेरिका र अन्तर्राष्ट्रिय स्तरमा यस्ता प्रदर्शनहरू भड्किएका थिए । कोलम्बियामा भएका यस्ता प्रदर्शनहरूले ठूलो संख्यामा पक्राउ, निलम्बन, र विश्वविद्यालयका तत्कालीन अध्यक्षको राजीनामासम्मको स्थिति सिर्जना गरेको थियो । यी ६० कलेजहरु प्राय धेरै अन्तराष्ट्र्रिय विधार्थीहरु अध्धयन गर्दै आएका थिए ।

    Post Views: 165
    प्रकाशित मिति: २०८१ फाल्गुन २८, बुधबार ०५:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.