• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युक्रेन ३० दिन युद्धविराम गर्न तयार: अमेरिकाले सहायता जारी राख्ने , रुस सहमत होला ?

  •  
  • २०८१ फाल्गुन २८, बुधबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो ।

    ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए ।

    सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो । साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अब यहि प्रस्ताव रुससमक्ष पेस गर्ने बताएका छन् र अब निर्णय लिनुपर्ने जिम्मेवारी रुसी पक्षसँग रहेको उनले बताए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो सकारात्मक प्रस्तावमा सहमत गराउन अब अमेरिकामाथि जिम्मेवारी रहेको बताए। मंगलबार जेद्दामा भएको वार्ता दुई देशबीचको पहिलो आधिकारिक भेटघाट थियो, जसअघि ओभल अफिसमा राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच असाधारण विवाद भएपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग सहित गुप्तचर तथा स्याटेलाइट डाटाहरुबाट समेत युक्रेनलाई बन्चित गरेको थियो। संयुक्त वक्तव्यमा अमेरिकाले युक्रेनसँगको गुप्तचर जानकारी साझा गर्ने र सुरक्षा सहायता पुनः सुरु गर्ने घोषणा गरेको छ। ‘दुवै पक्षबिच आफ्ना वार्ता टोली गठन गरेर युक्रेनको दीर्घकालीन सुरक्षालाई सुनिश्चित गर्ने स्थायी शान्ति वार्ता तत्काल सुरु गर्न सहमति भएको छ।’ अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। जेद्दामा मंगलबार अबेर आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसले यो प्रस्ताव स्वीकार गर्ने आशा व्यक्त गरे। उनले भने ‘युक्रेन लडाइँ रोक्न र वार्ता सुरु गर्न तयार छ।’ उनले भने। ‘यदि रुसले यो प्रस्ताव अस्वीकार गर्योँ भने, शान्तिका लागि बाधा कहाँ छ भन्ने स्पष्ट हुने छ।’ ३० दिनको युद्धविरामको प्रस्ताव राष्ट्रपति जेलेन्स्कीको समुद्र र आकाशमा आंशिक युद्धविरामको प्रस्तावभन्दा व्यापक रहेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेद्दामा भएको वार्ता परिणाममुखी भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। एक भिडियो सन्देशमा, जेलेन्स्कीले रुसले अब ‘युद्ध रोक्ने इच्छा देखाउने कि निरन्तर लडाइँ जारी राख्ने’ भन्ने स्पष्ट पार्नुपर्ने बताए। ‘असली सत्य देखाउने समय आइसकेको छ।’ उनले थपे।

    Post Views: 141
    प्रकाशित मिति: २०८१ फाल्गुन २८, बुधबार ०८:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ५. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.