• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोनिया अदालतबाट ट्रम्प प्रशासनद्धारा निस्कासित कर्मचारी पूर्नस्थापित गर्न आदेश

  •  
  • २०८१ चैत्र १, शुक्रबार ०२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यालिफोर्नियाको एक संघीय न्यायाधीशले अमेरिकी संघीय कर्मचारी संघद्वारा दायर गरिएको मुद्दामा संघीय निकायहरूमा निष्कासित हजारौं परीक्षात्मक कर्मचारीहरूलाई पुनः बहाल गर्न प्रारंिभक आदेश जारी गरेका छन् । क्यालिफोर्नियाको उत्तरी जिल्ला लागि अमेरिकी जिल्ला अदालतका न्यायाधीश विलियम एच अल्सपद्वारा दिइएको यो निर्णय रक्षा विभाग, पूर्व सैनिक मामिला विभाग, कृषि विभाग, ऊर्जा विभाग, आन्तरिक विभाग, र कोष विभागका निष्कासित परिक्षणकालमा रहेका कर्मचारीहरूमा लागू हुनेछ ।

    कम्तीमा ३०,००० संघीय कर्मचारीहरूलाई सरकारी दक्षता विभागको संघीय कार्यबल तथा सरकारी खर्च कटौती गर्ने प्रयासअन्तर्गत निष्कासन गरिएको थियो । धेरै कर्मचारीहरूलाई कमजोर प्रदर्शनको कारण देखाउँदै निष्कासन गरिएको थियो, यद्यपि श्रमिकहरूले सकारात्मक कार्य मूल्याङ्कनलाई आधार बनाई यो दाबी विवादित भएको भन्दै न्यायधिषले कार्यन्वयन नगर्न भन्दै आदेश दिएको हो । न्यायाधीश अल्सपले निष्कासित कर्मचारीहरूको काम गर्ने क्षमता कमजोर रहेको भन्ने कुरा “झूट“ भएको आदेशको क्रममा बताएका छन् ।

    “हाम्रो सरकारले कुनै राम्रो कर्मचारीलाई निष्कासन गरी प्रदर्शनको आधारमा गरिएको दाबी गरोस्, जबकि तिनीहरूलाई राम्रोसँग थाहा छ कि यो झूट हो—यो एक दुःखद दिन हो,“ अल्सपले बिहीबार अदालतमा भनेका छन । न्यायाधीशले कर्मचारी व्यवस्थापन कार्यालयलाई संघीय निकायहरूमा कुन कर्मचारीलाई निष्कासन गर्ने भन्ने बारे कुनै निर्देशन दिन निषेध गरेका छन् । उनले प्रमाण संकलनको अनुमति दिँदै निष्कासित कर्मचारीहरूले आफ्नो निष्कासनको पुनरावलोकनका लागि प्रशासनिक प्रक्रिया उपलब्ध छ वा अपिल बोर्ड र विशेष सल्लाहकार कार्यालयमा भएका निष्कासनहरूका कारण नष्ट भएको छ भन्ने विषयमा थप विवरण माग गरेका छन् ।

    न्यायाधीश अल्सपको आदेशबाट अवैधानिक रूपमा निष्कासन गरिएका दशौं हजार परीक्षात्मक संघीय कर्मचारीहरूलाई तुरुन्त पुनः बहाल भएका छन । यो प्रशासन संघीय निकायहरूलाई कमजोर पार्न र अमेरिकी जनताको सेवामा बाधा पु¥याउन कटिबद्ध थियो,“ संघका राष्ट्रिय अध्यक्ष एभरट केलीले एक विज्ञप्तिमा बताएका छन ।
    न्यायाधीशको आदेश आउनुअघि, अमेरिकी न्याय विभागले कर्मचारी व्यवस्थापन कार्यालयका कार्यवाहक प्रमुख चाल्र्स इजेललाई अदालतमा निष्कासनसम्बन्धी साक्षी दिन उपस्थित गराउने अनुरोध अस्वीकार गरेको थियो ।

    Post Views: 166
    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार ०२:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.