• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा डेमोक्रेटिक पार्टीको लोकप्रियता ईतिहासकै कमजोर, दुवै पार्टीप्रति जनता निराश !

  •  
  • २०८१ चैत्र ४, सोमबार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सीएनएनले आइतबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार डेमोक्रेटिक पार्टीको लोकप्रियता दर हालसम्मकै कमजोर स्तरमा पुगेको देखाएको छ । मार्च ६–९ मा गरिएको सर्वेक्षणले ५४ प्रतिशत अमेरिकी वयस्कले डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा राखेको, २९ प्रतिशतले सकारात्मक धारणा र १६ प्रतिशतले कुनै धारणा व्यक्त नगरेको उल्लेख छ ।

    यो परिवर्तन जनवरीको सुरुवातमा राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुअघि गरिएको सर्वेक्षणको तुलनामा देखिएको हो । त्यसबेला ४८ प्रतिशतले डेमोक्रेट्सप्रति नकारात्मक धारणा राखेका थिए, ३३ प्रतिशतले सकारात्मक धारणा व्यक्त गरेका थिए, र १७ प्रतिशतले कुनै धारणा व्यक्त नगरेको उल्लेख थियो ।
    सन् २०२४ को निर्वाचनअघि, अक्टोबरमा गरिएको दर्ता मतदाताहरूको सर्वेक्षणले ५१ प्रतिशतले डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा राखेका थिए भने ३९ प्रतिशतले सकारात्मक धारणा र १० प्रतिशतले कुनै धारणा व्यक्त गरेका थिएनन । यो हेर्दा क्रमस डेमोक्रेटिक पार्टीप्रति जनताले लोकप्रियता गुमाउँदै गएका छन । अघिल्लो वर्ष, अक्टोबर २०२३ मा, ५० प्रतिशत अमेरिकी वयस्कले डेमोक्रेटिक पार्टीप्रति नकारात्मक धारणा राखेका थिए, ३७ प्रतिशतले सकारात्मक धारणा राखेका थिए, र ११ प्रतिशतले कुनै धारणा व्यक्त गरेका थिएनन ।

    यसैबीच, रिपब्लिकन पार्टीको लोकप्रियता दर भने जनवरीदेखि परिवर्तन भएको छैन । हालको सर्वेक्षणअनुसार ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई सकारात्मक रूपमा हेरेको छ जबकि नकारात्मक धारणा राख्नेहरूको संख्या जनवरीमा ४४ प्रतिशतबाट बढेर मार्चमा ४८ प्रतिशत पुगेको छ । यसबाट के देखिन्छ भने रिपब्लिकन पार्टीको लोकप्रियता दर पनि क्रमश घट्दै गएको छ । अक्टोबर २०२४ मा, ४९ प्रतिशत दर्ता मतदाताले रिपब्लिकन पार्टीप्रति नकारात्मक धारणा व्यक्त गरेका थिए, जबकि ४० प्रतिशतले सकारात्मक धारणा राखेका थिए । अक्टोबर २०२३ मा, ५२ प्रतिशत अमेरिकी वयस्कले रिपब्लिकन पार्टीलाई नकारात्मक रूपमा हेरेका थिए, जबकि ३५ प्रतिशतले सकारात्मक रूपमा हेरेको सर्भेक्षणमा उल्लेख छ ।

    रिपब्लिकन पार्टीको लोकप्रियता सन् २०१७ को सेप्टेम्बरमा सबैभन्दा न्यून थियो, जब ट्रम्पको पहिलो कार्यकालको सुरुवातमा मात्र २९ प्रतिशत जनताले रिपब्लिकन पार्टीप्रति सकारात्मक धारणा राखेका थिए, जबकि ६२ प्रतिशतले नकारात्मक धारणा व्यक्त गरेका थिए ।
    सर्वेक्षणअनुसार, डेमोक्रेटिक पार्टीका सदस्यहरू र तिनका समर्थकहरूले पार्टी र यसको नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् । सर्वेक्षणमा सहभागी डेमोक्रेट्स र डेमोक्रेटिक झुकाव राख्ने स्वतन्त्र समर्थकहरूमध्ये ५२ प्रतिशतले पार्टीको नेतृत्व गलत दिशामा गइरहेको बताएका छन्, जबकि ४८ प्रतिशतले नेतृत्व सही दिशामा अघि बढिरहेको बताएका छन् । यसमा राष्ट्रपति ट्रम्पले गरेको काममा डेमोक्र्याटहरु प्रतिपाद गर्न असफल भएको बताइहेका छन ।

    हाल, ५७ प्रतिशतले डेमोक्रेटिक पार्टीले रिपब्लिकन एजेन्डालाई रोक्न काम गर्नुपर्छ भन्ने मत राखेका छन्, जबकि ४२ प्रतिशतले पार्टीले रिपब्लिकनहरूसँग मिलेर काम गर्नुपर्छ भन्ने विश्वास गरेका छन् । तर, २०१७ को सेप्टेम्बरमा ७४ प्रतिशतले पार्टीले रिपब्लिकनहरूसँग सहकार्य गर्नुपर्ने बताएका थिए भने मात्र २३ प्रतिशतले ट्रम्पको एजेन्डा रोक्न काम गर्नुपर्ने मत राखेका थिए ।

    अर्कोतर्फ एउटा पार्टीप्रति असन्तुष्टि जनाई रहँदा अर्को पर्टाी प्रति पनि सन्तुष्टि व्यक्त गरेका छैनन सयको मतलव जनता दुवै पार्टीप्रति खुसी छैनन । अमेरिकामा दुई पार्टी सिष्टम छ जसका कारण अर्को विकल्प भरपर्दो देखिदैन । पार्टी नै नभएका होईनन तर अरु विश्वास गर्न लायक पार्टी नै नभएको अमेरिकीहरु बताउँछन । राजनीतिक विश्लेशकहरुका अनुसार यसरी दुवै पार्टीप्रति नकारात्मक हुँदै जानु लोकतन्त्रप्रतिको वितृष्णा भन्न थालेका छन ।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार ०६:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.