आफ्नो कयौन निर्देशनात्मक कार्यकारी आदेशहरु कार्यान्वयनमा बाधा पुर्याएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प न्यायधिषहरुमाथी खनिन थालेका छन । ट्रम्पले आफ्नो राजनीतिक शत्रुहरू र आफूले चाहेका कुरा नमान्ने व्यक्तिहरूको प्रतिशोध लिने क्रममा दृढतापूर्वक कदम चालेको बताउन थालिएको छ । बुधबार, ह्वाइट हाउसले अमेरिकी जिल्ला जज जेम्स बोअसबर्गको विरुद्ध आक्रमण तीव्र पारेको छ, जसले ट्रम्पको भेनेजुएलाका ग्यांग सदस्यहरूको निर्वासन प्रयासलाई रोक्नको लागि गरेको प्रयासलाई “अत्यन्त अन्यायपूर्ण बन्चको दुरुपयोग“ भनेर टिप्पणी गरेको छ ।

ठीक त्यहि बेला अमेरिकी सर्वोच्च अदालतका प्रधानन्याधिष जोन रोबट्र्सलेसंघीय जजहरूको महाअभियोगको आह्वानको विरोधमा एक आलोचना जारी गरे । संघीय जजहरू अमेरिकी अदालत प्रणालीका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमा पर्छन् र उनका अदालत कक्षहरू प्रायः देशको सर्वोच्च अदालतमा मुद्दा जानु अघि अन्तिम स्टप हुन्छ ,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आपराधिक समूह सदस्य भनेर देश निकाला गरिएका सयौं आप्रवासीको मुद्दा हेरिरहेका संघीय न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीश जोन रोबट्र्सले त्यसको निन्दा गरेका छन् । अमेरिकाको संघीय अदालत अन्तर्गतको वासिङ्गटन डिसीमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश जेम्स बोजबर्गले १४ दिनका लागि उनीहरूलाई देश निकाला नगर्नु भन्ने अस्थायी आदेश गरे पनि ट्रम्प सरकारले उनीहरूलाई निकालेको थियो । ट्रम्प सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश जेम्स बोजबर्गले त्यसबारे जबाफ मागेका छन् ।
बोजबर्गलाई रिपब्लिकन पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले २००२ मा डिसी सुपरियर कोर्टमा न्यायाधीश नियुक्त गरेका थिए । उनलाई सन् २०११ मा डेमोक्रयाटिक पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपति बाराक ओबामाले वासिङ्गटन डिसीमा रहेको जिल्ला अदालतमा बढुवा गरेका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोजबर्गलाई महाभियोग लगाउने पर्ने भनेका थिए । बोजबर्गलाई नियतवश निहुँ खोज्ने र कट्टर वामपन्थी बौलाहा भन्दै उनलाई ‘बाराक हुसेन ओबामा’ले नियुक्त गरेको भने । मतदाताहरूले मैले जे गरूँ भनेर चाहेका थिए, मैले त्यही गरिरहेको छु । मलाई अदालतमा हाजिर गराउने धेरै बेइमान न्यायाधीशहरूजस्तै यी न्यायाधीशलाई महाभियोग लगाइनुपर्छ,’ ट्रम्पले बोजबर्ग विरूद्धको पोस्टमा लेखेका थिए ।
त्यसमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश जोन रोबट्र्सले मंगलबार विज्ञप्ति निकालेर महाभियोग लगाउने मागको निन्दा गरेका छन् । अदालतहरूलाई परम्परागत मुद्दा प्रणालीमार्फत् कानुनी विवादहरू समाधान गर्न छोडिनुपर्छ भनेर रोबट्र्सले भनेका छन् ।
ट्रम्पले पहिलो कार्यकालमा सन् २०१८ मा आप्रवासनसम्बन्धी अर्को मुद्दामा फैसला गर्ने न्यायाधीशलाई ’ओबामा न्यायाधीश’ भनेर आक्रमण गरेपछि पनि प्रधानन्यायाधीश रोबट्र्सले अदालतको बचाउमा विज्ञप्ति निकालेका हुन । ’हामीसँग ओबामा न्यायाधीश वा ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीश कोही छैनन् । हामीसँग समर्पित न्यायाधीशहरूको असाधारण समूह छ, जो आफू समक्ष आएकाहरूलाई समान न्याय दिन आफूले सकेसम्म प्रयास गरिरहेका हुन्छन्,’ रोबट्र्सले त्यतिबेला भनेका थिए ।
फेडेरल जुडिसियल सेन्टरका अनुसार, सन् १७८९ यता अमेरिकामा अहिलेसम्म १५ जना न्यायाधीशमाथि महाभियोग लगाइएको छ, जसमध्ये आठ जना दोषी ठहरिएर पदबाट हटाइएका छन् । त्यसरी हटाइएकामध्ये पहिलोलाई सन् १८०४ मा, ’मानसिक अस्थिरता र बेञ्चमा मादक पदार्थ सेवन गरेको’ भनेर हटाइएको थियो ।
अमेरिकी अदालतको २ सय ३६ वर्षको अभ्यास भनेको अदालतका निर्णयलाई सम्मान गर्नु हो वा उच्च अदालतमा अपील गर्नु हो । म संविधानको शक्ति पृथकीकरण र जाँच र सन्तुलनका स्तम्भहरूमा विश्वास गर्छु, प्रधान न्यायधिषले बताएका छन । राष्ट्रपति ट्रम्पले अदालतलाई नै आmत्रमण गर्न थालेपछि न्यायिक सर्वोच्चतामाथी र्नै प्रश्न उठ्न थालेको छ । राजनीतिक दलहरु माथी मनपरी आक्रमणमा उत्रिएका ट्रम्प अब आफुले भने जस्तो नहुँदा अदालतलाई तारो बनाउन थालेका हुन ।
यसैबीच सेन. लिसा मर्कोव्स्की (अलास्का), र अर्को केन्द्रीय रिपब्लिकन नेताले ट्रम्प र शीर्ष सल्लाहकार एलन मस्कका क्रियाकलापहरूको विरुद्ध बोल्न तयार छैनन्, किनकि उनीहरू डराउँछन् कि ट्रम्पको विरोध गर्ने उनले र अरूले सामना गरेका आक्रमणहरूको सामना गर्नुपर्नेछ । तर न्यायिक सर्वोच्चताको सम्मान नगरे मुलुक र लोकतन्त्रमाथी धावा बोलेको ठहर्छ ।
’दुई शताब्दीभन्दा बढी समयदेखि यो स्थापित भएको छ कि न्यायिक निर्णयको सम्बन्धमा असहमतिका लागि महाभियोग उपयुक्त प्रतिक्रिया होइन । त्यस प्रयोजनका लागि पुनरावेदन समीक्षाको सामान्य प्रक्रिया छ,’ रोबट्र्सले सो वक्तव्यमा भनेका छन ।




