डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकाको शिक्षा सचिव, लिण्डा म्याकम्यानलाई शिक्षा विभागलाई खारेज गर्न निर्देशन दिएका छ । कार्यकारी आदेश एक संघीय विभागलाई औपचारिक रूपमा बन्द गर्न कंग्रेसको अनुमोदन आवश्यक पर्ने भए पनि राष्ट्रपतिले कार्यकारी आदेशमार्फत शिक्षा विभाग खारेज गर्ने प्रयास गरेका छन ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा बिहीबार भएको हस्ताक्षर समारोहमा विभागको बजेट पछिल्ला वर्षहरूमा दोब्बर बढेको तर राष्ट्रिय परीक्षण स्कोरहरू नसुधारिएको भन्दै खारेज गर्ने औचित्यमाथी प्रकास पारे । यसो गर्दा सबै राज्यले शिक्षामा गर्ने खर्चहरु दायित्व लिनुपर्ने हुन्छ । संघीय सरकार स्कूलहरूमा पाठ्यक्रम लागू गर्दैन; यो राज्य र स्थानीय सरकारहरूको जिम्मेवारी हो, जसले स्कूलहरूको ९०% को आर्थिक भार ग्रहण गर्दछ ।
यो कार्यकारी आदेश, जुन हप्तौंदेखि अपेक्षित थियो, म्याकम्यानलाई विभागका मुख्य कार्यहरू बन्द गर्नका लागि आवश्यक सबै कदमहरू चाल्न निर्देशन दिइएको छ । ट्रम्पले हस्ताक्षर समारोहमा भने कि उनले आशा गरेका छन् कि म्याकम्यान शिक्षा विभागको अन्तिम सचिव हुनेछन् । “मेरो प्रशासन विभाग बन्द गर्नका लागि सबै कानूनी कदमहरू उठाउनेछ । हामी यसलाई बन्द गर्नेछौं र सकेसम्म छिटो बन्द गर्नेछौं । यसले हामीलाई कुनै फाइदा पुर्याएको छैन,“ ट्रम्पले भनेका छन । हस्ताक्षर कार्यक्रमको समयमा म्याकम्यान पहिलो पंक्तिमा बसेर मुस्कानसहित स्वीकृति जनाउन देखिन्थ्यो ।
शिक्षा विभागको बजेटको ठूलो हिस्सा संघीय अनुदान र ऋण कार्यक्रमहरूले बनाएको छ, जसमा १८.४ बिलियनको कार्यक्रम समावेश छ, जसले उच्च गरिबी भएका विद्यालयहरूलाई फन्डिङ प्रदान गर्दछ र १५.५ बिलियनको कार्यक्रम समावेश छ, जसले अपांगता भएका विद्यार्थीहरूको शिक्षाको खर्च गर्न मद्दत पुर्याउँछ । ह्वाइट हाउसले भनेको छ कि यी कार्यक्रमहरू, साथै १.६ ट्रिलियनको संघीय विद्यार्थी ऋण कार्यक्रम, आदेशबाट प्रभावित हुने छैनन् भनिएको छ । यद्यपि, यो स्पष्ट छैन कि प्रशासनले ती पहलहरू बिना के कस्ता खर्च कटौती गर्न सक्नेछ । यो कदम प्रशासनले शिक्षा विभागको अधिकारलाई कमजोर बनाउनको लागि पहिले नै लिएको निर्णयको पश्चात आएको हो, जसमा एक लडाइँको सुरूवात गरिएको थियो जसले विभागको कामकाजी संख्या लगभग आधा घटाइदिएको थियो र दर्जनौं अनुदान र सम्झौताहरू रद्द गरेको थियो ।
शिक्षा विभागलाई बन्द गर्ने विचार सन् १९८० को दशकमा रिपब्लिकनहरूले नै प्रयास गरेको देखिन्छ, तर, पछिल्ला वर्षहरूमा ट्रम्प समर्थक मूलधारका कार्यकर्ता शिक्षा मापदण्ड र समावेशी नीतिहरूको प्रवद्र्धनलाई लक्षित गर्दै आएका थिए । क्यापिटोल हिलमा डेमोक्र्याटहरूले कार्यकारी आदेशको विरोध गरेका छन् र चेतावनी दिएका छन् कि यसले लाखौं कम आय भएका परिवारहरूलाई जोखिममा पार्न सक्छ, जोे स्कूलहरूमा संघीय अनुदानमा निर्भर छन ।
यो विभाग बन्द गर्दा अमेरिकाको सार्वजनिक विद्यालयका लाखौं बालबालिकाहरू, तिनीहरूको परिवार र मेहनती शिक्षकहरूको लागि हानि हुनेछ । कक्षाको आकार बढ्नेछ, शिक्षकहरू निकालिनेछन्, विशेष शिक्षा कार्यक्रमहरू कटौती गरिनेछन् र कलेज अझ महँगो हुने निश्चित छ । यूएस हाउसका माइनोरिटी लिडर हकीम जेफ्रीसले एक वक्तव्यमा भनेका छन । हाउस डेमोक्र्याटिक ककसको प्रगतिशीलले पनि ट्रम्पको आदेशलाई एक असंवैधानिक प्रयासको रूपमा आलोचना गरेको छ, जसले कंग्रेसको अनुमोदन प्राप्त नगरी आफ्नो राजनीतिक एजेन्डा लागू गर्न खोजिरहेको आरोप लगाएका छन ।
ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशहरूमा जनवरीको अन्त्यमा,स्कूल छनोटको प्रवद्र्धन गर्ने कार्यकारी आदेश, अर्थात सार्वजनिक धनलाई निजी शिक्षा प्रणालीमा प्रयोग गर्ने, विद्यालयहरूबाट वित्त पोषण हटाउने, र “१७७६ आयोग“ पुनः सक्रिय गरे, जसको उद्देश्य “देशभक्ति शिक्षा“ को प्रवर्धन गर्नु हो । पछिल्लो महिना विभागले पुस्तक अनुसन्धानहरू पनि रोकिएका छन ।
खारेजका कारण अमेरिकाका ५० मिलियन सार्वजनिक विद्यालयका विद्यार्थीहरू र तिनीहरूको परिवारहरूका लागि महत्वपूर्ण अनिश्चितता सिर्जना गर्ने बताइएको छ । जो त्यो विभागबाट लाभान्वित थिए । तत्काल विद्यार्थीहरूले आफ्नो दैनिक शैक्षिक अनुभवमा धेरै परिवर्तन नदेख्न सक्छन्, किनकि विद्यालयहरू प्रायः राज्य र स्थानीय नियन्त्रण अन्तर्गत सञ्चालन हुन्छन् र यस वर्षको बजेट पहिले नै सेट भइसकेको छ । यद्यपि, यदि संघीय शिक्षा कार्यक्रमहरूमा परिवर्तन वा कटौती गरियो भने, दीर्घकालीन प्रभावहरू पर्ने निश्चित छ ।
शिक्षा विभाग बन्द गर्दा, विशेष शिक्षा, अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू बढी जो आप्रवासी विधार्थीहरु उनिहरुलाई व्यापक असर गर्नेछ । अपांगता भएका विद्यार्थीहरूको संरक्षण पनि असर गर्ने बताइएको छ । यो विभाग खारेज हुँदा संघीय विद्यार्थी ऋण प्रणालीको लागि ठूलो अनिश्चितता श्रृजना हुनेछ, जसले अहिले लगभग १.६९ ट्रिलियनको ऋण प्रबन्ध गर्दछ र ४३ मिलियनभन्दा बढी अमेरिकनहरूलाई प्रभावित पार्ने अनुमान छ । ह्वाइट हाउसले कार्यकारी आदेशले विद्यार्थी ऋण जस्ता कार्यहरू जारी राख्ने बताएको छ, तर विभागले अनुदान, काम–अध्ययन र ऋण वितरणमा कुनै अवरोध आयो भने, यसले अमेरिकामा १९ मिलियन भन्दा बढी कलेज विद्यार्थीहरूलाई प्रभावित पार्न सक्छ । कार्यकारी आदेशको प्रभाव नयाँ विद्यार्थी ऋण र नयाँ कलेज विद्यार्थीहरूको लागि आर्थिक सहायता प्रक्रियामा अझै अस्पष्ट रहेको विज्ञहरुले जनाएका छन ।




