• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजावादीको प्रदर्शन ‘अराजनीतिक’ भएको सरकारको निष्कर्ष, आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने

  •  
  • २०८१ चैत्र १६, शनिबार ०३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गृहमन्त्री रमेश लेखकले शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन ‘अराजनीतिक’ भएको भन्दै यसलाई आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने बताएका छन्। शुक्रबार राति १० बजे बसेको मन्त्रिपरिषद बैठकपछि सेतोपाटीसँग कुरा गर्दै मन्त्री लेखकले ‘मानिसलाई आगो लगाएर मार्ने घटनालाई राजनीतिक घटनाका रूपमा लिन नसकिने’ बताए।

    ‘पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले आज जे काम गरे, त्यसको राजनीतिक चेतना, सिद्धान्त, आदर्श र मान्यतासँग कुनै सम्बन्ध र साइनो छैन,’ गृहमन्त्री लेखकले भने, ‘यो नितान्त आपराधिक, बर्बरतापूर्ण, अमानवीय र अमर्यादित आपराधिक घटना हो।’ उनले राजावादी समूहले मानिसको सम्पत्ति लुट्ने र घरभित्र मान्छे छ भन्ने थाहा भएकै अवस्थामा आगो लगाउने अमानवीय कार्य गरेको बताए।

    ‘मानिसको सम्पत्ति लुट्ने, घरभित्र मान्छे छ भन्ने थाहा भए पनि आगो लगाइदिने, पोलेर मारिदिने, पार्टी कार्यालय र सञ्चार गृहहरूमा आक्रमण गर्ने काम भएका छन्। यी आपराधिक गतिविधि हुन्। हामी त्यही ढंगले प्रस्तुत हुन्छौं,’ लेखकले भने, ‘यो पूर्णतया आपराधिक घटना हो। यसमा कुनै राजनीतिक विषयको सम्बन्ध छैन। मानिसको घरमा आगो लगाउने काम कसरी राजनीतिक हुन्छ? आगो लगाएर मान्छे मार्ने काम कसरी राजनीतिक हुन्छ? यो आपराधिक कार्य हो।’

    गृहमन्त्री लेखेकले प्रहरीले अनुसन्धानमा देखिएअनुसार थप व्यक्तिहरूमाथि अनुसन्धान गर्ने बताएका छन्।

    सरकारले तीनकुनेको घटनालाई आपराधिक गतिविधिका रूपमा लिने निर्णय गरेसँगै राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबरा, नेता रवीन्द्र मिश्र पक्राउ परेका छन्। तीनकुने घटनामा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिराखेको जनाएको छ।

    त्यस्तै, राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ, शुक्रबार तीनकुनेमा भएको घटनाले हिंसात्मक रूप लिएपछि संयोजक सुवेदीलाई प्रहरीले कुमारीगालस्थित घरमै राखेर निगरानी गरेको हो। शुक्रबारको प्रदर्शनमा बल प्रयोग भएपछि उनी प्रदर्शन स्थलबाट निस्किएका थिए।

    Post Views: 146
    प्रकाशित मिति: २०८१ चैत्र १६, शनिबार ०३:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.