• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपालीद्वारा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनले डेबिट कार्ड ल्यायो

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एभरेस्ट फेडरल क्रेडिट युनियनले गत आज आफ्नो पहिलो डेबिट कार्ड अर्थात् नगद पत्र सार्वजनिक गरेको छ। यो पत्र (कार्ड)ले सदस्यहरूलाई पैसा चलाउनको साथै अझ धेरै सुविधा दिनेछ । यसले नेपाली समुदायका सदस्यहरूको आर्थिक पहुँच बढाउनेछ। यो क्रेडिट युनियनको लागि एउटा ठूलो र महत्त्वपूर्ण पाइला हो।

    एभरेस्ट फेडरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकारी (सीईओ ) सुमन राज तिम्सिना हुन् । उनले छापा विज्ञप्ति जारी गर्दै संक्षिप्त परिचयको साथै महत्वपूर्ण जानकारी छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् । प्रमुख कार्यकारी अधिकारी तिम्सिना सक्रिय सामुदायिक नेता तथा केही संस्थाहरुको नेतृत्व समेत गरि सकेका छन् । उनि नेपाली समुदायको लागि साँच्चै सेवा गर्ने सेवक हुन् । उनले उक्त बिज्ञप्तिमा माउन्ट एभरेस्ट अर्थात् सगरमाथाको सुन्दर चित्र अंकित यो नयाँ डेबिट कार्ड(नगद पत्र) केवल पैसा तिर्ने माध्यम मात्र होइन, यो इएफसियु आफ्नो समुदायप्रति कति समर्पित छ भन्ने कुराको प्रतीक पनि भनि ध्यानाकर्षण गराएका छन् ।

    उनले छापा बिज्ञप्तिमा मै यो डेबिट कार्डको सुरुवात इएफसियुको सदस्यहरूलाई राम्रो बैंकिङ सुविधा दिने निरन्तर प्रयासको महत्त्वपूर्ण हिस्सा हो। यसले सदस्यहरूलाई उनीहरूको बचत वा चेकिङ खाताबाट सजिलै पैसा निकाल्न र दैनिक लेनदेन सरल बनाउन मद्दत गर्छ। अझ राम्रो कुरा इएफसियुको धेरै चमेनागृह , किराना पसल र अन्य व्यवसायहरूसँग मिलेर आफ्ना कार्डवाहकहरूलाई विशेष छुटहरू दिने व्यवस्था पनि गरेको उल्लेख गरिएको छ ।

    इएफसियुको मुख्य उद्देश्य आफ्ना सदस्यहरूको आर्थिक साथी बन्नु हो, जसले उनीहरूको हरेक आवश्यकता पूरा गर्न विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ।

    बिज्ञप्तिमा थप लेखिएको छ ,यस क्रेडिट युनियनमा बचत खाता, चेकिङ खाता, सीडी, आईआरए र विद्यार्थी बचत खाताहरू जस्ता विभिन्न निक्षेप खाताहरू उपलब्ध छन्। यसका ऋण उत्पादनहरू पनि सदस्यहरूलाई उनीहरूको लक्ष्य हासिल गर्न मद्दत पुर्याउनका लागि बनाइएका छन् । इएफसियुमा नयाँ क्रेडिट बनाउन चाहने वा कम क्रेडिट भएका व्यक्तिहरूका लागि ऋण, असुरक्षित र सुरक्षित ऋण, सवारी साधन ऋण, व्यवसाय सुरु गर्ने ऋण र घरको लागि ऋण पनि पर्छन्।

    Post Views: 399
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०८:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.