• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जर्मन सरकारले नेपाललाई चार करोड डलर दिने

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २२, बुधबार २१:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जर्मन सरकारले नेपाललाई चार करोड डलरभन्दा बढी सहयोग गर्ने भएको छ। नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई सम्झौतामा बुधबार  हस्ताक्षर गरिएको हो।

    नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट नेपालका लागि जर्मन राजदूत उडो भोल्जले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने उद्देश्य लिएका छन्। वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले पावर वितरण सुदृढीकरण कार्यक्रमका लागि २० मिलियन युरोसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    उक्त परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभर भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्ने उल्लेख छ।

    यो परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन हुनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता हुने उल्लेख गरिएको छ। सम्झौताको कार्यान्वयन पाँच वर्षभित्र अर्थात छ सेप्टेम्बर दुई हजार तेइससम्म सम्पन्न गरिनुपर्ने व्यवस्था गरिएको छ।

    प्राविधिक सहयोग सम्झौता सन् १९७४ हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित छ।  यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले स्वास्थ्य, कृषि, निजी क्षेत्र विकास र शासन क्षेत्रमा सहयोग पुर्‍याउनेछ।

    स्वास्थ्य क्षेत्रमा राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिको लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई सुदृढ बनाइनेछ।

    कृषि तथा निजी क्षेत्र विकासमा समावेशी र जलवायु प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रम अघि बढाइनेछ। शासन क्षेत्रमा राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ, जसले दिगो विकासमा योगदान पुर्‍याउनेछ।

    साथै अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गरिनेछ। यो सम्झौताको कार्यान्वयन पनि पाँच वर्षभित्र अर्थात छ सेप्टेम्बर २०२३ भित्र सम्पन्न गरिनुपर्ने उल्लेख गरिएको छ।

    अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले जर्मनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताले नेपाल र जर्मनबीचको सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने बताए। उनले यी सम्झौताले समावेशी र दिगो विकासप्रतिको साझा प्रतिबद्धता झल्काएको उल्लेख गरे। जर्मन राजदूत उडो भोल्जले नयाँ प्रतिबद्धताले ऊर्जा, आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र जर्मनबीचको सहकार्यलाई अझ सुदृढ बनाएको बताए।

    Post Views: 185
    प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार २१:४२
    Advertisement
    संबन्धित शिर्षकहरु
    ईरान अमेरिका सहमतिका १४ बुँदा
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. ईरान अमेरिका सहमतिका १४ बुँदा

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.