• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जथाभावी सामाग्री राखेर फेसबुक मोनिटाईजेसनबाट पैसा कमाउनेलाई दुखद खबर, ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन !

  •  खबरमाला संवाददाता
  • २०८२ पुष ६, आईतवार २२:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सामाजिक सन्जाललाई दुरुपयोग गर्दै अकुत पैसा कमाउने कन्टेन्ट क्रियटर वा फेसबुक मोनिटाईजेसनबाट पैसा कामउनेहरुका लागि अब त्यति सजिलो छैन । विश्वव्यापी रुपमा जथाभावी समाचार वा भिडियो हालेर रकम कमाउने कार्य बढेको भन्दै सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन गरेको छ। ‘मनिटाइजेसन’ नीतिमा व्यापक हेरफेर भएपछि नेपाली कन्टेन्ट क्रिएटरहरुका लागि पनि ठुलो धक्का लाग्ने देखिएको छ । पहिलादेखि चल्दै आएका आम्दानीका स्थापित माध्यमलाई बन्द गर्ने र केहीलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएपछि पहिले नै ‘मनिटाइज’ भइसकेका पेजमा समेत आम्दानी घटेको छ। पछिल्लो परिवर्तनपछि भिडियो ‘स्ट्रिमिङ’का बीच–बीचमा आउने विज्ञापन हटेको छ। ‘रिल्स’को तलपट्टि देखिने विज्ञापन कटौती भएको छ।

    पहिलै मनिटाइज भइसकेका पेजहरुमा अहिले ‘कन्टेन्ट मनिटाइजेसन इज लिमिटेड’ भनेर सन्देश देखाइरहेछ। त्यसको कारण पनि नीति परिवर्तन नै हो। यसको अर्थ मनिटाइजेसन रद्द नै भयो भन्ने चाहिँ होइन। यसको मतलव मनिटाईजेसनलाई दुरुपयोग गरिएको कारण परिवर्तन भएको हुनसक्ने बताइएको छ ।

    यसअघि फेसबुकले नेपालमा ‘मनिटाइजेसन सुरु गर्दा क्रिएटरले २८ दिनमा ५ लाख ‘इङ्गेजमेन्ट’ र २ हजारभन्दा बढी फलोअर बनाएपछि ‘मनिटाइजेसन’ निवेदन दिन योग्य मान्ने गरेको थियो। यो सजिलो नीतिका कारण धेरै नेपालीले फेसबुक खाता ‘मनिटाइज’ गर्न सफल भएका थिए। यो नीति अब कडा बनेको छ। मनिटाइजेसनका लागि फलोअर पहिलाभन्दा पाँच गुणा बढी हुनुपर्नेछ। यो अवधिमा अब १० हजार फलोअर आवश्यक पर्नेछ। अर्को चाहिँ ६० दिनमा ६ लाख मिनेटको ुवाच टाइमु पुर्‍याउनु चानचुने कुरा होइन। यसले क्रिएटरलाई धेरै भिडियो हाल्न दवाब बढाएको छ।

    पैसा कमाइको लागि अब ‘भ्युज’ मुख्य कुरा हुने भएको छ। मनिटाइजेसन चाहने नयाँ प्रयोगकर्ताले २८ दिनमा १।५ लाख ‘भ्यूज’ पुर्‍याउनु पर्नेछ। मनिटाइेजसनका लागि ९० दिनको एक्टिभिटी पनि मूल्यांकन हुनेछ। नयाँ नीतिले इङ्गेजमेन्ट भन्दा ुरिचु र ुभ्युजुलाई बढी प्राथमिकता दिएको छ। यसको कारण के हो भने धेरैले ‘लाइक’ बटनमा क्लिक त गर्छन् तर भिडियो वा विज्ञापन पूरा हेर्दैनन्। लामो समय भिडियो नहेरी मेटालाई कुनै फाइदा नहुने भएपछि भ्युजमा कडाइँ गरेको देखिन्छ।

    कन्टेन्टमा ‘रिच’ भनेको तपाइँको सामाग्री ९भिडियो, फोटो वा स्ट्याटस० कति जनाको स्क्रिनमा पुग्यो भन्ने संख्या हो। यसबाट फेसबुकले तपाइँको पेज कति लोकप्रिय छ र कति धेरै प्रयोगकर्तासम्म पुग्छ भनेर मूल्यांकन गर्छ। भिडियोको हकमा ‘रिच’लाई अब ‘भ्युज’सँग जोडेर हेरिनेछ। तपाइँको भिडियो तीन सेकेन्ड मात्र हेर्‍यो भने पनि त्यो एक ‘भ्यु’ वा ‘रिच’मा गणना हुन्छ।

    मेटा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको मातृ कम्पनी हो। यी उत्पादनको नीति उसैले बनाउँछ। सन् २०२५ को अन्त्यमा उसले आफ्नो मुख्य उत्पादनमा परिवर्तन ल्याएको हो।
    फेसबुकमा ‘मनिटाइजेसन’मा गरिएको अर्को महत्वपूर्ण परिवर्तन प्रतिलिपि अधिकारमा हो। नयाँ नीतिले ‘ओरिजिनल कन्टेन्ट’लाई प्राथमिकता दिएको छ। अरुका सामाग्री प्रतिलिपी गरेर आफ्नो बनाउनेमाथि खतराको घण्टी झुन्ड्याइदिएको छ। अरु कसैले युट्युब, टिकटक भिडियो वा फिल्मका ‘क्लिप’ हाल्ने पेज केही दिनयता बन्द हुनुको कारण पनि यही हो।

    ‘इङ्गेजमेन्ट’ बढी देखाउन कन्टेन्ट क्रिएटरले ‘बट्स’ अकाउन्ट वा ‘बट्स’ ग्रुपमा पनि केन्टेन्ट सेयर गर्दै आएका थिए। ुबट्सु भनेको मान्छेले नभई कम्प्युटर प्रोग्राम वा सफ्टवेयरले चलाउने अकाउन्टहरू हुन्। सजिलो भाषामा भन्नुपर्दा, यी ुडिजिटल रोबोटु हुन्। अब फेसबुकले यस्ता गतिविधिमाथि कडा निगरानी गर्नेछ। त्यस्ता पेजहरुलाई ‘लिमिटेड ओरिजिनल’को श्रेणीमा राख्नेछ र बन्द गर्दिनेछ। यसले मौलिक सामाग्री उत्पादकलाई प्रोत्साहन गरेको देखिन्छ। ुअर्ग्यानिकु सामाग्री उत्पादकका लागि साधारण प्रोफायललाई पनि ‘प्रोफेसनल मोडमा स्वीच’ गर्ने विकल्प थप भएको छ।

    यो साता फेसबुक ग्रुप तथा पेजहरुमा तातो छलफल भएको विषय हो( के फेसबुकले मनिटाइजेसन बन्द गर्न लागेको होरु यो अवधिमा केही कन्टेन्ट क्रिएटरका अकाउन्ट बन्द भएपछि क्रिएटरहरुबीच खैलाबैला नै मच्चियो। मेटाको नयाँ नीति हेर्दा नेपालमा मनिटाइजेसन बन्द हुन लागेको होइन। विज्ञापनलाई सीमित पारेको चाहिँ हो। ढुक्क हुनुहोस्, फेसबुकले मनिटाइजेसनको ढोका बन्द गरेको होइन इङ्गेजमेन्ट र कन्टेन्टमा गुणस्तर खोजेको चाहिँ हो।

    नयाँ नीति सबै कडाइँ गर्ने किसिमका मात्र छैनन्। नेपाली फेसबुक प्रयोगकर्तालाई उत्साहजनक कुराहरू पनि आएका छन्। नेपालमा फेसबुकले अब युनिफाइड कन्टेन्ट मनिटाइजेसनु नीति ल्याएको छ। यो भनेको सबै सामग्रीलाइ एउटै बास्केटमा ल्याइएको पनि हो। यसको अर्थ अब फरक(फरक विधाका लागि छुट्टाछुट्टै मनिटाइजेसन आवेदन गरिरहनु पर्दैन। मापदण्ड पूरा गरेको अवस्थामा फेसबुक रिल्स, लामो भिडियो, फोटो मात्र होइन साधारण स्टाटसबाट पनि पैसा कमाउने बाटो खुलेको छ।

    नेपाल पहिलो पटक फेसबुक मनिटाइजेसनको आधिकारिक सूचीमा पनि समावेश भएको छ। यसबाट अब क्रिएटरले सहजै आफ्नो नेपाली बैंक खातामामा सिधै डलरको आम्दानी भित्र्याउन सक्छन्। पहिले नेपाल सूचीमा नपर्दा छक्कापञ्जा गरेर मनिटाइज गर्नुपर्थ्यो। अब आधिकारिक आवेदन नेपालबाटै दिन सकिनेछ, पेज बन्द हुने खतरा रहने छैन। कमाएको पैसा पाउन डलर कार्ड वा विदेशी साथीको क्रेडिट कार्ड वा पेपाल अकाउन्ट खोज्नुपर्ने छैन। तपाइँको कमाइ सिधै नेपाली बैंकमै आउँछ। यसको प्रक्रियामा स्थायी लेखा नम्बर ९पान कार्ड० कार्ड अनिवार्य उल्लेख गरिनुपर्छ। यसको अर्को फाइदा भनेको, धेरै अमेरिकी डलर आएमा स्रोत खुलाउन सहज हुनेछ। पैसा नेपाली बैंकमा आउँदा नेपाल सरकारको नियमअनुसार ५ प्रतिशत वा विदेशी विनिमयदर भने कट्टी हुनसक्छ।

    नयाँ अकाउन्ट मनिटाइजेसन आवेदन गर्दा सेटअपमा पनि परिवर्तन भएको छ। अब सेटअपका ७ तहमा चनाखो हुनुपर्नेछ। नागरिकताको नाम वा पान नम्बरमा सानो गल्ती भएमा पनि पैसा रोकिन सक्छ। सावधान रहनुहोस्, फेसबुकले नेपाली भाषालाई सपोर्ट गरे पनि फेसबुकको एआईले कहिले कहीँ सामान्य नेपाली शब्दलाई पनि ‘भायोलेन्ट’ वा ‘इनअप्रोपिरएट’ भन्ने ुफ्लागु राखिदिन सक्छ। यस कारण अकाउन्ट ुसस्पेन्डु हुन पनि सक्छ। मनिटाइजेसन प्रक्रियामा यी कुरालाई गम्भीरतापूर्वक लिन आवश्यक छ। पान कार्ड र बैंक खाता पनि फेसबुकमै भएको नाममा हुनुपर्दछ।

    सात तहको सेटअपमा बैंकको नाम मात्र उल्लेख गरेर पनि पुग्दैन। अमेरिकी डलर अन्तर्राष्ट्रिय मुद्रा भएकाले त्यो पैसा नेपाल ल्याउन ८ वा ११ अंकको स्वीफ्ट कोड अनिवार्य उल्लेख गरिनु पर्छ। सेटअप फाइनल गर्नुअघि पक्का हुनुहोस्( कतै पनि ‘रेड फ्लाग’ देखिएको छैन। समाचार नेपाल खबरबाट लिइएको हो ।

    Post Views: 134
    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार २२:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.