• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १०, बिहीबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पछिल्लो एक हप्तामा अमेरिका र अष्ट्रेलियामा दुई नेपालीको हृदयविदारक निधन भयो । यो घटनाबाट प्रवासमा नेपालीहरुको बढ्दो उपस्थितिसंगै दुखद घटनामा बृद्धि भएको देखाउँछ । पशिलो कास्की हेम्जाकी प्रमिला त्रिपाठी भुर्तेल २०१५ मा अध्ययनका लागि अमेरिका पुगेकी थिईन् । समय क्रम संगै २०२१ देखि उनि घरबिहिन हुन पुगिन् र करिब ४,५ बर्षको सडक जिवन बिताउन बाध्य उनले समयमै उचित र सहयोग अभावकै कारण सडक जिवनबाट सदाका लागि अस्ताएकी छिन् । पछिल्लो समय संजालमा समयमै उनले उचित र आबश्यकता अनुरुपको सहयोग नपाएको भन्ने गुनासाहरु आईरहेका छन् । जसका कारण प्रवासमा देश त्याग गर्न बाध्य भएको यो घटनाले सिंगो आप्रवासी नेपालीबीच सन्नाटा छाएको छ ।

    त्यसैरी अष्टेलियाको सिड्नीको मुटुमा रहेको हाइड पार्कमुनि ३२ वर्षीय विक्रम लामाको निधन भयो । उनि लामो समयदेखि घरबार शिहिन भएका त्यहि बस्दै आएको नेपाली समाज अष्टेलियाले जनाउाके छ । त्यो सुरुङमा आश्रय लिने अरूहरूका लागि उनी केवल एउटा परिचयमा सीमित थिएनन । मकवानपुरको एउटा सानो गाउँ, जहाँ ९ कट्ठा जग्गा बेचेर आमा सेतीमायाले छोरालाई ुकम्प्युटर साइन्टिस्टु बनाउन अस्ट्रेलिया पठाएकी थिइन्। सन् २०१३ मा जब विक्रमले त्रिभुवन विमानस्थलबाट हात हल्लाएका थिए, लामा परिवारलाई लागेको थियो अब दुखका दिन सकिए।

    तर, सात समुद्र पारिको चमकधमकमा विक्रम कतिबेला हराए, परिवारले पत्तै पाएन। सुरुका केही वर्ष फोन आए, त्यसपछि ती आवाजहरू पातलिँदै गए र अन्ततः सात वर्षसम्म एउटा पनि घण्टी बजेन। उता सिड्नीमा विक्रमको विद्यार्थी भिसा सकियो, राहदानीको म्याद गुज्रियो, र उनी बिस्तारै ुकानुनी अस्तित्वु नभएको एउटा छायाँमा परिणत भए।
    अस्ट्रेलियाको नियम कडा छ यदि तपाईं नागरिक वा स्थायी बासिन्दा हुनुहुन्न भने सरकारी आवास र स्वास्थ्य सेवा तपाईंको पहुँच बाहिर हुन्छ। विक्रम त्यही ुप्रणालीको चपेटामा परेका थिए । उनी बिरामी हुँदा अस्पताल जान डराउँथे, भोक लाग्दा सहायता माग्न हच्किन्थे।

    डिसेम्बरको त्यो हप्ता सिड्नीका सडकहरू सधैँझैँ व्यस्त थिए। ओपल कार्ड घोट्दै एक लाखभन्दा बढी मानिसहरू त्यही सुरुङको बाटो भएर ओहोरदोहोर गरे। तर कसैले पनि याद गरेनन् कि सधैँ परेवालाई दाना खुवाउने त्यो बर्डम्यान अघिल्लो एक सातादेखि आफ्नो स्लिपिङ ब्यागबाट बाहिर निस्किएको थिएन।
    जब डिसेम्बर ७ मा स्टेशनका कर्मचारीले उनको शरीर फेला पारे, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। विक्रम लामा अब केवल एउटा बेवारिसे शव बनेका थिए, जसको पहिचानका लागि पनि डीएनए परीक्षण कुर्नुपर्ने भयो।

    करिब एक महिनाअघि नेपालको परराष्ट्र मन्त्रालयमार्फत विक्रमको परिवारले एउटा चकित पार्ने खबर पायो। न्यु साउथ वेल्स प्रहरीले शव पहिचान गर्न नसकेपछि अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत विक्रमकी वृद्ध आमा सेतीमाया लामाको डीएनए परीक्षण गर्न आग्रह गरिएको थियो। परिवारले काठमाडौँ आएर डीएनए नमुना दिए पनि लामो समयसम्म नतिजाबारे कुनै जानकारी पाएन। तर एनएसडब्लुका लागि नेपालका वाणिज्यदूत सञ्जीव कुमार शर्माका अनुसार डीएनए परीक्षणको आधिकरिक रिपोर्ट भने आउन बाँकी छ।

    आज मकवानपुरमा आमा सेतीमायाको आँखा ओभानो छैन। घरको जेठो छोरो आएर घर सम्हाल्ने आशामा बेचिएको त्यो ९ कट्ठा जग्गाको बदलामा आज परिवारसँग केवल एउटा अपुष्ट मृत्युको खबर छ। ‘यो खबर सुनेदेखि मैले राम्ररी खाना खान सकेकी छैन,’ उनी भन्छिन्, ‘मलाई अझै पनि मेरो छोरा फर्केर आउँछ जस्तो लाग्छ।‘ परिवार उनको शव नेपाल ल्याएर परम्पराअनुसार अन्तिम संस्कार गर्न चाहन्छ, तर आर्थिक अभावका कारण उनीहरू चिन्तित छन्। विक्रमको कथा केवल एक व्यक्तिको मृत्यु होइन, यो ती हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरूको मौन चित्कार हो, जो पराई देशमा परिचयविहीन भएर बाँच्न विवश छन्। सिड्नीको त्यो सुरुङमा परेवाहरू अझै पनि दानाको पर्खाइमा होलान्, तर ती बर्डम्यान अब कहिल्यै फर्कने छैनन्।

     

    Post Views: 27
    प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार ०८:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.