• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २८, सोमबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पेश गरेको सर्वोच्च अदालतका न्यायाधीशबाट सम्पन्न न्याय सम्पादन तथ्याङक तथ्य गलत भएको पाइएको छ ।वरीयतामा चौथो नम्बरमा रहेका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्री बालेनले सबैभन्दा बढी मुद्दा छिनेर छिटो न्याय सम्पादन गरेको दाबी पेश गरेका थिए ।

    न्यायाधीशको कार्यसम्पादन र कार्यक्षमताबारे सर्वोच्चको रेकर्डलाई नै गुमराहमा पारिएको देखिएको छ ।  न्यायाधीश डा.शर्माको सिफारिसमा सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गरेको प्रमुख कारण देखाइएको थियो ।  शर्माले न्याय सम्पादनका क्रममा मुद्दा फर्छ्योट संख्या प्रस्तावित पाँच न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च रहेको भनाइ बालेनको थियो ।

    प्रधानन्यायाधीशमा सिफारिस भएलगत्तै प्रधानमन्त्रीको सचिवालयले समेत न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा.शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको बताएको थियो । सर्वोच्च अदालतको तथ्याङ्कले नै उक्त दाबीलाई खारेज गरिदिएको छ ।

    चार आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रधानन्यायाधीशका लागि न्यायपरिषदबाट सिफारिस गरिएका सर्वोच्चका ६ न्यायाधीशमध्ये मुद्दा फर्छ्योटमा न्यायाधीश हरिप्रसाद फुयाल सबैभन्दा अगाडि देखिएका छन् । पछि सर्वोच्चको न्यायाधीश बनेर पनि समयका हिसाबले न्याय सम्पादनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको सबैभन्दा द्रुत गति देखिएको छ । शर्मा तेस्रो स्थानमा छन् ।

    कस्को गति कति ?  

    सर्वोच्च अदालतमा आर्थिक वर्ष ०७५–७६ को न्याय सम्पादनमा कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान ८१०, न्यायाधीश कुमार रेग्मी ४८९, हरिप्रसाद फुयाल ३७७ र डा.मनोजकुमार शर्माले ३६१ मुद्दा किनारा लगाएका छन् ।

    मल्लले आव ०७६–७७ मा ७९४, रेग्मी एक हजार ९९ र फुयाल एक हजार ४६ र शर्माले एक हजार ६४६ मुद्दाको टुंगो लगाएका छन् । आव ०७७, ७८ मा मल्लले ४१६, रेग्मीले ५३३, फुयालले ५१८ र डा.शर्माले ५९४ मुद्दा छिनेका छन् ।

    सोही आर्थिक वर्षको अन्त्यतिर सर्वोच्चको न्यायाधीश बनेर आएका डा.नहकुल सुवेदीले ४७ मुद्दाको छिनोफानो गरेका थिए ।

    आव ७८–०७९ मा मल्लले ६३८, रेग्मी ९७७, फुयाल ९६८, डा. शर्मा एक हजार १०, डा. सुवेदी ८१४ र यसै आर्थिक वर्षको बीचमा न्यायाधीश बनेका तिलप्रसाद श्रेष्ठले ७६५ मुद्दा छिनेको देखिन्छ ।

    आर्थिक वर्ष २०७९–८० मा मल्लले एक हजार ३५२, रेग्मीले एक हजार ७५१, फुयाल एक हजार ७६२, डा. शर्मा एक हजार ९५७, डा.सुवेदी एक हजार ७२९ र श्रेष्ठले दुई हजार ४८१ मुद्दा फर्छ्योट गरेका छन् ।

    यस्तै, आव २०८०– ८१ मा मल्लले एक हजार ४७१, रेग्मीले एक हजार ८६६, फुयालले दुई हजार २३२, डा.शर्माले दुई हजार १८१, डा.सुवेदीले दुई हजार ३७९ र श्रेष्ठले दुई हजार ७४६ मुद्दाको किनारा लगाएका छन् ।

    सर्वोच्चको तथ्याङकअनुसार आव २०८१–०८२ मा मल्लले एकहजार पाँच सय ६८, रेग्मीले दुई हजार १३६, फुयालले दुई हजार ५६५, डा.शर्माले एक हजार ६४४, डा.सुवेदीले दुई हजार ३९६ र श्रेष्ठले तीन हजार ४०८ मुद्दा छिनेका छन् ।

    चार वर्षको गणित  

    चार आर्थिक वर्षको सर्वोच्च अदालतको सूचकले फुयाललाई मुद्दा फछ्र्योटमा सबैभन्दा अगाडि देखाएको छ ।  कामु प्रधानन्यायाधीश मल्लले कुल सात हजार ४९ मुद्दा किनारा लगाएकी छन् ।  न्यायाधीश रेग्मीले आठ हजार ८५१ मुद्दा छिनेका छन् । फुयालले नौ हजार ४६८ (सबैभन्दा बढी) किनारा लगाएका छन् ।

    न्यायाधीश डा. शर्माले नौ हजार ३९३ मुद्दा छिनेका छन् । न्यायाधीश डा.सुवेदीले सात हजार ३६५ मुद्धा फर्छ्योट गरेको देखिन्छ । न्यायाधीश श्रेष्ठले नौ हजार ४०० मुद्दा किनारा लगाएको तथ्यले देखाउँछ ।

    उक्त विवरण सर्वोच्चको वेबसाइटमा समेत सार्वजनिक रुपमा राखिएको छ । न्यायाधीश मल्ल २०७३ साल साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

    रेग्मी, फुयाल र शर्मा एकैदिन २०७६ साल वैशाख ६ गते सर्वोच्चको न्यायाधीश बनेका थिए ।

    न्यायाधीश डा. सुवेदी २०७८ साल वैशाख ६ मा न्यायाधीश नियुक्त भएका हुन् । यस्तै, न्यायाधीश श्रेष्ठ २०७८ साल चैत १५ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।

    Post Views: 9
    प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार ०८:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • २. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ३. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ४. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ५. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.