• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

"नेपालले भारतीय भूमि मिचेको प्रधानमन्त्री शाहको दाबी विवादित "
  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १८, सोमबार ०६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रधानमन्त्री बालेन शाहप्रति धेरै नेपालीले अझैसम्म आशंकाको दृष्टिले हेर्ने गरेका छन । कहिले बोल्दै नबोल्ने कहिले नचाहिदो बोल्ने । संसदको बैठकमा सीमाबारे बोलेको विषय निकै संवेदनशिल छ । तर उनले भने, ‘तपाईंहरूलाई अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खर थाहा पाइयो। अब दुईवटै देशले अध्ययन गरेर हामीले मिचेका छौँ वा उहाँहरूले मिच्नुभएको छ, के छ, त्यसलाई बसेर साथीको रुपमा समाधान गर्ने सोच बनाएका छौँ।’ यो विषयले यतिखेर देश विदेशमा रहेका नेपालीहरुबीच चासो र चिन्ता उत्पन्न शुरु भएको छ । प्रधानमन्त्रिको यो भनाईले उनि कि अज्ञानी छन कि उनि कसैको ईसारामा बोली रहेका छन । प्रधानमन्त्रि तहबाटै नेपालको सार्वभौसत्ताभाथी यति ठुलो तहको खेलाची अहिलेसम्म भएकै थिएन ।

    नेपाल र भारतबीच सबैभन्दा ठूलो विवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा छ। सन् १९६२ आसपास चीनसँगको युद्धको क्रममा यो भूभाग भारतीय फौजले कब्जा गरेको थियो। त्यसयता त्यहाँको करिब ३७२ वर्ग किलोमिटर क्षेत्र भारतकै अधीनमा छ। जमिन मात्र होइन, त्यहाँका बासिन्दा पनि भारतीय बन्न पुगेका छन्। दोस्रो ठूलो विवाद नवलपरासीको सुस्ता क्षेत्र हो। जहाँ करिब १ सय ४५ वर्ग किलोमिटर क्षेत्र भारतले अतिक्रमण गरेको छ। विवाद टुंग्याउने हेतुले सन् १९८१ मा नेपाल–भारत प्राविधिक स्तरीय संयुक्त समितिले सीमांकनको काम थालेको थियो। सन् २००७ सम्ममा सीमांकनको करिब ९७ प्रतिशत काम पूरा भए पनि कालापानी–लिपुलेक–लिम्पियाधुरामै कुरा अड्किएपछि सो समिति भंग भएको थियो।

    यसबारे वार्ता गर्ने नेपालको अनेकन् प्रयासलाई भारतले नसुनेपछि सन् २०२० मा नेपालले चुच्चे नक्सा प्रकाशित गर्‍यो र संसदबाट सर्वसम्मत रुपमा अनुमोदन गरेर विधिवत् रुपमा अतिक्रमित क्षेत्रलाई आफ्नो नक्सामा ल्यायो। त्यसपछि पनि भारतले नेपालसँग वार्तामा रुचि देखाएको छैन। यसर्थमा भारत अतिक्रमणकारी शक्ति हो भने नेपाल अतिक्रमित। अतिक्रमणकारी र अतिक्रमितबीच सधैँ स्पष्ट फरक हुन्छ। ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेर प्रधानमन्त्रीले यही फरक मेटाएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिमा रहेको सबैभन्दा गम्भीर त्रुटि यही हो। उनले भूमि र नागरिक गुमाएको नेपाललाई अतिक्रमण गर्ने भारतसँग बराबरी गरेका छन्।

    दोस्रो, प्रधानमन्त्री बालेनले भारतसँग ‘टेबल टक’ गर्ने त भने, तर टेबलमा नबस्दै नेपालको अडान कमजोर तुल्याउने काम गरे। पूर्वपरराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, प्रदीप ज्ञवाली, प्रकाशशरण महत, कमल थापादेखि पूर्वराजदूत र कूटनीतिका जानकारहरूले समेत प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल वार्ताको टेबुलमा प्रतिरक्षात्मक बन्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

    सीमा मिचिएको देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिन सुहाउने कुरै होइन। ‘ग्रेटर नेपाल’को नक्साअघि फोटो नखिचाए पनि आजसम्मका प्रधानमन्त्रीमध्ये कसैले पनि सीमाका विषयमा यत्तिको फितलो कुरा बोलेका थिएनन्। प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्नेहरूले उनको भनाइ नेपालतिरको जमिन भारतीयले भोगचलन गर्ने र भारततिरको जमिन नेपालीले भोगचलन गर्ने ‘क्रस बोर्डर अकुपेसन’ लक्षित रहेको तर्क गरेका छन्। हो, नेपाल–भारत सीमा क्षेत्रमा यस्तो समस्या छ। तर, कुनै मुलुकले अर्को मुलुकको एउटा ठूलो भूभाग राजनीतिक नक्सामा पारेर, जमिनमा सेना तैनाथ गरेर गरेको अतिक्रमण र स्थानीय तहमा हुने ससाना विवाद एउटै होइनन्, हुन सक्दैनन्। प्रधानमन्त्री शाहले यहाँनेर पनि यी दुई समस्यालाई एउटै स्तरमा राख्ने गल्ती गरेका छन्।

    आइतबार साँझ परराष्ट्र मन्त्रालयले प्रस्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको बताएको छ। परराष्ट्रले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुनसक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’सँग जोडिएको छ। तर यो प्रस्टीकरणले पनि प्रधानमन्त्रीलाई गलत उधृत गरेको छ। किनकि कहीँ प्रधानमन्त्रीले ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुनसक्ने’ भनेकै थिएनन्। यसले उनको बचाउ गर्न सरकारलाई कति मुस्किल परेको छ, स्पष्ट पार्छ।

    त्यसैले यस्ता प्रस्टीकरणको सहारा लिएर यो विवाद अझ लामो समय तन्काउनुको साटो प्रधानमन्त्रीले तत्काल आफ्नो भनाइ सच्याउनु पर्छ। प्रधानमन्त्रीको नियत खराब नहोला। तर, संसदमा उनले सर्वथा गलत अभिव्यक्ति दिएको स्पष्ट छ। त्यसैले कुनै बहानाबाजी नगरी उनले आफ्नो भनाइ सच्याएर संसद्‍को रेकर्डबाट हटाउनु उपयुक्त हुन्छ।

    आज सोमबारबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको अभिव्यक्तिले उनको भ्रमणबारे शंका र आरोपप्रत्यारोपको ठाउँ दिन्छ। त्यसैले लामिछाने भारत प्रस्थान गर्नुअघि नै रास्वपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो धारणा स्पष्ट पार्नु उचित हुन्छ। त्यसैले यो विषय निकै गंभीर विषय भएकोले रास्वपाले पनि आफ्नो पार्टीको दृष्टिकोण स्पष्ट पार्नु जरुरी देखिन्छ ।

    Post Views: 13
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार ०६:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • २. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • ३. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ४. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ५. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.