• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्वतन्त्र पार्टीका महामन्त्रि ढकाल अध्यक्ष लामीछानेको आलोचनापछि निलम्बन

  •  
  • २०८१ असार २०, बिहीबार ०५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रिले डा मुकुल ढकालले अध्यक्ष रवि लामीछानेमाथी गोरखा मिडियाको विषयलगायत पार्टीको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा विवाद हुँदा महामन्त्रि ढकाल निलम्बनमा परेका छन । महामन्त्रि ढकालले आफुले देशभरी घुमेर तयार पारेको दस्तावेजका विषयमा पार्टीमा असहयोग भएको र त्यहि मौकामा आफलाई हटाउने षडयन्त्र भएको भन्दै बैठक नै बहिस्कार गरेर हिडेका थिए । पार्टी बैठकमा चर्को आलोचना भएपछि उनलाई कारबाही गरिएको विज्ञप्ति सार्वजिक भएको छ । पाटीले महामन्त्रि ढकाललाई सात दिनको लागि निलम्बन गरेको छ । सात दिन निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए। केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ।

    बुधबार नै डा. ढकाललाई निलम्बनको पत्र थमाइएको छ। पत्रमा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बताइएको छ।

    ‘असार १० गते बसेको केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।

    यसैबीच महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको गुनासो गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप  कारबाही भएको बताएका छन्।

    ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारव गर्नु अघि स्पष्टीकरणको मौका दिनपर्छ। स्पष्टीकरणको मौका पनि नदिइ कारबाही भयो। अनुशासन आयोगले १४ गते मलाई स्पष्टीकरणको लागी ७ दिनको मौका दिएको थियो। स्पष्टीकरण मैले केन्द्रीय समितिको बैठकमा पेस गर्ने गरी तयार पारेको पत्रलाई सभापतिले पेश गर्ने अनुमति दिनु भएन। तर मैले दर्ता गर्नका लागि आग्रह गरेको थिएँ। सभापतिले दर्ता पनि रोकिदिनु भनेर मेरै अगाडि कार्यलय सचिवलाई भन्नुभयो,’ उनको आरोप छ।

    यसअघि पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले ढकाललाई महामन्त्री स्वीकार्न नसकिने बताएका थिए। ढकालको प्रतिवेदनका आधारमा नभइ उनले अस्वाभाविक गतिविधि गरेकामा कारबाहीको भागी हुने अर्यालले टिप्पणी गरेका थिए।

    बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। पार्टी उपसभापति स्वर्णिम वाग्लेका अनुसार सभापति रवि लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेका थिए।

    केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए।

    सभापति लामिछानेले उनलाई ३२ पृष्ठको समीक्षा प्रतिवेदन वाचन गर्न भनेको तर महामन्त्री ढकालले बोल्ने अधिकार हनन भएको भन्दै मुखमा टेप टाँसेपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन पढेर सुनाएका थिए।

    महामन्त्री ढकालले सय दिनमा गर्नुपर्ने कामको सुझाव भन्दै अर्को ६ पृष्ठको प्रस्ताव अघि सारेका थिए। अन्तिममा सभापति लामिछानेले त्यो पनि पेस गर्न अनुमति दिएको तर मिडियामा आइसकेको विषय केन्द्रीय समितिको अवमूल्यन हुने गरी किन वाचन गर्नु भनेर सदस्यहरूले अस्वीकृत गरेका थिए।

    यसअघि उपसभापति वाग्लेले पनि सभापति लामिछानेले अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने बताएका दिएका थिए।

    समीक्षा यात्राको प्रतिवेदनका विषय मिडियामार्फत् सार्वजनिक गरेको भन्दै महामन्त्री ढकाललाई रास्वपाको अनुशासन आयोगले असार १४ गते सातदिने स्पष्टीकरण सोधेको थियो।

    Post Views: 123
    प्रकाशित मिति: २०८१ असार २०, बिहीबार ०५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.