• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पासपोर्ट विभागको ११ कम्प्यूटर ह्याकः दुतावासको अनलाईन सिष्टम केहि दिन नचल्ने

  •  
  • २०८१ मंसिर ८, शनिबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राहदानी विभागमा रहेका ११ वटा कम्प्यूटरमा एकै चोटी ह्याकरले आक्रमण गरी सिष्टममा भाईरस पसेपछि डिजिटल माध्यमबाट राहदानी बनाउने तथा वितरण गर्ने प्रक्रिया बन्द भएको छ । ह्याकरको आक्रमणबाट सिस्टममा भाइरस प्रवेश गरेपछि राहदानी सेवा प्रभावित भएको छ । जिल्ला र विदेशस्थित नियोगबाट सेवा दिइरहेको कम्प्युटरमा ¥यान्सम वेयर भनिने भाइरसबाट आक्रमण भई फाइल करप्ट गर्ने र पैसा माग्नेस्थिति आएपछि अनलाइन सेवा बन्द गरिएको महानिर्देशक तीर्थराज अर्यालले बताएका छन । अर्यालका अनुसार ललितपुरसहित केही जिल्ला र नियोग गरी ११ वटा कम्प्युटरमा समस्या देखिएको छ ।

    त्यसै कारण अमेरिकाको क्यालिफोनियामा हुदै गरेको पासपोर्ट शिविर पनि स्थगित गरिएको छ । यसैगरी मल्टामा हुन लागेको पाटपोर्ट शिविर पनि डिजिटल सिष्टमले काम नगरेसम्म अनिश्चित रहेको परराष्ट्र श्रोतले बताइएको छ । भाइरसको समस्या देखिएका ११ कम्प्युटरको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा बिहीबारदेखि जाँच भइरहेको छ । ‘बिहीबारदेखि डाटा सेन्टरमा कम्प्युटर जाँच भइरहेको छ । शनिबार पनि जाँच हुन्छ,’ महानिर्देशक अर्यालले भने, ‘फाइनल सेक्युरिटी जाँच भइसकेपछि सेवा सञ्चालनमा ल्याउँछौँ ।

    विभागका अनुसार केन्द्रीय प्रणालीभन्दा पनि स्थानीय प्रणालीमा समस्या देखिएपछि सतर्कताका लागि सट डाउन गरिएको हो । ‘जुन ठाउँमा इन्फेक्ट भयो, त्यहाँ सेवा अवरोध भइहाल्यो । अन्त पनि इन्फेक्ट गर्न सक्छ भनेर सतर्कता अपनाएर सबै स्थानमा सट डाउन गर्न बाध्य भएको बताएका छन ।

    विभागबाहिर जिल्ला र नियोगमा समस्या हो । तर, कहाँबाट भाइरस आयो भन्ने ट्र्याक नगरेसम्म समस्या नै छ,’ उनले भने । जिल्ला र नियोगमा भने सेवा सञ्चालन हुन केही समय लाग्ने संभावना रहेको छ । राहदानी विभागले आइतबारदेखि क्रमशः राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी गरे पनि अनलाइन सेवा बन्द नै रहेने बताइएको छ । राहदानी विभागले दैनिक ६ हजारहाराहारी राहदानी वितरण गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागबाट दैनिक औसत १५ सय र बाँकी जिल्ला तथा नियोगबाट राहदानी सेवा प्रवाह हुँदै आएको छ । विदेशस्थित कतिपय नेपाली नियोगले डिजिटल प्रणालीमा आएको समस्याका कारण सेवा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।

    Post Views: 205
    प्रकाशित मिति: २०८१ मंसिर ८, शनिबार ०९:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.