Newyork Time 11:50 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

टेक्सासमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माणका लागि नवाह कलश यात्रासहित शुरु

२०८० चैत्र २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

 

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा  टेक्सासस्थित पसुपतिनाथ मन्दिरमा नवाह शुरु भएको छ । प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोख्रेलसहित अन्य सात जना पण्डित रहेको बताइएको छ । कलश यात्रासहित शुरु भएको नवाहमा टेक्सास, अष्टिन र सानआन्टानीओ, ओक्लोहामा लगायतबाट नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । ९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने आयोजक सस्थाका पुर्व अध्यक्ष सुरेश पोख्रेलले बताए ।

टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट करिब ५० लाख अमेरिकी डलर सहयोग संकलन हुने आयोजक पक्षले जनाएको छ । आयोजकका अनुसार बहुआयामिक परियोजना पूरा हुन दस मिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक केन्द्रले गरेको पत्रकार सम्मेलनमा कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाले महायज्ञमा करिब दुई लाख डलर खर्च लाग्ने अपेक्षा गरिएको पनि जानकारी दिनुभयो ।


महायज्ञको समयमा व्रतबन्ध गर्न इच्छुकहरूको व्रतबन्धको पनि व्यवस्था गरिएको छ । महायज्ञ स्थल आसपासमा महायज्ञ अवधिरका लागि कम्तीमा ११ सय सवारीसाधन पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङस्थलबाट महायज्ञस्थलसम्म आवतजावतका लागि निशुल्क ‘सटल’को व्यवस्था मिलाइएको छ । साथै, महायज्ञमा आउने भक्तजनहरूका टेक्सास नेप्लिज मेडिकल एसोसिएसनद्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको तर्फबाट निस्शुल्क स्वास्थ्य सेवाका उपलब्ध गराउने सो पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।


महायज्ञमा १ सय ८ कलश रहेको र सो कलश २ सय १ डलरमा खरिद गर्न सकिने जानकारी दिइयो । सो कलश अब केही थान मात्र बाँकी रहेको सो कार्यक्रममा जानकारी दिइएको थियो । यसैगरी, १ हजार डलर सहयोग गरी सो महायज्ञमा कर्ता बन्न सक्ने व्यवस्था मिलाइएको र हालसम्म १ सय ७५ जनाभन्दा बढी कर्ता भइसकेको जानकारी दिइयो । महायज्ञमा वाचक वाचन प्रवीण दीनबनन्धु पोखरेल रहनेछन् । महायज्ञको पहिलो दिन ९ अप्रिलमा १ हजार ८ कलश सहितको कलशयात्रा गरिनेछ ।