• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेस्लाको अटो कारमा गडबडीका कारण १३ जनाको मृत्यू, मक्सको कम्पनी २० वटा विभिन्न अभियोगमा छानवीन

  •  
  • २०८१ माघ २९, मंगलवार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वप्रसिद्ध बिधुतीय कार टेस्लाको स्वचालित कार प्ररिक्षणका क्रममा १३ जनाको निधन भएको एक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले टेस्लाको अटोपायलट प्रणाली सम्बन्धी अनुसन्धान गर्दा डिजाइनमा कमजोरी भेटिएको उल्लेख गर्दै, गत अप्रिलको एक प्रतिवेदनमा सो प्रविधिका कारण १३ जनाको मृत्यु भएको निष्कर्ष निकालेको थियो । टेस्ला, जसको बजार मूल्य १.२५ ट्रिलियन रहेको छ—जसले सबै अमेरिकी अटोमोबाइल कम्पनीहरूलाई समेट्छ—हाल विभिन्न संघीय अनुसन्धानहरूको सामना गरिरहेको छ । यी अनुसन्धानहरूको पुनर्संरचना तथा सरकारी नियमहरूको प्रभावमा पर्न सक्ने सम्भावना छ ।

    यसैगरी, मस्कको न्यूरालिङ्क (उनको मस्तिष्क कम्प्युटर चिप कम्पनी) पनि विवादमा छ । मे २०२३ मा मानव परीक्षणका लागि अनुमति दिए तापनि, प्रारम्भमा अनुमति अस्वीकार गरिएको थियो । हाल पनि कृषि विभागले न्यूरालिङ्कको जनावर परीक्षण विधि सम्बन्धी अनुसन्धान गरिरहेका छन् । एक रिपोर्ट अनुसार, न्यूरालिङ्क प्रयोगशालाहरूमा चार वर्षको परीक्षण अवधिमा करिब १ हजार ५०० जनावरहरूको मृत्यु भएको उल्ल्ेख छ ।

    क्यालिफोर्नियाका सिनेटर एडम शिफले एलन मस्कको सम्भावित कार्य र त्यसबाट उत्पन्न हुन सक्ने कन्फिल्क्ट अफ ईन्ट्रेष्टको विषय भएको भन्दै “सरकारी दक्षता विभाग“ को नेतृत्व गर्ने उनको भूमिकासँग सम्बन्धित जटिल व्यापारिक सम्बन्धबारे प्रश्न उठाएका छन । सिनेटर सिफले मस्क नेतृत्वको उक्त विभागले हाल संघीय बजेट कटौतीको सामना गरिरहेका विभिन्न एजेन्सीहरूसँग सम्बन्ध राखेको छन तर उनि एक व्यापारी हुन र उनको कम्पनी छानवीनको दायरामा छ भने त्यस्तो मानिसले सरकारी कार्य गर्दा कन्फिल्क्ट अफ ईन्ट्रेष्ट हुने उल्लेख छ, गार्जियनले समाचार छापेको छ ।

    सिनेटर शिफले पत्रमा लेखेका छन्, “मिस्टर मस्कका कम्पनीहरू हालैका २० भन्दा बढी संघीय अनुसन्धान वा समीक्षाको विषय रहेका बाँकी छन् । यसले यो जोखिम बढाएको छ कि मस्कले आफ्नो नयाँ पदलाई आफ्ना कम्पनीहरूलाई संघीय अनुसन्धानबाट जोगाउन पदको दुरुपयोग गर्न सक्छन् ।“
    गत सप्ताहन्त, एक संघीय न्यायाधीशले कर्मचारीहरूलाई वित्त विभागको संवेदनशील भुक्तानी प्रणाली पहुँच गर्न रोक लगाए, जुन प्रणालीले ९०% संघीय भुक्तानीहरू व्यवस्थापन गर्छ । अर्को न्यायाधीशले हजारौं कर्मचारीहरूलाई अवकाशमा पठाउने निर्णयलाई अस्थायी रूपमा रोक्ने आदेश दिए । यदि सो निर्णय कार्यान्वयन भएको भए, एजेन्सीका चलिरहेका अनुसन्धानहरू प्रभावकारी रूपमा अन्त्य हुने थिए ।

    यस निर्णयको प्रतिक्रियामा, मस्कले ट्वीटरमा पोस्ट गर्दै फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाइनुपर्ने बताएका थिए । साथै, उनले हरेक वर्ष “नियुक्त न्यायाधीशहरूको सबैभन्दा खराब १ प्रतिशतलाई हटाइनु पर्ने“ प्रस्ताव राखेका थिए ।
    सोमबार ह्वाइट हाउसका प्रमुख स्टाफ सुजी वाइल्सलाई पठाइएको पत्रमा, शिफले मस्कलाई कानुनी रूपमा अनिश्चित क्षेत्रमा सञ्चालन गरिरहेको आरोप लगाएका छन । उनले मस्क “विशेष सरकारी कर्मचारी“ को रूपमा संघीय हितको कन्फिल्क्ट अफ ईन्ट्रेष्टसम्बन्धी कडा नियमहरू पालन गर्नुपर्ने भए तापनि उनले संघीय सरकारका ठेक्काबाट लाभ लिने निजी कम्पनीहरूमा महत्वपूर्ण वित्तीय स्वार्थ कायम राखेको उल्लेख गरेका छन । शिफले फेब्रुअरी १३ भित्र जवाफ माग गर्दै मस्कले वित्तीय खुलासा प्रतिवेदन पूरा गरेको वा सम्भावित वित्तीय संलग्नतासम्बन्धी दण्डबाट छुट दिने कुनै छूट प्राप्त गरेको हो कि भन्ने स्पष्ट पार्न आग्रह गरेका छन् ।

    विवाद मस्कको दोहोरो भूमिकामा केन्द्रित छ—एकातिर उनी सरकारका अधिकारी हुन्, भने अर्कोतर्फ संघीय अनुसन्धानको दायरामा रहेका कम्पनीहरूको छानवीन चलिरहेको छ । यस्ता कम्पनीहरूमा विशेष गरी उनको स्पेसएक्सद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्क, समेत समावेश छ । विशेष रूपमा युक्रेनमा स्टारलिङ्कको सञ्चालनबारे अनुसन्धान गरिरहेको केही महिनापछि नै मस्कले प्रमुखको रूपमा सो एजेन्सी विघटन गर्ने कदम चालेका थिए ।

    गत सेप्टेम्बरमा कांग्रेसलाई पुष्टि गरेका थिए कि एजेन्सीले युक्रेनलाई प्रदान गरिएका स्टारलिङ्क टर्मिनलहरूको निरीक्षण गरिरहेको छ । अनुसन्धान विशेष रूपमा २०२२ को एक सहकार्यमा केन्द्रित थियो, जसअन्तर्गत युद्धग्रस्त राष्ट्र युक्रेनमा ५ हजार स्टारलिङ्क टर्मिनलहरू पु¥याउन मद्दत गरेको थियो । उता ह्वाईट हाउसकी प्रेस सचिव, क्यारोलिन लिभिट ले भने मस्कले “आफूलाई कुनै पनि हितको द्वन्द्वबाट अलग गर्नेछ“ भन्ने दाबी गरेकी छिन् । तर, सिनेटर एडम शिफका अनुसार यस्ता आश्वासनहरू अपर्याप्त छन् ।

     

    Post Views: 161
    प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.