• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शपथ लिएको तीन महिनासम्म अमेरिका आएनन् अमेरिकाका लागि नेपाली राजदूत रेग्मी

  •  
  • २०८१ चैत्र १, शुक्रबार ०७:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शपथ लिएको तीन महिना बित्दा पनि अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी काठमाडौंमै छन् । तत्कालीन राजदूत श्रीधर खत्री फिर्ता भएपछि वासिङ्टन डिसीमा सात महिनादेखि नेपाली राजदूत छैनन् । असामान्य समयमा नेपालले राजदूत नपठाउनु दुःखद भएको कूटनीतिज्ञहरूको भनाइ छ । हाल अमेरिकामा परराष्ट्रका सहसचिव कार्यवाहक राजदूत छन् ।

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ माघमा शपथग्रहण गरेसँगै विगतका सरकारका नीति र निर्णयमा व्यापक फेरबदल गरेका छन् । नेपालका लागिसमेत अमेरिकी अनुदान कटौती र पुनरावलोकनका क्रममा छन्, जसले २०२६ देखि विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको लक्ष्य नै प्रभावित हुनेछ ।

    शपथग्रहण गरिसकेका राजदूत रेग्मी यस्तो असहज अवस्थामा समेत जिम्मेवारी सम्हाल्न कार्यक्षेत्र नगएकामा परराष्ट्रकै अधिकारी पनि चकित छन् । जबकि उनीसँगै शपथ लिएका अन्य मुलुकका राजदूतहरू कार्यक्षेत्र गएर यसअघि नै काम थालिसकेका छन् ।

    रेग्मी सोमबार परराष्ट्र मन्त्रालयमा पुगेका थिए, तर उनले नजानुको कारण भने बताएका छैनन् । अमेरिकामा सरकार परिवर्तनले नेपालीहरूमा बढेको चिन्ता र नेपालको अनुदान कटौतीलगायतका घटनाक्रम भइरहँदा पनि उनले अमेरिका जानेबारे ठोस निर्णय लिएका छैनन् ।

    ‘रेग्मीसँग सिफारिस भएका, नियुक्त भएका र शपथग्रहण गरेका सबैजना राजदूत कार्यक्षेत्र पुगेर जिम्मेवारी सम्हालिसकेका छन् । तर, अमेरिकाका लागि राजदूतचाहिँ काठमाडौंमै हुनु अस्वाभाविक छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । पूर्वमुख्यसचिवसमेत रहेका रेग्मी एमाले कोटाबाट राजदूत नियुक्त भएका हुन् । यसअघि पनि उनी एमालेकै कोटामा बेलायतका लागि राजदूत भएका थिए ।

    जानकारहरूका अनुसार रेग्मी परराष्ट्रसचिव अमृतबहादुर राई, प्रशासन हेर्ने सहसचिव र युरोप–अमेरिका डिभिजन हेर्ने सहसचिवलाई टेर्दैनन् । ‘उहाँ कसैको फोन उठाउनुहुन्न । प्रधानमन्त्रीसँगै सीधा सम्पर्क भएको र पूर्वमुख्यसचिव भएको कारण उहाँलाई परराष्ट्रका कर्मचारीले केही भन्न सक्ने अवस्था पनि भएन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा उनी यहाँ बस्ने होइन, या त जानुपर्थ्यो या त राजीनामा दिनुपर्थ्यो ।’

    परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राजदूत रेग्मी काठमाडौंमा रहेको र उनी छिट्टै जिम्मेवारी सम्हाल्न अमेरिका जाने जानकारी दिए । ‘उहाँ काठमाडौंमा हुनुहुन्छ र जिम्मेवारी सम्हाल्न छिट्टै अमेरिका जानुहुन्छ,’ ढकालले भने । जिम्मेवारी सम्हाल्न नगएको विषयमा रेग्मीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    अमेरिकाबाट राजदूत खत्री फिर्ता भएपछि परराष्ट्र मन्त्रालयका सहसचिवले कार्यवाहक राजदूत चलाउँदै आएका छन् । सहसचिव कुमारराज खरेल कार्यवाहक राजदूत रहेकामा उनको कार्यकाल सकिएपछि वासिङ्टन डिसीमा नियोग उपप्रमुखका रूपमा सरुवा भएका सहसचिव शरदराज आरण हाल कार्यवाहक राजदूत छन् ।

    रेग्मीलाई सरकारले अमेरिकाको राजदूतका रूपमा १४ साउनमा सिफारिस गरेको थियो । उनको नाम सिफारिसलाई २७ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । अमेरिकी सरकारले उनको नाममा स्वीकृति (एग्रिमो) पठाएपछि राष्ट्रपति पौडेलले २५ कात्तिकमा अमेरिकाका लागि राजदूत नियुक्त गरेका थिए । उनीसँगै चीनका लागि राजदूत डा. कृष्णप्रसाद पौडेलको नियुक्ति एकैदिन भएको थियो । राजदूत पौडेल तीन महिनाअघि नै बेइजिङ गएर जिम्मेवारी सम्हालिसकेका छन् ।

    अमेरिकाका लागि राजदूत रेग्मीले १६ मंसिरमा राष्ट्रपति पौडेलबाट राजदूत पदको शपथग्रहण गरेका थिए । उनीसँगै सोही दिन जर्मनीका लागि राजदूत डा. शैल रूपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले शपथग्रहण गरेका थिए । रेग्मीबाहेक सबै राजदूत कार्यक्षेत्र पुगेर जिम्मेवारी सम्हालिसकेका छन् ।

    पूर्वराजदूतहरूले विश्व व्यवस्था परिवर्तनको सँघारमा रहेका वेला, अमेरिकाले विश्वसँग सम्बन्ध पुनरावलोकन गरिरहेको समयमा अमेरिकामा राजदूत उपस्थित नहुनु सरकारकै लाचारी रहेको टिप्पणी गरेका छन् । तत्कालै राजदूत पठाउन र ट्रम्पका निर्णय र नीतिमा नेपाललाई फाइदा खोज्ने कूटनीतिक अग्रसरता लिन उनीहरूको सुझाव छ ।

    ‘अहिलेको विश्व राजनीति परिवर्तन, अमेरिकाले सबै देशसँगको सम्बन्ध पुनरावलोकन गरिरहेको र दक्षिण एसिया हेर्ने टिमसमेत नयाँ बनाउने गृहकार्य गरिरहेका वेला हाम्रा राजदूत काठमाडौंमा रहनुभन्दा नराम्रो के हुन सक्छ ?’ पूर्वराजदूत विजयकान्त कर्णले भने, ‘अमेरिकाको बदलिँदो नीतिनिर्माण प्रक्रियामा नेपालले आफ्नो पक्षमा लबिङ गर्नुपर्नेमा राजदूत नै अनुपस्थित रहने अवस्था दुःखद छ । यसले राष्ट्रिय हितमा क्षति पुगेको छ ।’ सामान्य समयमा पनि राजदूतको उपस्थिति महत्वपूर्ण हुने प्रतिक्रिया दिँदै उनले विश्व व्यवस्थाका लागि नै असामान्य समयमा नेपालले राजदूत नपठाउनु दुःखद रहेको टिप्पणी गरे ।

    पूर्वराजदूत एवं अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता युवनाथ लम्सालले तत्कालै सरकारले राजदूतलाई कार्यक्षेत्र जान निर्देशन दिनुपर्ने बताए । ‘राष्ट्रपति ट्रम्पका नयाँ निर्णयले संसारभरि बहुआयामिक असर पर्न थालिसकेको छ । सहयोग स्थगनले संसारभरि मात्र नभएर हामीकहाँ पनि असर देखिएको छ । यो अवस्थामा कार्यक्षेत्रमा राजदूतको अनुपस्थिति अस्वाभाविक हो,’ लम्सालले भने, ‘ट्रम्प प्रशासनका निर्णयले हामीलाई आर्थिक, भूराजनीतिक असर पार्ने सन्दर्भमा अमेरिकामा हाम्रो कूटनीति सक्रिय र प्रभावकारी हुनुपर्छ । यो वेलामा राजदूत नै नजानु कूटनीतिक बेवास्ता हो ।’

    from Nayapatrika

    Post Views: 237
    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार ०७:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.