• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा विश्वकप फुटबल २०२६ हेर्ने भए भिषा प्रक्रिया शुरु गर्नुहोसः भिषाको लागि समय पाउन कठिन !

  •  
  • २०८२ बैशाख १, सोमबार ०६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    होम लम्साल
    फुटबल प्रेमीहरुका लागि महाकुम्भ मेला विश्वकप २०२६ को तयारी अहिलेदेखि नै शुरु भएको छ । खासगरी मेक्सिको, अमेरिका र क्यानडाका लागि भिषा प्रक्रिया अहिलेदेखि नै शुरु भएको हो । लाग्न सक्दछ अझै झण्डै १४ महिना बाँकी छ तर फिफाले फुटबल प्रेमीहरुका लागि भिषा लिन आग्रह गरी सकेको छ । कारण अमेरिका र क्यानडाको भिषा लिन र अन्र्तवार्ताको समय पाउन कठिन लामो समय लाग्ने भएकाले अहिले नै तयारी गर्न फुटबलप्रेमीलाई आब्हान गरेको हो ।
    कतिपय देशहरुबाट अमेरिकाको भिषा लिन लाग्ने समय विश्वकप सकिएपछि पनि एक बर्षपछि पालो नआउने गरी बुकिंग भईसकेको छ । त्यसो हुँदा फुटबल प्रेमीहरुलाई अहिले नै संयुक्त राज्य अमेरिका, क्यानडा, र मेक्सिकोको भिषा प्रक्रियामा सहभागी हुन आव्हान गरेको हो ।

    तीन देशले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । फाइनल खेल न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुनेछ । आयोजक देशहरूले अहिलेदेखि नै वल्र्डकपलाई सहज रुपमा सम्पन्न गर्न र खेलहरु हेर्न संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको तयारी थालेको छ । त्यसैगरी भिषा प्रक्रियामा पनि सहजता ल्याउन अमेरिकी दुतावासहरुले विश्वव्यापी रुपमा व्यापक तयारी गरी रहेको दुतावासहरुले जनाएको छ ।

    विगतका तुलनामा विश्वकपहरुमा अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ भन्दै फिफाले टिम र खेल दुवैको हिसाबले र तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो पटक भएको जनाएको छ । वल्ड कप २०२६ मा ३२ समुहबाट बढेर ४८ टिमहरू सहभागी हुने पहिलो खेल भएकोले यो विश्वकप ईतिहासकै ठुलो खेल हो । २०२६ मा १०४ खेलहरु हुने छ । ती तीन देशको खेल १६ वटा ठुला सहरहरूमा हुनेछन ।


    यो विश्वको यस्तो खेल हो जुन हेर्न अघिल्लो विश्वकप सकिएपछि मानिसहरु अर्को खेल कहिले होला भनेर दिन कुरेका हुन्छ । यसपटक अमेरिकामा व्यापक रुपमा भिषा कडाई भई रहेकाले पनि विश्वभरका खेलप्रेमीहरुले सहजै भिषा पाउने अवस्थामा कठिनाई भोग्नुपर्ने संकेतहरु देखिएका छन । त्यसैले पनि फिफाले अहिले देखि नै भिषा प्रक्रियामा सहभागी हुन आव्हान गरी रहेको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् र यो पेरिस ओलम्पिक्सपछि सबैभन्दा ठूलो विश्वव्यापी खेलकुद इभेन्ट हुनेछ ।

    आजैका दिनबाट पनि हेर्दा हेर्दा भारत, नेपाल जस्ता देशहरुमा झण्डै एक बर्ष भन्दा बढी समय भिषा प्रक्रियाका लागि लाग्ने देखिन्छ । यसो त नयाँ दिल्लीमा अमेरिकाको भिजिटर भिसाको अन्तर्वार्ताका लागि पर्खाइ समय ३ सय ८६ दिनसम्म पुग्ने देखिएको छ त्यो भनेको एकबर्ष २० दिन बढी हो । केहि ठूला फुटबलप्रेमी स्थानहरूमा यो अझै खराब छ । कोलम्बियाको बोगोटालाई नै हेर्दा त्यो देशबाट भिषा लिन अमेरिकी वाणिज्य दूतावासमा अन्तर्वार्ताका लागि अहिलेको पर्खाइ समय ६ सय ७७ दिनसम्म पुगेको छ, जुन विश्वकप सुरु भएर सकिएको एक बर्ष लगभग समय बढी हो । यो अवस्थाले फुटबल क्षेत्रदेखि लिएर अमेरिकी कांग्रेसका सदस्यहरूलाई पनि सोच्न बाध्य बनाउने अवस्था देखिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो महत्वपुर्ण पर्वमा सकेसम्म धेरै पर्यटक भित्र्याउन पर्ने भन्दै सरकार र सम्बन्धित निकायलाई राम्रो तयारी गर्न आदेश दिएका छन । डेमोक्रेट सिनेटर एमी क्लोबुचार र रिपब्लिकन सिनेटर जेरी मोरानको नेतृत्वमा २१ जना द्विदलीय सिनेटरहरूको समूहले यसै महिना राष्ट्रपति बाइडनलाई पत्र लेख्दै “ग्लोबल स्पोट्र्स इभेन्ट्सका लागि ह्वाइट हाउस कार्यदल“ गठन गर्न आग्रह गरेका छन् । पत्रमा “हामी तपाईंको प्रशासनलाई सन् २०२५ अन्त्यसम्म ८०% आवेदकहरूको पर्खाइ समय ३१ दिनभन्दा कम बनाउने लक्ष्य लिन प्रोत्साहित गर्दछौं,” भन्ने उनीहरूको पत्रमा उल्लेख छ ।

    यसैबीच, फिफाले सुरक्षा र आप्रवासन जस्ता विषयमा अमेरिकी सरकारका विभिन्न निकायहरूसँग सहकार्य गरिरहेको जनाएको छ । फिफाले “हामी यी मुद्दाहरूको गम्भीरतालाई बुझ्दछौं र सफल आयोजनाका लागि तिनीहरूको भूमिकालाई मान्यता दिन्छौं,” फिफाले एक वक्तव्यमा जनाएको छ । २०२६ को विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ, किनभने टोली संख्या ३२ बाट बढाएर ४८ गरिँदैछ । फिफाले लाखौँ अन्तर्राष्ट्रिय फ्यानहरू अमेरिकामा आउने अपेक्षा राखेको छ ।

    सम्बद्ध समाचार अनुसार खेल हेर्न अमेरिकाले ४१ देशसँग भिसा छूट कार्यक्रम चलाएको भए पनि अझै पनि थुप्रै देशका मानिसहरूले आगन्तुक भिसा आवेदन दिनै पर्छ । महामारीपछिको जाम र भिसा आवेदनको बढ्दो चापले अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा ठूलो दबाब परेको हालसम्म कायमै रहेको छ । सह–आयोजक देशहरूका नागरिकहरू पनि प्रभावित अमेरिकी पछिल्लो कडाईका कारण मेक्सिको सिटीमा अमेरिकी भिषा पर्खाइ समय ४ सय ७६ दिनसम्म र ओटावामा विदेशी बसोबास गर्नेहरूका लागि ८ सय ५० दिनसम्म पुगेको बताइएको छ ।

    अमेरिकी विदेश मन्त्रालयको अमेरिकी स्टेट डिपार्टमेन्टले खेल हेर्न चाहने सबैलाई “अहिले नै आवेदन दिन” प्रोत्साहित गरिरहेको छ । जति सजिलो कतार वा अन्य देशमा खेल हुँदा जति सजिलै भिषा लिन सकिन्छ अमेरिका र क्यानडाका लागि त्यो सहज छैन । अमेरिकामा यतिखेर अबैध आप्रवासी फर्काउने अभियान तिव्र पारिरहेको बेला फुटबल हेर्न आउने बहानामा अमेरिका प्रवेश गरेर फेरि केहि मानिस फर्कदैनन् भन्ने डर पनि वर्तमान प्रशासनले लिईरहेको विभिन्न सन्चार माध्यमहरुले जनाएको छ ।

    Post Views: 221
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार ०६:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.