• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा विश्वकप फुटबल २०२६ हेर्ने भए भिषा प्रक्रिया शुरु गर्नुहोसः भिषाको लागि समय पाउन कठिन !

  •  
  • २०८२ बैशाख १, सोमबार ०६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    होम लम्साल
    फुटबल प्रेमीहरुका लागि महाकुम्भ मेला विश्वकप २०२६ को तयारी अहिलेदेखि नै शुरु भएको छ । खासगरी मेक्सिको, अमेरिका र क्यानडाका लागि भिषा प्रक्रिया अहिलेदेखि नै शुरु भएको हो । लाग्न सक्दछ अझै झण्डै १४ महिना बाँकी छ तर फिफाले फुटबल प्रेमीहरुका लागि भिषा लिन आग्रह गरी सकेको छ । कारण अमेरिका र क्यानडाको भिषा लिन र अन्र्तवार्ताको समय पाउन कठिन लामो समय लाग्ने भएकाले अहिले नै तयारी गर्न फुटबलप्रेमीलाई आब्हान गरेको हो ।
    कतिपय देशहरुबाट अमेरिकाको भिषा लिन लाग्ने समय विश्वकप सकिएपछि पनि एक बर्षपछि पालो नआउने गरी बुकिंग भईसकेको छ । त्यसो हुँदा फुटबल प्रेमीहरुलाई अहिले नै संयुक्त राज्य अमेरिका, क्यानडा, र मेक्सिकोको भिषा प्रक्रियामा सहभागी हुन आव्हान गरेको हो ।

    तीन देशले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । फाइनल खेल न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुनेछ । आयोजक देशहरूले अहिलेदेखि नै वल्र्डकपलाई सहज रुपमा सम्पन्न गर्न र खेलहरु हेर्न संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको तयारी थालेको छ । त्यसैगरी भिषा प्रक्रियामा पनि सहजता ल्याउन अमेरिकी दुतावासहरुले विश्वव्यापी रुपमा व्यापक तयारी गरी रहेको दुतावासहरुले जनाएको छ ।

    विगतका तुलनामा विश्वकपहरुमा अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ भन्दै फिफाले टिम र खेल दुवैको हिसाबले र तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो पटक भएको जनाएको छ । वल्ड कप २०२६ मा ३२ समुहबाट बढेर ४८ टिमहरू सहभागी हुने पहिलो खेल भएकोले यो विश्वकप ईतिहासकै ठुलो खेल हो । २०२६ मा १०४ खेलहरु हुने छ । ती तीन देशको खेल १६ वटा ठुला सहरहरूमा हुनेछन ।


    यो विश्वको यस्तो खेल हो जुन हेर्न अघिल्लो विश्वकप सकिएपछि मानिसहरु अर्को खेल कहिले होला भनेर दिन कुरेका हुन्छ । यसपटक अमेरिकामा व्यापक रुपमा भिषा कडाई भई रहेकाले पनि विश्वभरका खेलप्रेमीहरुले सहजै भिषा पाउने अवस्थामा कठिनाई भोग्नुपर्ने संकेतहरु देखिएका छन । त्यसैले पनि फिफाले अहिले देखि नै भिषा प्रक्रियामा सहभागी हुन आव्हान गरी रहेको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् र यो पेरिस ओलम्पिक्सपछि सबैभन्दा ठूलो विश्वव्यापी खेलकुद इभेन्ट हुनेछ ।

    आजैका दिनबाट पनि हेर्दा हेर्दा भारत, नेपाल जस्ता देशहरुमा झण्डै एक बर्ष भन्दा बढी समय भिषा प्रक्रियाका लागि लाग्ने देखिन्छ । यसो त नयाँ दिल्लीमा अमेरिकाको भिजिटर भिसाको अन्तर्वार्ताका लागि पर्खाइ समय ३ सय ८६ दिनसम्म पुग्ने देखिएको छ त्यो भनेको एकबर्ष २० दिन बढी हो । केहि ठूला फुटबलप्रेमी स्थानहरूमा यो अझै खराब छ । कोलम्बियाको बोगोटालाई नै हेर्दा त्यो देशबाट भिषा लिन अमेरिकी वाणिज्य दूतावासमा अन्तर्वार्ताका लागि अहिलेको पर्खाइ समय ६ सय ७७ दिनसम्म पुगेको छ, जुन विश्वकप सुरु भएर सकिएको एक बर्ष लगभग समय बढी हो । यो अवस्थाले फुटबल क्षेत्रदेखि लिएर अमेरिकी कांग्रेसका सदस्यहरूलाई पनि सोच्न बाध्य बनाउने अवस्था देखिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो महत्वपुर्ण पर्वमा सकेसम्म धेरै पर्यटक भित्र्याउन पर्ने भन्दै सरकार र सम्बन्धित निकायलाई राम्रो तयारी गर्न आदेश दिएका छन । डेमोक्रेट सिनेटर एमी क्लोबुचार र रिपब्लिकन सिनेटर जेरी मोरानको नेतृत्वमा २१ जना द्विदलीय सिनेटरहरूको समूहले यसै महिना राष्ट्रपति बाइडनलाई पत्र लेख्दै “ग्लोबल स्पोट्र्स इभेन्ट्सका लागि ह्वाइट हाउस कार्यदल“ गठन गर्न आग्रह गरेका छन् । पत्रमा “हामी तपाईंको प्रशासनलाई सन् २०२५ अन्त्यसम्म ८०% आवेदकहरूको पर्खाइ समय ३१ दिनभन्दा कम बनाउने लक्ष्य लिन प्रोत्साहित गर्दछौं,” भन्ने उनीहरूको पत्रमा उल्लेख छ ।

    यसैबीच, फिफाले सुरक्षा र आप्रवासन जस्ता विषयमा अमेरिकी सरकारका विभिन्न निकायहरूसँग सहकार्य गरिरहेको जनाएको छ । फिफाले “हामी यी मुद्दाहरूको गम्भीरतालाई बुझ्दछौं र सफल आयोजनाका लागि तिनीहरूको भूमिकालाई मान्यता दिन्छौं,” फिफाले एक वक्तव्यमा जनाएको छ । २०२६ को विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ, किनभने टोली संख्या ३२ बाट बढाएर ४८ गरिँदैछ । फिफाले लाखौँ अन्तर्राष्ट्रिय फ्यानहरू अमेरिकामा आउने अपेक्षा राखेको छ ।

    सम्बद्ध समाचार अनुसार खेल हेर्न अमेरिकाले ४१ देशसँग भिसा छूट कार्यक्रम चलाएको भए पनि अझै पनि थुप्रै देशका मानिसहरूले आगन्तुक भिसा आवेदन दिनै पर्छ । महामारीपछिको जाम र भिसा आवेदनको बढ्दो चापले अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा ठूलो दबाब परेको हालसम्म कायमै रहेको छ । सह–आयोजक देशहरूका नागरिकहरू पनि प्रभावित अमेरिकी पछिल्लो कडाईका कारण मेक्सिको सिटीमा अमेरिकी भिषा पर्खाइ समय ४ सय ७६ दिनसम्म र ओटावामा विदेशी बसोबास गर्नेहरूका लागि ८ सय ५० दिनसम्म पुगेको बताइएको छ ।

    अमेरिकी विदेश मन्त्रालयको अमेरिकी स्टेट डिपार्टमेन्टले खेल हेर्न चाहने सबैलाई “अहिले नै आवेदन दिन” प्रोत्साहित गरिरहेको छ । जति सजिलो कतार वा अन्य देशमा खेल हुँदा जति सजिलै भिषा लिन सकिन्छ अमेरिका र क्यानडाका लागि त्यो सहज छैन । अमेरिकामा यतिखेर अबैध आप्रवासी फर्काउने अभियान तिव्र पारिरहेको बेला फुटबल हेर्न आउने बहानामा अमेरिका प्रवेश गरेर फेरि केहि मानिस फर्कदैनन् भन्ने डर पनि वर्तमान प्रशासनले लिईरहेको विभिन्न सन्चार माध्यमहरुले जनाएको छ ।

    Post Views: 128
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार ०६:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.