• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाईडन कार्यकाल भन्दा ट्रम्प कार्यकालमा अमेरिकी भिषा पाउने नेपाली बिधार्थी संख्या झन बढ्यो

  •  
  • २०८२ बैशाख ६, शनिबार ०३:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा अबैध आप्रवासीमाथी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापक धरपकड गरी रहेको छ । आफ्नो चुनावी नारा अनुसार नै राष्ट्रपतिको कार्यभार सम्हालेदेखि नै अमेरिकी सरकारले अबैध र अपराधिक गतिविधिमा संलग्नहरुलाई खोजी खोजी पक्राउ गर्दै देश निकाला गरी रहेको छ । यो समाचार मुलधारको सन्चार माध्यम भन्दा पनि सोसल मिडियाहरुमा र्यूमर जसरी हल्ला फैलिएको छ कि अब अमेरिकी भिषा कडाई भयो, अमेरिका बस्नै नमिल्ने भयो वा अब अमेरिकाले सबै आप्रवासीलाई फर्काउँदै छ, जस्ता अनावश्यक हल्ला चलाईएको बेला नेपालस्थित अमेरिकी दुतावासबाट अमेरिकी भिषा पाउने नेपाली विधार्थीको संख्या उल्लेख्य मात्रामा बढेको तथ्यांकले देखाएको छ ।

    राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछिको फेब्रुअरी २०२५ मा अमेरिकाको विद्यार्थी भिसा एफ वान पाउने नेपाली विद्यार्थीहरूको संख्याले नयाँ कीर्तिमान कायम गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय अन्र्तगत ब्यूरो अफ कन्सुलर अफेयर्सद्धारा सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीमा ८०२ जना नेपाली विद्यार्थीहरूले एफ वान भिसा प्राप्त गरेका छन् । जुन जनवरी २०२५ को तुलनामा मात्र नभई चालु आर्थिक बर्षका कुनै पनि महिनाका तुलनामा यो तथ्यांक उल्लेख्य हो । यहाँ तल प्रस्तुत गरिएका केहि चार्टमा उल्लेख भएका तथ्यांकहरु हेर्दा काठमाडौं र अन्य मुलुकबाट अमेरिकी भिषा लिने नेपाली विधार्थी वा अन्य तहको भिषा लिनेहरुको संख्या फरक रहेका छन । जसमा काठमाडौं र नेपाल भनिएको छ । अघिल्लो बर्ष अर्थात २०२४ को तुलना गर्ने भने पनि जनबरीमा विधार्थी भिषा एक हजार ५० ले पाएका थिए भने फेबु्रअरीमा १८४ ले भिषा पाएका थिए ।

     


    यो वृद्धिलाई विगतका महिनाहरूसँग तुलना गर्दा डिसेम्बर २०२४ मा ६१६ जना, नोभेम्बरमा १६७ जना र अक्टोबरमा ७१२ जना नेपाली विद्यार्थीहरूले एफ वान भिसा पाएका थिए । अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार आर्थिक बर्ष २०२४ मा १३,१८७ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी देखिन्छ । गत महिना आईसद्धारा केहि नेपाली विधार्थीको सेभिज र भिषा रद्द गरिएको समाचार आएका थिए । आइसको सेभिस रिपोर्ट अनुसार अमेरिकामा नेपाली विद्यार्थीहरुको संख्या १६ हजार ९३३ रहेको छ । आइसका अनुसार जेजति विधार्थीहरुको सेभिज र भिषा रद्द भएका छन उनिहरुको कुनै न कुनै रेकर्डका आधारमा भएका छन । अमेरिकी विदेश मन्त्रीले पटक पटक विधार्थीहरुलाई सदैव स्वागत गर्ने तर अमेरिकी विदेश नीति विपरित वा अमेरिकी सरकारद्धारा आतंककारी घोषणा गरिएकाहरुको पक्षमा आन्दालेन गर्ने विधार्थीहरु डिर्पोट हुने बताउँदै आएका छन ।

    Post Views: 208
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार ०३:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • २. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ३. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ४. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ५. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.