• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र युक्रेनबीच दुर्लभ खनिज र पुनर्निर्माण लगानी कोषमा सम्झौता

  •  
  • २०८२ बैशाख १८, बिहीबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनी खनिज र दुर्लभ खनिज तत्वहरूको भविष्यमा हुने बिक्रीबाट आम्दानी बाँड्ने सम्झौता गरेका छन् । जुन सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युक्रेनको रक्षा र युद्धपछिको पुनर्निर्माणमा लगानी गर्न उत्प्रेरणा दिने कदमको रूपमा प्रस्तुत गरेका छन् । त्यसबापत अमेरिकाले यूक्रेनको यद्धका क्रममा भएका ध्वस्त संरचना पुर्ननिर्माण गर्नेछन ।

    महिनौंदेखि चलिरहेको तनावपूर्ण वार्तापछि गरिएको यस खनिज सम्झौताले संयुक्त राज्य–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना गर्नेछ । ट्रम्प प्रशासनले यो कोषबाट युद्ध सुरु भएयता युक्रेनलाई दिइएको अनुमानित १७५ अर्ब अमेरिकी डलर बराबरको सहयोगको केही अंश फिर्ता लिन सकिने बताएको छ । युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले राष्ट्रिय टेलिभिजनमा भनेका छन् कि यो सम्झौता “उपयुक्त, समान र लाभदायक“ छ । सामाजिक सञ्जालमार्फत उनले जनाएअनुसार पुनर्निर्माण लगानी कोष दुबै देशद्वारा स्थापना गरिनेछ, जसमा ५०–५० प्रतिशत मतदानको अधिकार हुनेछ ।

    श्मिहालले स्पष्ट पारेका छन् सन् २०२२ को रूसी आक्रमणपछि अमेरिकाबाट प्राप्त अर्बौं डलर बराबरको हतियार र सहयोगबापत युक्रेनलाई कुनै ‘ऋण’ तिर्नु पर्ने छैन—यो कुरा कीभको एक प्रमुख माग थियो । साथै उनले कोषले युक्रेनको यूरोपियन यूनियनको सदस्यता वार्तामा बाधा नपर्ने पनि बताएका छन् ।

    मिनलर संझौतापछि अमेरिकी अर्थमन्त्रि स्कट बेसन्टले भनेका छन “यो सम्झौताले रूसलाई स्पष्ट सन्देश दिन्छ कि ट्रम्प प्रशासन दीर्घकालीन रूपमा स्वतन्त्र, सार्वभौम, र समृद्ध युक्रेनलाई केन्द्रमा राखेको शान्ति प्रक्रियामा प्रतिबद्ध छ ।” उनले थपे, “राष्ट्रपति ट्रम्पले अमेरिकी र युक्रेनी जनताबीचको साझेदारीलाई स्थायी शान्ति र समृद्धिका लागि संकल्पको रूपमा देख्नुभएको छ । स्पष्ट रूपमा भन्नुपर्दा, कुनै पनि व्यक्ति वा राज्य जसले रूसी युद्ध अभियानलाई वित्तपोषण वा समर्थन गरेको थियो, उसले युक्रेनको पुनर्निर्माणबाट लाभ लिन पाउने छैन । तर आलोचकहरूले भनेका छन् कि श्वेत सदनले रूसविरुद्धको सैन्य सहयोगलाई युक्रेनका महत्वपूर्ण खनिज सम्पत्तिहरूको सँग जोडेर युक्रेनमाथि अनावश्यक दबाब दिएको आरोप लगाएका छन । युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले बुधबार सम्झौतामा हस्ताक्षर गरेको पुष्टि गरेकी छन् । उनले ट्विटर मा लेखेकी छन । “संयुक्त राज्यसँग मिलेर हामी हाम्रो देशमा विश्वव्यापी लगानी आकर्षित गर्ने कोष निर्माण गर्दैछौं ।”

    युक्रेनमा ग्रेफाइट, टाइटानियम र लिथियमजस्ता अत्यावश्यक खनिज पदार्थहरूको विशाल भण्डार रहेको विश्वास गरिएको छ। यी खनिजहरू नवीकरणीय ऊर्जा, सैन्य प्रविधि, र औद्योगिक पूर्वाधार निर्माणमा अत्यन्त आवश्यक हुने भएकाले विश्वभर माग उच्च रहेको छ। यो सम्झौता अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको सन्दर्भमा भएको हो, जहाँ हाल विश्वका ९०% दुर्लभ पृथ्वी तत्वहरू चीनबाट आपूर्ति हुन्छन्। यस्तो स्थितिमा युक्रेनजस्ता वैकल्पिक स्रोतहरूसँग रणनीतिक साझेदारी अमेरिकाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

    Post Views: 239
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ०७:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.