• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायली आक्रममा ईरानमा ठुलो सैन्य तथा उपकरण क्षति

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ३२, शनिबार ०२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इसराइलले बिहीबार इरानको आणविक हतियार कार्यक्रम रोक्न इरानमाथि भीषण आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गरिरहेका बेलामा इसराइलले इरानमाथि धावा बोलेको हो। इसराइलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकै पटक प्रहार गरेको हो।

    इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इसराइलले इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुख लगायत वरिष्ठ जनरलहरूको हत्या गरेको छ। त्यस्तै आणविक हतियार कार्यक्रममा संलग्न धेरै वैज्ञानिक, आणविक हतियार कार्यक्रमका प्रमुख र सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका वरिष्ठ सल्लाहकारको पनि इसराइली आक्रमणमा परेर मृत्यु भएको छ।

    हमलामा करिब दुई सय वटा लडाकु विमानमार्फत् साढे तीन सयभन्दा बढी हतियार प्रयोग गरेको इसराइलले बताएको छ। त्यस्तै इसराइली जासुसहरूले इरानी भूमिभित्रबाट पनि ड्रोन र अरू हतियार प्रयोग गरेको खुलेको छ।

    इरानले पनि ड्रोनहरू प्रयोग गरेर इसराइलमा जबाफी हमला गरेको छ। इसराइलले ती ड्रोन खसालेको दाबी गरेको छ। इसराइलसँग सिमाना जोडिएको जोर्डनले पनि आफ्नो आकाशमा उडेका इरानी ड्रोन खसालेको जनाएको छ। इरान–इसराइल युद्धमा आफ्नो संलग्नता नभएको देखाउन र आफ्नो भूमिमा ती ड्रोनले नोक्सान गर्ने भएकाले खसालेको जोर्डनले बताएको छ।

    अहिले इसराइलले आक्रमणको अर्को लहर सुरू भएको जनाएको छ भने इरानले जबाफी कदम चालिरहेको छ। इसराइलले शुक्रबार बिहान नतान्जमा रहेको आणविक भट्टीमा प्रहार गरेको पुष्टि भए पनि त्यहाँ कति नोक्सानी भयो भन्ने खुलिसकेको छैन। इरानले बेहोरेको अन्य क्षतिको पनि विस्तृत विवरण आइसकेको छैन। अपरेसन राइजिङ लायन नाम दिएको सैन्य कारबाही केही दिन चल्ने इसराइलले बताएको छ। त्यसैले दुवैतर्फ थप क्षति हुनसक्ने खतरा छ।

    इरानमाथि हमला गरेर वार्ता नभाँड्न ट्रम्पले इसराइललाई आग्रह गरेका थिए। तर त्यसको केही घन्टामै इसराइलले इरानमाथि आक्रमण गरेको हो। अमेरिका र इरानबीच अर्को चरणको वार्ता आइतबार हुने कार्यक्रम थियो। इसराइलले हमला गरेपछि पनि वार्ता जारी रहने ट्रम्पले आशा व्यक्त गरेका थिए। तर इसराइली आक्रमणपछि इरानले वार्तामा भाग नलिने बताइसकेको छ।

    Post Views: 178
    प्रकाशित मिति: २०८२ जेष्ठ ३२, शनिबार ०२:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.