• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल विकासशील राष्ट्र बन्न तीनवटै सूचक पूरा: नेपालीको प्रतिव्यक्ति आम्दानी २१ सय डलर नजिक पुग्ने

  •  खबरमाला संवाददाता
  • २०८२ असार ९, सोमबार ०५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आगामी वर्ष सन् २०२६ मा नेपालसहित बंगलादेश र लाओस विकासशील मुलुकमा स्तरोन्नती हुँने निश्चित भएको छ । संयुक्त राष्ट्र संघको विकास नीति केन्द्रले निर्धारण गरेका मापदण्ड अनुसारका सूचकमध्ये नेपालले सन् २०२३ सम्म मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकाकमा न्यूनतम सीमा पूरा गरेको थियो । गत वर्ष नेपालले तेस्रो मापदण्ड पनि पूरा गरेको छ । यो वर्ष सन् २०२५ मा प्रकाशित अद्यावधिक मानअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आयको थ्रेसहोल्ड १३ सय ६ अमेरिकी डलर छ । यसमा नेपालको १४ सय ४ डलर रहेको छ । यसैगरी मानव सम्पत्ति सूचकाङकको थ्रेसहोल्ड ६६ भन्दा माथि हुनुपर्नेमा नेपालको ७७। ५८ पुगेको छ ।
    विगतमा २५ भन्दा कम रहेको यो सूचकाङक पछिल्ला समीक्षाहरूमा थ्रेसहोल्डको नजिक रहेकाले आर्थिक तथा वातावरणीय जोखिमका कारण यस सूचकाङ्कको मान दिगो बनाउने कार्य चुनौतीपूर्ण देखिएको योजना आयोगले जनाएको छ । सन् १९७१ देखि नै नेपाल राष्ट्रसंघको अतिकम विकसित मुलुकको सूचीमा रहँदै आएको छ ।

    राष्ट्रसंघले अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि निर्धारण गरेका तीनवटा मापदण्डमध्ये दुईवटा लगातार चारवटा त्रिवर्षीय समीक्षामा योग्य भएपछि सन् २०२६ मा अतिकम विकसित देशबाट स्तरोन्नति हुने निर्णय भएको हो । आगामी तीन आर्थिक वर्षका पनि स्तरोन्नति सम्बन्धी सूचकका मानमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

    तीनवर्षमा औसत ७।१ प्रतिशत आर्थिक वृद्धि हासिल हुँदा हाल विद्यमान न्यून जनसंख्या वृद्धिदरको परिवेशमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय थप वृद्धि हुनेछ ।
    सामाजिक क्षेत्रका शिक्षा र स्वास्थ्यमा हाल प्राप्त भएको उत्साहजनक उपलब्धिलाई तीन तहका सरकारबाट हुने खर्च र निजी तथा गैरसरकारी क्षेत्रको लगानीले थप मजबुत बनाउन सहयोग गर्नेछ ।

    जीडीपीमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको हिस्सा निरन्तर घट्दै गएको छ भने यातायातको पहुँचमा उल्लेख्य वृद्धि भएकाले दूर्गमता न्यून हुन गई आर्थिक तथा वातावरणीय जोखिम घट्दै जाने योजना आयोगले जनाएको छ ।

    नेपालले २०१८ मा दुई सूचक पूरा गरेको थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपालले स्तरोन्नति हुने योजनालाई केहीवर्ष पछाडि सार्न राष्ट्रसंघमा अनुरोध गरेको थियो । नेपालको अनुरोधअनुसार राष्ट्र संघले २०२१ डिसेम्बरमा निर्णय गरी २०२६ डिसेम्बरबाट स्तरोन्नति हुने व्यवस्था गरेको हो ।

    आउँदो तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक २१ सय अमेरिकी डलर नजिक पुग्ने भएको छ । आर्थिक वर्ष ०८४–८५ मा नेपालीको वार्षिक आम्दानी औसत दुई हजार ८७ डलर पुग्ने राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाको लक्ष्यले देखाएको हो ।

    चालू आर्थिक वर्षमा नेपालीको आम्दानी १५ सय १७ डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । आउँदो तीन वर्षमा नेपालीको औसत आम्दानी ५७० डलर बढ्ने अनुमान छ ।

    मध्यकालीन संरचना योजनाअनुसार आगामी आर्थिक वर्ष ०८२–०८३ मा प्रतिव्यक्ति आय बढेर १६ सय ६० र आर्थिक वर्ष ०८३–०८४ मा १८ सय ५९ डलर पुग्ने प्रक्षेपण गरिएको छ । गत वर्ष प्रतिव्यक्ति आम्दानी १४ सय ६७ डलर थियो ।

    प्रतिव्यक्ति आम्दानी दुई हजार ८७ डलर पुग्दा नेपालको कूल ग्राहस्र्थ उत्पादनको आकार बढेर ८९ खर्ब नौ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आगामी वर्ष ०८२–०८३ मा बढेर ६८ खर्ब २९ अर्ब पुग्ने प्रक्षेपण छ । यस्तै ०८३–०८४ मा ७७ खर्ब ८९ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब रुपैयाँ थियो । अर्थतन्त्र सुस्त गतिमा विस्तार भएको तथ्यांकले देखाएको छ । आगामी तीन वर्षमा नेपालको आर्थिक वृद्धि औसत ७।१ प्रतिशत हुने अनुमान छ । आर्थिक वर्ष ०८४०८५ मा २६ खर्ब ५८ अर्ब ९६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । गत वर्ष १७ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको थियो ।

    चालू आर्थिक वर्षमा १७ खर्ब १३ अर्ब, आगामी वर्ष १८ खर्ब ८८ अर्ब र आर्थिक वर्ष ०८३०८४ मा बढेर २३ खर्ब ३६ अर्ब रुपैयाँ लगानी हुने मध्यकालिन खर्च संरचनाको अनुमान छ ।

    Post Views: 357
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार ०५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    Advertisement
    ताजा अपडेट
    • १. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • २. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ३. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ४. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ५. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.