• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एसियाली मुलुकमा करको दर कम हुन सक्ने अमेरिकी विदेशमन्त्रिको आशय

  •  खबरमाला संवाददाता
  • २०८२ असार २९, आईतवार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्वालालम्पुर, । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनु भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे २० भन्दा बढी देशमाथि दण्डात्मक कर लगाउने चेतावनीपछि रुबियोको मलेसिया भ्रमण भएको हो ।

    क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को बैठकका क्रममा रुबियोले भन्नुभयो , “म यति भन्न सक्छु, सबै कुरा भनेजस्तो भयो भने दक्षिणपूर्व एशियाका धेरै देशहरूमा कर दरहरू वास्तवमा विश्वका अन्य भागहरूको तुलनामा राम्रो हुनेछ ।”

    उहाँले अगाडी भन्नुभयो, “वार्ता जारी छ । अर्को साता जापानसँग वार्ता हुनेछ । यहाँ प्रतिनिधित्व गर्ने लगभग हरेक देशसँग निरन्तर वार्ता भइरहेको छ ।”

    राष्ट्रपति ट्रम्पले गत अप्रिलमा आफूले निलम्बन गरेको करसम्बन्धी अवधारणा नयाँ समयसीमाभित्र फिर्ता हुने बताउनुभएको छ ।

    उहाँले एशियाका धेरै देशसहित २० भन्दा बढी देशहरू करवृद्धिको पहिलो निर्णयको भागिदार बन्नेछन् । उनीहरूले २० देखि ५० प्रतिशतसम्म करको सामना गरिरहेका छन् र तामा आयातमा ५० प्रतिशत कर र फार्मास्युटिकल्समा सम्भावित २०० प्रतिशत शुल्क लागू गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गर्नुभएको छ ।

    लक्षितमध्ये एसियाली मुलुकमध्ये शीर्ष व्यापार साझेदारहरू जापान र दक्षिण कोरिया पनि रहेका छन् । यी दुबै मुलुकका लागि २५ प्रतिशत कर वृद्धि हुन सक्ने बताइएको छ।

    इन्डोनेसिया, लाओस, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, ब्रुनाई र म्यान्मारले २० देखि ४० प्रतिशतसम्म करको सामना गर्नुपर्ने अनुमानहरू गरिएका छन् । आसियानको सदस्यसमेत रहेको भियतनाम ट्रम्प प्रशासनसँग अस्थायी सम्झौता गर्ने दुई देशमध्ये एक हो भने बेलायत अर्को हो । रासस,एएफपी

    Post Views: 740
    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.